विशेष निम्तो
१. अधिवेशनको निम्तो कहिलेदेखि बाँडिनेछ?
१ तपाईंले आफ्नो परिवार वा साथीभाइलाई एउटा विशेष भोजमा बोलाउने योजना बनाउनुभयो। अनि त्यसको तयारीमा निकै मेहनत र खर्च गर्नुभयो। अब निम्तो दिन के तपाईं उत्साहित हुनुहुन्न र? त्यसैगरि आउनै लागेको अधिवेशनमा आध्यात्मिक भोज तयार पार्न निकै समय र मेहनत लागेको छ। यहोवाले हामीलाई उक्त भोजको निम्तो बाँड्ने सुअवसर दिनुभएको छ। अधिवेशन सुरु हुनुभन्दा तीन हप्ताअघिदेखि निम्तो बाँडिनेछ। उत्साहित भएर निम्तो बाँड्न हामीलाई केले मदत गर्नेछ?
२. अभियानमा पूरापूर भाग लिन हामीलाई केले उत्प्ररित गर्नेछ?
२ यहोवाले प्रबन्ध गर्नुभएको अधिवेशनमार्फत पाइने आध्यात्मिक भोजनबाट हामी धेरै लाभ उठाउँछौं। यो कुरालाई विचार गऱ्यौं भने अभियानमा पूरापूर भाग लिन उत्प्रेरित हुनेछौं। (यशै. ६५:१३, १४) नबिर्सनुहोस्, हरेक वर्ष हुने यस्तो अभियानले राम्रो नतिजा ल्याएको छ। (“राम्रा नतिजाहरू” भन्ने पेटी हेर्नुहोस्।) हामीले निम्तो दिएका मध्ये कोही अधिवेशनमा आउलान् भने कोही नआउलान्। तर मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि अभियानको दौडान हामीले गरेको लगनशील प्रयासले यहोवाको प्रशंसा गर्छ र उहाँको उदारता झल्काउँछ।—भज. १४५:३,७; प्रका. २२:१७.
३. निम्तो पर्ची कसरी बाँडिनेछ?
३ निम्तो पर्ची कसरी विस्तृत रूपमा बाँड्ने भनेर एल्डरहरूको निकायले निर्णय गर्नुपर्छ। जस्तै: घरमा मान्छे नभेटिंदा पर्ची छोड्ने कि नछोड्ने वा सार्वजनिक साक्षीकार्यमा पर्ची प्रयोग गर्ने कि नगर्ने। सप्ताहन्तमा निम्तो पर्ची बाँड्दा पत्रिका पनि दिन सकिन्छ। अभियानमा उत्साहित भएर लागेकोमा अनि यहोवाले दिनुभएको आध्यात्मिक भोजको निम्तो स्वीकारेर धेरैभन्दा धेरै मानिस उपस्थित भएकोमा हामी खुसीले गद्गद हुनेछौं।