घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्दा तिनीहरूलाई बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्। जून: पारिवारिक आनन्द पुस्तक प्रस्तुत गर्नुहोस्। जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? र परमेश्वर हामीबाट के चाहनुहुन्छ?
◼ विश्वव्यापी कार्यको लागि चेक वा बैंक ड्राफ्ट मार्फत् जिल्ला अधिवेशनमा अनुदान दिंदा वा सीधै शाखा कार्यालयमा पठाउँदा बैंगलोरबाट भुक्तानी हुने गरी “Watch Tower Bible and Tract Society of India” को नाउँमा पठाउनुपर्छ।
◼ प्राकृतिक प्रकोपको पूर्वतयारी र प्रत्येक प्रकाशकको नविनतम ठेगाना उपलब्ध हुनुपर्ने विषयमा जुलाई ६, २००६ को पत्र प्राचीनहरूको निकायले पुनरावलोकन गर्नुपर्छ। प्रकोप हुन सक्ने जोखिम भएका इलाकाहरूमा, आपत्कालीन अवस्थामा सम्पर्क गर्नको लागि थप जानकारी पनि लिइराख्नुपर्छ। आपत्कालीन अवस्थाका साथै घुम्न वा व्यापारिक यात्राको सिलसिलामा कतै जाँदा, अस्पतालमा भर्ना हुनुपर्दा वा अन्य अवस्थामा मण्डलीका प्रकाशकहरूले मण्डली पुस्तक अध्ययन निरीक्षक वा अर्को प्राचीनलाई खबर गर्नु बेस हुनेछ।
◼ नयाँ उपलब्ध प्रकाशनहरू:
“अल स्क्रिप्चर”—अथेन्टिक एण्ड बेनेफिसियल, पुस्तिका २ (सन् २००७ मा हुने ईश्वरतान्त्रिक सेवकाई स्कूल-मा चलाउनको लागि) —कन्नडा, तेलगु, हिन्दी