प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 डिसेम्बर पृ. १
  • बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको एक विशेष दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको एक विशेष दिन
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल अध्ययन थाल्न के तपाईं अघि सर्नु हुँदै छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न जोड दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तत्पर हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 डिसेम्बर पृ. १

बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको एक विशेष दिन

१ जनवरीदेखि प्रत्येक मण्डलीले बाइबल अध्ययनको प्रस्ताव राख्न हरेक महिना सप्ताहन्तको कुनै एक दिन छुट्याउनेछन्‌। यसको लागि सायद महिनाको पहिलो सप्ताहन्त छुट्याउन सकिन्छ। स्थानीय रूपमा उपयुक्‍त हुने शुक्रबार वा शनिबारमध्ये जुन दिन पनि छान्‍न सकिन्छ। त्यस दिन घरधनीले बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन्‌ भने पनि प्रकाशकहरूले बाइबलले सिकाउँछ किताब वा नयाँ पत्रिकाहरू प्रस्तुत गर्न सक्छन्‌। यस प्रबन्धमा पूर्णतया भाग लिन सम्पूर्ण प्राचीन तथा सेवकाई सेवकहरूले बन्दोबस्त मिलाउनुपर्छ र प्रकाशकहरूलाई बाइबल अध्ययन सुरु गर्न मदत दिनुपर्छ।

२ सप्ताहन्तको कुनचाहिं दिन बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याउने भनेर मण्डलीको सेवा समितिले निर्णय गर्नेछ। घर-घर प्रचारमा जाँदा र चासो देखाएकाहरूलाई फेरि भेट्‌न जाँदा प्रकाशकहरूले तयारी गर्न र बाइबल अध्ययनको प्रस्ताव राख्न विशेष प्रयास गर्न सकून्‌ भनेर बेला-बेलामा सम्झौटाहरू दिइरहनुपर्छ।

३ तयारी गर्ने तरिका: जनवरी २००६ को हाम्रो राज्य सेवकाई-को परिशिष्टमा र कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ४ र ५ मा बाइबल अध्ययन सुरु गर्ने विषयमा सुझाव पाउन सक्छौं। कसैले भने, के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? शीर्षकको पर्चा प्रयोग गर्न चाहलान्‌। अगस्त २००७ को हाम्रो राज्य सेवकाई, पृष्ठ ५ ले पनि पत्रिका स्वीकार्ने व्यक्‍तिसित बाइबल अध्ययन सुरु गर्ने विषयमा सुझाव दिएको छ। प्राचीन र सेवकाई सेवकहरूले १० देखि १५ मिनेट क्षेत्र सेवाको लागि सभा सञ्चालन गर्नेछन्‌। त्यतिबेला बाइबल अध्ययन सुरु गर्ने विषयमा एउटा वा दुइटा व्यावहारिक सुझावबारे छलफल गर्न वा प्रदर्शन प्रस्तुत गर्न सकिन्छ।

४ निश्‍चय नै, बाइबल अध्ययनको लागि हामीले राख्ने प्रस्ताव सबैले स्वीकार्दैनन्‌ वा स्वीकारिहाले भने पनि लामो समयसम्म अध्ययन गर्दैनन्‌। तर त्यसो भन्दैमा हामी पछि हट्‌नुपर्दैन। किनकि भेडाखाले व्यक्‍तिलाई उहाँको संगठनमा खिच्ने त स्वयम्‌ यहोवा हुनुहुन्छ। (यूह. ६:४४) हाम्रो जिम्मेवारी सत्यको बीउ छर्नु मात्र होइन; टुसाएको बीउ बढोस्‌ भनेर गोडमेल र मलजल गर्नु हो अनि यसमा असल हृदय भएका व्यक्‍तिहरूसित बाइबल अध्ययन सञ्चालन गर्नु पनि समावेश छ। यसो गरेर हामीले परमेश्‍वरका सहकर्मीको रूपमा सेवा गरिरहेका हुन्छौं।—१ कोरि. ३:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने