प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मे पृ. २-४
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ
    हाम्रो राज्य सेवा—२०११
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • स्कूल निरीक्षकका लागि निर्देशनहरू
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मे पृ. २-४

प्रश्‍न पेटी

◼ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाको प्रत्येक भागपछि श्रोताले ताली बजाउनु के उपयुक्‍त छ?

सृष्टिकर्ता यहोवाले पृथ्वीको जग बसाल्दा “मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गीय-जनहरू रमाहटले कराए।” (अय्यू. ३८:७) यहोवाले उदेकलाग्दो सृष्टि गरेर नौलो तरिकामा आफ्नो बुद्धि, भलाइ अनि शक्‍ति प्रदर्शित गरेकोले यी स्वर्गीय जनहरू यहोवाको प्रशंसा गर्न हौसिए।

भाइहरूको प्रयास अनि उनीहरूले प्रस्तुत गरेको भाषण वा प्रदर्शनहरूका लागि हामीले हार्दिक प्रशंसा गर्नु राम्रो हो। जस्तै: सम्मेलन र अधिवेशनजस्ता विशेष जमघटहरूमा भाषण तथा प्रस्तुतिहरूपछि हामी प्रायः ताली बजाउँछौं। सम्मेलन तथा अधिवेशनहरूमा प्रस्तुत गरिने भागको तयारी गर्न साबिकभन्दा धेरै समय र प्रयास लाग्छ। त्यसैले सम्मेलन तथा अधिवेशनहरूमा ताली बजाउनुको अर्थ वक्‍ताको कडा मिहेनतको कदर गर्नु मात्र नभई यहोवाले आफ्नो वचन तथा संगठन मार्फत दिएका निर्देशनहरूका लागि पनि कदर देखाउनु हो।—यशै. ४८:१७; मत्ती २४:४५-४७.

तर ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभामा भाषण वा प्रदर्शनहरू प्रस्तुत गरिसकेपछि ताली बजाउनेबारे चाहिं के भन्‍न सकिन्छ? प्रस्तुत गरिएको भाषण वा प्रदर्शन राम्रो लागेकोले ताली बजाइहाल्नुभयो भने त्यसलाई गलत भनिहाल्नु त मिल्दैन। जस्तै: नयाँ विद्यार्थीले स्कूलमा पहिलो पटक आफ्नो भाग प्रस्तुत गर्दा ताली बजाउन सकिन्छ। तैपनि, बातैपिच्छे वा भाषण नै पिच्छे ताली बजाउन थाल्यौं भने त ताली पिट्‌नुको कुनै अर्थ नै रहँदैन। यसरी थपडी मार्नु चलन सिवाय अरू केही हुनेछैन। त्यसैले हामी अक्सर प्रत्येक प्रस्तुतिपिच्छे ताली बजाउँदैनौं।

हामीले ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभामा प्रस्तुत गरिएका प्रत्येक भागपिच्छे अक्सर ताली बजाउने नगरे तापनि दिइएको निर्देशनप्रति र भाषण वा प्रदर्शन प्रस्तुत गर्न गरिएको प्रयासप्रति कदर देखाउने अन्य तरिका पनि छन्‌। वक्‍ताको कुरा एकदमै ध्यान दिएर सुन्दा हामी तिनको कदर गर्न सक्छौं। अनि सभा सिद्धिएपछि अक्सर व्यक्‍तिगत तवरमै भेटेर भाइबहिनीलाई तिनीहरूको मिहेनतको लागि कदर व्यक्‍त गर्न सक्छौं।—एफि. १:१५, १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने