ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त ३१, २००९ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले जुलाई ६ देखि अगस्त ३१, २००९ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. आफ्नो आमाबाबुलाई ‘सराप्नेलाई’ किन मृत्युदण्डको सजाय दिइन्थ्यो? (लेवी २०:९) [w-NP०४ ५/१५ पृ. २४ अनु. ६]
२. ‘एउटै घरको चुलोमा दस घरका आइमाईहरूले पकाउनुपर्नेछ’ भन्नुको अर्थ के हो? (लेवी २६:२६) [w-NP०४ ५/१५ पृ. २४ अनु. ५]
३. प्राचीन इस्राएलमा गोठालोले भेडाहरूलाई किन ‘लौरोमुनिबाट छिराउँथ्यो’? (लेवी २७:३२) [w-NP०८ ११/१ पृ. १४ अनु. ७]
४. गन्ती २:२ मा उल्लेख गरिएको “झण्डा”-को इस्राएलमा कुनै धार्मिक महत्त्व थियो? [w-NP०२ ९/१५ पृ. २१ अनु. ४]
५. पूर्ण-समय राज्य उद्घोषकहरूले प्राचीन इस्राएलका नाजिरीहरूले देखाएजस्तै कस्तो मनोभाव देखाउँछन्? (गन्ती ६:३, ५, ६) [w-NP०४ ८/१ पृ. २४-२५]
६. लेवीहरूले आफ्नो सेवाबाट अवकाश लिने व्यवस्थाको कुन सिद्धान्त आज यहोवाका जनहरूमा लागू हुन्छ? (गन्ती ८:२५, २६) [w-NP०४ ८/१ पृ. २५ अनु. १]
७. इस्राएलीहरूले कसरी “साह्रै लालच” देखाए र आजका ख्रीष्टियानहरूलाई यसले कस्तो पाठ सिकाउँछ? (गन्ती ११:४) [w-NP०१ ६/१५ पृ. १४-१५; w-NP९५ ३/१ पृ. १६ अनु. १०]
८. मरियमलाई मात्र कोर लाग्नुको कारण के थियो र यसबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (गन्ती १२:९-११) [w-NP०४ ८/१ पृ. २६ अनु. २; it-2 पृ. ४१५ अनु. १]
९. कनानीहरूलाई “शिकार”-को रूपमा चिनाएर यहोशू र कालेबले के भन्न खोजिरहेका थिए? (गन्ती १४:९) [w-NP०६ १०/१ पृ. १७ अनु. ५; it-1 पृ. ३६३-३६४]
१०. गन्ती २१:५ ले कस्तो चेतावनीमूलक उदाहरण दिन्छ? [w-NP९९ ८/१५ पृ. २६-२७]