क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
प्रकाशकको नयाँ शिखर सङ्ख्या जम्मा १,५०० पुगेको कुरा जानकारी गराउन पाउँदा हामी हर्षित छौं। साथै ३,११८ बाइबल अध्ययन र १७,२५५ पुनःभेटको नयाँ शिखर सङ्ख्याले पनि हामी प्रोत्साहित भएका छौं। यी तथ्याङ्कहरूले के देखाउँछ भने भाइबहिनीले इलाकाका मानिसहरूलाई प्रचार गर्न मात्र नभई सिकाउनलाई पनि उत्तिकै मेहनत गर्दै हुनुहुन्छ।