ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर ३१, २०११ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।
१. यहोवाका सम्झौटोहरूलाई किन पक्रनुपर्छ? (भज. ११९:६०, ६१) [ w०० १२/१ पृ. १४ अनु. ३]
२. भजन १३३:१-३ बाट कस्तो पाठ सिक्न सक्छौं? [ w०६ ९/१ पृ. २१ अनु. ५]
३. कुन अर्थमा यहोवाले दाऊदलाई ‘जाँच्नुभयो’ र तिनको “चाल” र ‘सुताइ जाँच्नुभयो’? (भज. १३९:१, ३) [ w०६ ९/१ पृ. २१ अनु. ८; w९३ १०/१ पृ. ९ अनु. ६]
४. यहोवाले कस्ता कठिनाइहरूदेखि आफ्ना सेवकहरूलाई “सह्माल्नुहुन्छ” अथवा “उठाउनुहुन्छ”? (भज. १४५:१४) [ w०४ १/१५ पृ. १७ अनु. ११]
५. हितोपदेश ६:१२-१४ मा उल्लेख गरिएको मानिसको कस्तो आचरणले गर्दा उसलाई बदमास भनिएको छ? [ w०० ९/१५ पृ. २६ अनु. ६-७]
६. बुद्धिमान् मानिसले किन “आज्ञाहरू स्वीकार गर्छ”? (हितो. १०:८, NRV) [ w०१ ७/१५ पृ. २६ अनु. २]
७. आफ्नो बेइज्जती अथवा अनुचित आलोचनाप्रति बुद्धिमान् मानिसले देखाउने प्रतिक्रिया मूर्खको भन्दा कसरी फरक हुन्छ? (हितो. १२:१६) [ w०३ ३/१५ पृ. २७ अनु. ३-४]
८. सकारात्मक मनोवृत्तिले कसरी हाम्रो “सबै दिन हर्षमय” बनाउन सक्छ? (हितो. १५:१५) [ w०५ ८/१ पृ. ६]
९. “बुद्धि प्राप्त गर्नु”-मा के समावेश छ र यसो गर्नेले कसरी “आफैलाई साँचो प्रेम” गरिरहेको हुन्छ? (हितो. १९:८) [ w९९ ७/१ पृ. १८ अनु. ४; it-1-E पृ. १०५९ अनु. १]
१०. समझशक्तिले परिवारलाई कसरी लाभ पुऱ्याउन सक्छ? (हितो. २४:३) [ w०६ १०/१ पृ. १४ अनु. ११; be पृ. ३२ अनु. १]