प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अगस्त पृ. ७
  • येशू तपाईँको भाइको निम्ति पनि मर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू तपाईँको भाइको निम्ति पनि मर्नुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीमा एकता कायम राख्नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “आपसमा प्रगाढ प्रेम राख”
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • “यी सानाहरू”-लाई ठेस नपुऱ्‍याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अगस्त पृ. ७
येशू आफ्ना चेलाहरूसित कुरा गर्नुहुन्छ

ख्रीष्टियन जीवन

येशू तपाईँको भाइको निम्ति पनि मर्नुभयो

येशूले त्रुटिपूर्ण मानिसहरूको निम्ति आफ्नो जीवन दिनुभयो। (रोमी ५:८) यसरी हाम्रो लागि आफ्नो जीवन दिएर हामीलाई प्रेम देखाउनुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ। तर कहिलेकाहीँ हामीले येशू हाम्रो ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको निम्ति पनि मर्नुभएको थियो भनेर बिर्सन सक्छौँ। हामी कसरी आफूजस्तै त्रुटिपूर्ण दाजुभाइ दिदीबहिनीलाई ख्रीष्टको जस्तो प्रेम देखाउन सक्छौँ? तीन वटा तरिका विचार गर्नुहोस्‌। पहिलो, हामी आफ्नो भन्दा फरक पृष्ठभूमि भएका दाजुभाइ दिदीबहिनीलाई साथी बनाउन सक्छौँ। (रोमी १५:७; २को ६:१२, १३) दोस्रो, आफ्नो बोली र व्यवहारद्वारा अरूको चित्त दुखाउनदेखि हामी होसियार हुन सक्छौँ। (रोमी १४:१३-१५) तेस्रो, कसैले हाम्रो विरुद्धमा पाप गर्दा हामी तुरुन्तै क्षमा दिन सक्छौँ। (लूका १७:३, ४; २३:३४) यी तरिकाहरू लागू गरेर येशूको अनुकरण गर्न कडा प्रयास गऱ्‍यौँ भने यहोवाले मण्डलीमा आशिष्‌ दिइरहनुहुनेछ अनि मण्डलीमा शान्ति र एकता छाउनेछ।

असल ख्रीष्टियन बन्‍नुहोस्‌! भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मिकी बहिनीलाई तिनको नयाँ मण्डलीका भाइबहिनीले स्वागत गर्छन्‌

    मिकी बहिनीलाई सुरुमा आफ्नो मण्डली कस्तो लाग्थ्यो?

  • मिकी बहिनी मण्डलीका अरू सदस्यहरू देखेर दिक्क मान्दै

    के कारणले गर्दा उनको सोचाइमा परिवर्तन आयो?

  • प्रेषितहरू निदाए तापनि येशू तिनीहरूसित दयालु व्यवहार गर्नुहुन्छ

    आफ्नो सोचाइ छाँटकाँट गर्न मिकीलाई येशूको उदाहरणले कसरी मदत गऱ्‍यो? (मर्कू १४:३८)

  • एक जना बच्चाले ठोक्किएर लुगामा जुस पोखाइदिँदा मिकी बहिनी हाँस्छिन्‌

    हितोपदेश १९:११ ले सङ्‌गी ख्रीष्टियनहरूप्रति सकारात्मक दृष्टिकोण राख्न कसरी मदत गर्छ?

मननका लागि:

सङ्‌गी ख्रीष्टियनले मेरो चित्त दुखाउन गरेको कुन-कुन काम मैले अझै पनि मनमा लिइरहेको छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने