प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च पृ. ७
  • फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • शोकाकुल छौं तर आशाविहीन छैनौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च पृ. ७

ख्रीष्टियन जीवन

फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो

परिवारका सदस्यहरू र साथीहरू शोक गर्दै; मृतककी बहिनी पुनर्जीवनको आशामा मनन गर्दै

स्मरणार्थ उत्सवमा फिरौतीको बलिदानले सम्भव तुल्याएका आशिष्‌हरूमा मनन गर्ने मौका पाउँछौं। जस्तै: पुनर्जीवनको आशा। यहोवाले मानिसलाई मर्नको लागि बनाउनुभएको थिएन। त्यसैले आफ्नो साथीभाइ र आफन्त गुमाउनुपर्दा असह्‍य पीडा हुन्छ। (१को १५:२६) लाजरसको मृत्युले गर्दा शोकाकुल भएका चेलाहरूलाई देखेर येशू दुःखी हुनुभयो। (यूह ११:३३-३५) येशू दुरुस्त आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसैले येशूलाई हेरेर हामी यो कुरामा ढुक्क हुन सक्छौं: मृत्युको कारण हामी दुःखी भएको देख्दा यहोवालाई पनि दुःख लाग्छ। (यूह १४:७) यहोवा आफ्ना सेवकहरूलाई पुनर्जीवित गर्न उत्सुक हुनुहुन्छ र हामी पनि त्यो हेर्न उत्सुक छौं।—अय्यू १४:१४, १५.

यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ। त्यसैले पुनर्जीवित पार्ने काम पनि व्यवस्थित ढङ्‌गमा हुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। (१को १४:३३, ४०) त्यो खुसीको क्षण हुनेछ। त्यतिबेला अन्त्येष्टि कार्यक्रम होइन, पुनर्जीवित भएका मानिसहरूलाई स्वागत गर्ने कार्यक्रम हुनेछ। के तपाईं पुनर्जीवनबारे मनन गर्नुहुन्छ, विशेषगरि शोकको समयमा? (२को ४:१७, १८) यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएकोमा र बाइबलमार्फत पुनर्जीवनको आशाबारे बताउनुभएकोमा के हामी उहाँलाई धन्यवाद दिन्छौं?—कल ३:१५.

  • तपाईं आफ्नो साथीभाइ र आफन्तहरूमध्ये क-कसलाई भेट्‌न चाहनुहुन्छ?

  • तपाईं बाइबलको कुनचाहिं पात्रलाई भेट्‌न र कुराकानी गर्न चाहनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने