घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ उत्सवमा र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य ती व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। मण्डलीमा ज्ञान पुस्तक छैन भने बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न सकिन्छ।
◼ मण्डलीहरूले नयाँ अंकका पत्रिकाहरू पाउने बित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयवस्तुसित परिचित हुन सक्नेछन्।
◼ मण्डलीका अध्यक्षले खटाएको कुनै भाइले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनाको लेखा परीक्षण गर्नुपर्छ। एकै जनाले लगातार लेखा परीक्षण गरिरहनु हुँदैन। लेखा परीक्षण गरिसकेपछि अर्को लेखा रिपोर्टसँगै यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting (S-27) हेर्नुहोस्।
◼ सन् २००८ को जिल्ला अधिवेशनको विषय हो: “पवित्र आत्माको डोऱ्याइअनुसार हिंड्नुहोस्।” यो तीनदिने अधिवेशनको सम्पूर्ण कार्यक्रममा उपस्थित हुने तपाईंको योजना पक्का गर्न सजिलो होस् भनेर जुलाई महिनाको हाम्रो राज्य सेवकाई-मा थप मदतकारी जानकारी दिइनेछ। तीनै दिन उपस्थित हुनको लागि काम गर्ने ठाउँबाट बिदा लिनुपर्ने छ भने कृपया हाकिमलाई भनिहाल्नुहोस्।
◼ अंग्रेजी भाषाको मण्डलीमा सन् २००८, अगस्त ४ को हप्तादेखि मण्डली पुस्तक अध्ययनमा लिभ विथ जेहोभाज् डे इन माइन्ड (यहोवाको दिन सम्झँदै जीवन बिताउनुहोस्) पुस्तक अध्ययन गरिनेछ। कन्नडा, गुजराती, तमिल, तेलगु, नेपाली, पन्जाबी, बंगाली, मराठी, मल्यालम र हिन्दी भाषाका मण्डलीमा चाहिं बाइबलका कथाहरू भएको मेरो पुस्तक अध्ययन गरिनेछ। मिजो भाषाको मण्डलीमा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक अध्ययन गरिनेछ।
◼ एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) फाराम प्राचीनहरूलाई बुझाउनुअघि फाराम राम्ररी भरेको छ कि छैन र सबै प्रश्नको जवाफ दिएको छ कि छैन पक्का गर्नुहोस्। सेवा समितिले र विशेषगरि मण्डलीको सचिवले हस्ताक्षर गर्नुअघि सबै प्रश्नहरूको जवाफ ठीक र पूरा छ कि छैन भनेर दोहोऱ्याएर हेर्नुपर्छ। यसो गर्दा पत्राचार गरिरहनुपर्ने झन्झट हुँदैन र नियुक्ति पत्र पाउन पनि ढिला हुँदैन।
◼ यो घोषणा भारतको लागि हो: अर्को देशबाट आएका भाइबहिनीलाई प्रचारमा बोलाउँदा होसियार हुनुपर्छ। पर्यटक भिसा र व्यापारिक भिसामा आएका व्यक्तिहरूले धार्मिक गतिविधिमा भाग लिन मिल्दैन। (रोमी १३:१, ५; ती. ३:१) स्थानीय मण्डलीका भाइबहिनीले बेलाबेलामा हिंसात्मक विरोध भोग्नुपरेको छ। अर्को देशबाट आएका भाइबहिनीले यसलाई पनि मनमा राख्नुपर्छ। विदेशी भाइबहिनीलाई पुनःभेटमा लान उपयुक्तै लागे पनि विवेकी हुनैपर्छ। भेट्न जान लागेको व्यक्ति, उनी बस्ने इलाका र अन्य परिस्थितिलाई पनि विचार गर्दै पुनःभेट जानु बुद्धिमानी हुन्छ कि हुँदैन भनेर निर्णय गर्नुहोस्।