घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? र परमेश्वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्। घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा देखाउनुहोस्, दिनुहोस् अनि छलफल गर्नुहोस्।
◼ अगस्तमा पाँचवटा शुक्रबार/शनिबार पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।
◼ सेप्टेम्बरदेखि क्षेत्रीय निरीक्षकहरूले “निष्ठाको मार्गमा हिंड्नुहोस्” शीर्षकको जनभाषण दिनेछन्।
◼ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिन सकून् भन्ने हेतुले प्रत्येक महिना शाखा कार्यालयलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००८ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री (S-18) फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवक(हरू)बाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्त फाराममा हस्ताक्षर गर्नेछन्। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री फाराम प्राप्त गर्नेछन्। कृपया शाखा कार्यालयलाई सेप्टेम्बर ६ सम्ममा त्यसको सक्कल प्रति पठाउनुहोस्। यसको एउटा प्रति तपाईंको फाइलमा राख्नुहोस्। तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।
◼ सबै मण्डलीहरूलाई स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स पठाइँदैछ। सन् २००९ को लागि दिनहुँ धर्मशास्त्र जाँच्ने, यरबूक, क्यालेन्डर अहिलेसम्म पनि अर्डर नपठाएका मण्डलीहरूले आ-आफ्नो अर्डर तुरुन्तै पठाइहाल्नुपर्छ। किङडम हल लिटरेचर इन्भेन्ट्री अरेन्जमेन्ट-अन्तर्गत रहेका मण्डलीहरूले आफ्नो अर्डर “संयोजक मण्डलीमार्फत” मात्र पठाउनुपर्छ। संयोजक मण्डलीको सचिवले आफ्नो साहित्य समूहमा पर्ने सबै मण्डलीहरूले चाहिने प्रकाशन अर्डर गरेका छन् कि छैनन्, पक्का गर्नुपर्छ।
◼ चाहनुहुन्छ पुस्तिकाबाट भन्दा बाइबलले सिकाउँछ पुस्तकबाट अध्ययन सुरु तथा सञ्चालन गर्नुपर्छ। चाहनुहुन्छ पुस्तिका नसिद्धिउन्जेल यसलाई प्रचारकार्यमा दिन सकिन्छ।