ख्रीष्टियान
हामी यहोवाका साक्षीहरू आफूलाई साँचो मसीहीहरू भनेर चिनाउने गर्छौं। अंग्रेजी शब्द क्रिश्चियन (Christian) -को अनुवाद गर्न हामीले हाम्रा नेपाली प्रकाशनहरूमा “मसीही” शब्द चलाउँदै आएका छौं। इन्साइट अन द स्क्रिप्चर्स-को पृष्ठ ४३९ अनुसार क्रिश्चियन भन्ने अंग्रेजी शब्द ख्रीष्टिआनोस (Khri·sti·a·nosʹ) भन्ने युनानी शब्दबाट आएको हो। येशू ख्रीष्टका अनुयायीहरूलाई चिनाउन प्रयोग गरिने यो शब्द बाइबलमा प्रेरित ११:२६; २६:२८ अनि १ पत्रुस ४:१६ मा पाइन्छ। नेपाली बाइबलमा यी पदहरूमा “ख्रीष्टियान” भन्ने शब्द चलाइएको छ।
माथि चर्चा गरिएका कुराहरूको आधारमा हाम्रा नेपाली प्रकाशनहरूमा पनि “ख्रीष्टियान” शब्द चलाउनु नै उपयुक्त देखिन्छ। साथै, “ख्रीष्ट”-का अनुयायीहरूलाई मसीही भन्नुभन्दा “ख्रीष्टियान” भनेर सम्बोधन गर्न सुहाउँछ। तसर्थ, हाम्रा प्रकाशनहरूको हालैका अंकहरूमा अंग्रेजी शब्द क्रिश्चियन-को अनुवाद गर्दा “ख्रीष्टियान” शब्द चलाउन थालेका छौं।