घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: १९२ पेजका अलि रङ उडेका कुनै पनि पुस्तक अथवा सन् १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक प्रस्तुत गर्न सकिन्छ। मण्डलीमा यस्ता पुस्तकहरू छैनन् भने ज्ञान पुस्तक अथवा जागा रहो! पुस्तिका दिनुहोस्। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्नुहोस्। अन्यथा, ज्ञान पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ उत्सवमा र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य ती व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो।
◼ मार्च महिनामा पाँचवटा शनिबार र पाँचवटा आइतबार भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।
◼ फेब्रुअरीदेखि मार्च २ भित्रमा क्षेत्रीय निरीक्षकले दिइसक्नुपर्ने जन भाषणको विषय हो: “दुःखको बेला तपाईं कहाँ मदत पाउन सक्नुहुन्छ?”
◼ यस वर्ष मार्च २२ शनिबारको दिन सूर्यास्तपछि स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि सूर्यास्त नभएसम्म स्मरणार्थका प्रतीकहरू पास गर्नुहुँदैन। तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे स्थानीय स्रोतबाट सही जानकारी लिनुहोस्। हरेक मण्डलीले स्मरणार्थ उत्सव मनाउने आफ्नै प्रबन्ध मिलाउनु राम्रो हो। तथापि, त्यसो गर्न सधैं सम्भव नहुन सक्छ। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझको लागि कुनै एउटा मण्डलीले वा मण्डलीहरूले अर्कै भवन भाडामा लिन सक्छन्। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन दुई मण्डलीको कार्यक्रमबीच कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस् भनी हामी तपाईंहरूलाई सुझाव दिन्छौं। पार्किङको राम्रो व्यवस्था मिलाउनुहोस् र जहाँ पायो त्यहीं सवारी साधन रोकेर मान्छे ओराल्ने र चढाउने नगर्नुहोस्। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला, प्राचीनहरूको निकायले निर्णय गर्नुपर्छ।
◼ मण्डलीका सचिवले आफ्नो मण्डलीका प्रत्येक नियमित अग्रगामीको पायोनियर अपोइन्टमेन्ट लेटर (अग्रगामी नियुक्ति पत्र) (S-202) छ कि छैन, पक्का गर्नुपर्छ। छैन भने, शाखा कार्यालयलाई पत्र लेख्नुहोस्।