क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
जुलाई महिनामा तीन वटा नयाँ मण्डली र एउटा पृथक समूह सुरु भयो। नेपालमा अब जम्माजम्मी २९ वटा मण्डली र ७ वटा पृथक समूह छन्। झरीको मौसम भए तापनि १,८४९ जना प्रकाशकले क्षेत्र सेवामा धेरै मेहनत गरे। “यसरी मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै” गएको हेर्न पाउँदा हामी औधी खुसी छौं।—प्रेषि. १६:५.