घोषणाहरू
◼ नोभेम्बर १-१६: के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा वितरण गर्ने विशेष अभियान। नोभेम्बर १७-३०: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने अथक प्रयास गर्नुहोस्। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। घरधनीका छोराछोरी रहेछन् भने बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य।
◼ सबै प्रकाशकले स्थायी अख्तियारनामा कार्ड (डी पी ए) भरेका छैनन् भने तुरुन्तै भरिहाल्नुपर्छ। रगत नलिने तपाईंको अधिकारलाई डी पी ए कार्डले सुरक्षित पार्छ। प्राचीनहरूले आवश्यकताअनुसार मदत दिनेछन्।—नोभेम्बर २००६ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट हेर्नुहोस्।
◼ जनवरी १, २००९ देखि “मण्डलीको अध्यक्ष” भन्ने शब्दावली प्रयोग हुनेछैन। त्यसको ठाउँमा “प्राचीनहरूको निकायको संयोजक” (coordinator of the body of elders) शब्दावली प्रयोग गरिनेछ।