ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २८, २००८ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले मार्च ३, २००८ देखि अप्रिल २८, २००८ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. जोड दिन विराम गर्नु किन प्रभावकारी छ? [ht-NP पृ. २४, अनु. २५, २६]
२. श्रोताहरूलाई हामीले पढ्ने विचार गरेको शास्त्रपद भेट्टाउने समय दिनु किन लाभदायी हुन्छ? [ht-NP पृ. २६, अनु. ५]
३. धर्मशास्त्रका पदहरू प्रभावकारी ढङ्गमा प्रस्तुत गर्न कस्ता तरिकाहरू चलाउन सकिन्छ? [ht-NP पृ. २७, २८, अनु. १०-१७]
४. कुनै पदको विचारणीय शब्दहरूलाई हामी कुन-कुन तरिकाहरूमा जोड दिन सक्छौं? [ht-NP पृ. ३०, अनु. ६-१२]
५. लागू गर्नुपर्ने मुख्य शब्दहरूलाई हामी कसरी प्रभावकारी ढङ्गमा छुट्याउन सक्छौं? [ht-NP पृ. ३२, अनु. १८]
असाइनमेन्ट न. १
६. मानव सिद्धता प्राप्त गर्नुमा के-के समावेश छ? [wt-NP पृ. ९७-९८, अनु. १४]
७. प्रथम शताब्दीका ख्रीष्टियानहरूले कस्तो सम्मान र जिम्मेवारी पाएका छौं भनेर बुझेका थिए? [w०६ २/१-NP पृ. २९, अनु. ९]
८. जमघट आयोजना गर्दा राम्रोसँग रेखदेख पनि गर्न सक्नुपर्छ, किन? (व्यव. २२:८) [w०६ ३/१-NP पृ. २५, अनु. १५]
९. अरूसित स्वास्थ्य र उपचारबारे कुरा गर्दा किन व्यावहारिक हुनुपर्छ? [w०६ ३/१-NP पृ. ३१, अनु. १४]
१०. शैतानले “रूपियाँ-पैसाको प्रेम” कसरी विनाशकारी पासोको रूपमा प्रयोग गर्छ? (१ तिमो. ६:१०) [wt-NP पृ. १०३-१०४, अनु. ५]
साप्ताहिक बाइबल पढाइ
११. एक जना मानिसले येशूलाई “उत्तम गुरु” भनी सम्बोधन गर्दा उहाँले तिनलाई किन सच्याउनुभयो? (मर्कू. १०:१७, १८) [w०८ २/१-NP “यहोवाको वचन जीवित छ—मर्कूसको पुस्तकका विशेषताहरू”]
१२. इस्राएलीहरूको सम्बन्धमा के कुरा चित्रण गर्न येशूले नेभाराको बोटलाई प्रयोग गर्नुभयो? (मर्कू. ११:१२-१४, २०, २१) [w०३ ५/१५-NP पृ. २६, अनु. १, २]
१३. पवित्र आत्मा मरियममाथि आउने र परमेश्वरको शक्तिले तिनलाई छाया पार्ने भएकोले मरियम ‘गर्भवती हुनेछिन्’ भनेर गब्रियल स्वर्गदूतले के भन्न खोज्दै थिए? (लूका १:३०, ३१, ३४, ३५) [w०८ ३/१-NP “यहोवाको वचन जीवित छ—लूकाको पुस्तकका विशेषताहरू”; it-2 पृ. ५६, अनु. २]
१४. के येशूका चेलाहरूले “विश्रामको दिनमा जे गर्नु उचित छैन” त्यही गरिरहेका थिए? (लूका ६:१, २) [gt-NP ३१]
१५. येशूले मार्थालाई दिएको सल्लाहबाट के पाठ सिक्न सक्छौं? (लूका १०:४०-४२) [w९९ ९/१-NP पृ. ३१]