ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २९, २००८ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले नोभेम्बर ३ देखि डिसेम्बर २९, २००८ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. हामीले रोजेका बुँदाहरू उपयुक्त छन् कि छैनन् भनेर हामी कसरी निर्धारण गर्न सक्छौं? [ht-NP पृ. ७८ अनु. १०]
२. कसरी ठीक समयमा सिध्याउन सकिन्छ? [ht-NP पृ. ८३ अनु. २५]
असाइनमेन्ट न. १
३. परमेश्वरले मात्र किन उहाँको आफ्नो नाउँ वहन गर्न सक्नुहुन्छ? (भज. ८३:१८, NW) [wt-NP पृ. २०, अनु. १२]
४. बाइबलमा पाइने कुराहरू केलाउन कुन बुँदाहरू प्रयोग गरेर हामी लाभ उठाउन सक्छौं? [wt-NP पृ. २८-३०, अनु. १२]
५. साँचो ख्रीष्टियान धर्मले हामीलाई कस्तो स्वतन्त्रता दिन्छ? (दानि २:४४) [wt-NP पृ. ४५, अनु. ८]
साप्ताहिक बाइबल पढाइ
६. पावलले तीतस २:३ मा “अर्कालाई सित्तैं दोष नलाउने” र “रक्सी धेरै नपिउने” वाक्यांशहरूलाई किन एक साथ राखेका हुन सक्छन्? [w९४ ६/१-NP पृ. २७, अनु. १२]
७. शैतानलाई “मृत्युका सामर्थ्य भएको” भन्नुको अर्थ त्यसले चाहेको जो कोहीको पनि अकालमै मृत्यु गराउन सक्छ भन्ने हो? (हिब्रू २:१४) [w०८ १०/१-NP “यहोवाको वचन जीवित छ—तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू”]
८. “[येशूको] सामने राखिदिएको आनन्द” के थियो जसको लागि उहाँले “क्रूसको [अर्थात्, “शासनाको खम्बामा,” NW] शासना भोग्नुभयो”? (हिब्रू १२:२) [w०८ १०/१-NP “यहोवाको वचन जीवित छ—तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू”]
९. मिलापी हुनुको अर्थ के हो र यससम्बन्धमा हामी आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं? (याकू. ३:१७) [w०८ ३/१-NP पृ. २५, अनु. १८]
१०. “परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ” भन्ने अभिव्यक्तिको अर्थ के हो? (१ यूहन्ना ३:२०) [w०५ ८/१-NP पृ. ३०, अनु. १९]