क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
मार्च महिनामा ६ नयाँ शिखर सङ्ख्या कायम भएको कुरा रिपोर्ट गर्न पाउँदा हामीलाई खुसी लागेको छ। नयाँ शिखर सङ्ख्या यसप्रकार छन्: नियमित अग्रगामी सेवक ५१५, कुल प्रकाशक १,८५१, पुस्तिका ५,८४७, क्षेत्र सेवामा बिताएको घण्टा ६७,८६४, पत्रिका २१,४८१ र पुनःभेट २३,५८६। यो महिनामा पनि ३० घण्टे प्रबन्ध गरिएको हुनाले भाइबहिनीहरू सहायक अग्रगामी सेवा गर्न उत्साहित थिए। सहायक अग्रगामी सेवामा भाग लिएका प्रकाशकहरूको सङ्ख्या ५२८ थियो। कुल प्रकाशकको लगभग ५९% ले अग्रगामी सेवाको कुनै न कुनै पक्षमा भाग लिए। यस सेवा वर्षमा भएको क्षेत्रीय सम्मेलनमा १४ जनाले बप्तिस्मा गरेको देख्न पाउनु खुसीको कुरा हो। त्यस सम्मेलनको उपस्थिति २,८९१ थियो जुन गएको वर्षको भन्दा ३६७ ले धेरै थियो।