क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
यस महिना भक्तपुरमा एउटा पृथक् समूह स्थापित भयो। अहिले नेपालमा १८ वटा मण्डली र ८ वटा पृथक् समूह छन्। प्रकाशकहरूको कुल सङ्ख्या १,४५४ पुगेको छ र त्यसमा नियमित अग्रगामीहरू ३२८ जना छन्। यो नयाँ शिखर सङ्ख्या हो। सबै प्रकाशक बाइबल सन्देश पुस्तिकाको विशेष अभियानमा सक्रिय भई लागेका थिए भन्ने कुरामा दुई मत छैन। परिणामस्वरूप ४,१७७ पुस्तिका वितरण गरिए। यो पनि एउटा नयाँ शिखर हो।