प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अक्टोबर पृ. ७
  • परमेश्‍वरको वचनलाई तपाईँ कत्तिको अनमोल ठान्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचनलाई तपाईँ कत्तिको अनमोल ठान्‍नुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले बाइबलको मोल गरे—एक झलक (विलियम टिन्डेल)
    थप लेखहरू
  • विलियम टिन्डेल दूरदर्शी पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग दुइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अक्टोबर पृ. ७

ख्रिष्टियन जीवन

परमेश्‍वरको वचनलाई तपाईँ कत्तिको अनमोल ठान्‍नुहुन्छ?

बाइबलका लेखक यहोवा परमेश्‍वर हुनुहुन्छ। यस पवित्र किताबमा उहाँका विचार र भनाइहरू उल्लेख गरिएका छन्‌। (२प १:२०, २१) यहोवाको राज्यद्वारा उहाँको सार्वभौमिकता उच्च पारिनेछ र छिट्टै पूरै मानिसजातिको जीवन राम्रो हुनेछ भनेर बाइबलमा बताइएको छ। स्वर्गमा हुनुहुने हाम्रो बुबा यहोवाको मायालु व्यक्‍तित्वबारे पनि बाइबलमा बताइएको छ।—भज ८६:१५.

हामी प्रत्येकले यहोवाको वचनको मोल गर्ने विभिन्‍न कारण पाएका छौँ। तर के हामी दिनहुँ परमेश्‍वरको वचन पढेर अनि त्यसलाई आफ्नो जीवनमा लागू गरेर यो बहुमूल्य उपहारलाई अनमोल ठानेको देखाउँछौँ? हाम्रो काममा भजनरचयिताको जस्तै मनोवृति देखिनुपर्छ, जसले यस्तो लेखे: “म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!”—भज ११९:९७.

तिनीहरूले बाइबलको मोल गरे—एक झलक (विलियम टिन्डेल) भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • विलियम टिन्डेल; विलियम टिन्डेल आफ्नो छापाखानामा; टिन्डेलले अनुवाद गरेको नयाँ करारको पहिलो संस्करणको एक प्रति

    विलियम टिन्डेलले किन बाइबलका केही खण्ड अनुवाद गरे?

  • बाइबल अनुवाद गर्न तिनले गरेको प्रयास किन उल्लेखनीय छ?

  • टिन्डेलले अनुवाद गरेका बाइबलका प्रतिहरू कसरी गोप्य रूपमा बेलायतसम्म पुऱ्‍याइयो?

  • हामी प्रत्येकले परमेश्‍वरको वचनलाई अनमोल ठानेको कसरी देखाउन सक्छौँ?

मननका लागि: परमेश्‍वरको वचन कसरी. . .

  • बत्ती र ज्योति हो?—भज ११९:१०५

  • पानी हो?—एफि ५:२६

  • तरबार हो?—एफि ६:१७

  • ऐना हो?—या १:२३-२५

परमेश्‍वरको वचन दिनहुँ पढ्‌नुहोस्‌

बाइबल पढाइ तालिका

के तपाईँले jw.org मा भएको बाइबल पढाइ तालिका प्रयोग गर्नुभएको छ? PDF फर्म्याटको तालिकामा तपाईँले पढ्‌न चाहनुभएको बाइबल पढाइको भागमा थिच्नुभयो भने jw.org मा बाइबलको त्यही अध्याय खुल्छ। यदि तपाईँको भाषामा अडियो रेकर्डिङ उपलब्ध छ भने jw.org बाट सुन्‍न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने