ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर ३१, २००७ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले नोभेम्बर ५, २००७ देखि डिसेम्बर ३१, २००७ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. हामीले विषयवस्तुको व्यावहारिक महत्त्व औंल्याउनु किन महत्त्वपूर्ण छ? [ht-NP पृ. ७८ अनु. ११, १२]
२. समापनको मुख्य उद्देश्य के हो? [ht-NP पृ. ७९-८० अनु. ४, ५]
३. समयको सन्दर्भमा प्रायः हुने एउटा समस्या के हो? [ht-NP पृ. ८३ अनु. २२]
४. निर्धक्क भएर बोल्न के गर्न सकिन्छ? [ht-NP पृ. ८७-८८ अनु. १३, १४]
५. हाम्रो सामान किन चिटिक्क परेको हुनुपर्छ? [ht-NP पृ. ९० अनु. २९, ३०]
असाइनमेन्ट न. १
६. समस्याहरू निम्त्याउने तृष्णाहरू अक्सर कसरी जाग्छन्? [wt-NP पृ. ४८ अनु. १३]
७. शैतानले अदनमा कुन विवाद उठायो? [wt-NP पृ. ५० अनु. १]
८. यहोवाप्रति वफादार छौं भनेर हामी असिद्ध मानिसहरूले कसरी देखाउन सक्छौं? [wt-NP पृ. ५६ अनु. १४]
९. यहोवाले हाम्रो लागि कस्तो मायालु प्रबन्ध गर्नुभएको छ? [wt-NP पृ. ६० अनु. १]
१०. हामीले यहोवाको उपासना गरिरहेको भए तापनि शैतानले कसरी झूटो धर्ममा लाग्न हामीलाई लोभ्याउन सक्छ? [wt-NP पृ. ७३ अनु. ८]
साप्ताहिक बाइबल पढाइ
११. कीराफटेङ्ग्राको आक्रमणबारे योएलले गरेको भविष्यवाणी प्रथम शताब्दीमा कसरी पूरा भयो र अहिले कसरी पूरा हुँदैछ? (योए. २:१-१०, २८) [w-NP०७ १०/१ “यहोवाको वचन जीवित छ—योएल र आमोसको पुस्तकका विशेषताहरू”]
१२. ‘ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालोले’ केलाई चित्रण गर्थ्यो? (आमो. ८:१, २) [w-NP०७ १०/१ “यहोवाको वचन जीवित छ—योएल र आमोसको पुस्तकका विशेषताहरू”]
१३. कुन अर्थमा यहोवालाई “दया आयो,” र निनवेवासीलाई “सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन” र यसले हामीलाई कस्तो असर पार्नुपर्ने हो? (योना ३:१०, NRV) [w-NP०३ ७/१५ पृ. १७-१८]
१४. यहोवाको नाउँमा हिंड्नुको अर्थ के हो? (मीका ४:५) [w-NP०३ ८/१५ पृ. १७ अनु. १९]
१५. आधुनिक समयमा यहोवा कहिले अनि कसरी “मन्दिरमा” इन्साफ गर्न आउनुभयो? (मला. ३:१-३) [re-NP पृ. ३२ पेटी; w-NP०७ ४/१ पृ. २३ अनु. ४]