प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जनवरी पृ. ८
  • पर्चा प्रयोग गरेर कसरी कुराकानी सुरु गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पर्चा प्रयोग गरेर कसरी कुराकानी सुरु गर्ने?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ डिजाइनमा तयार पारिएका पर्चाहरू
    हाम्रो राज्य सेवा—२०१४
  • लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने
    हाम्रो राज्य सेवकाई—१९९३
  • नमुना कुराकानीका प्रस्तुतिहरू प्रयोग गर्ने तरिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • सुसमाचार फैलाउन पर्चा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जनवरी पृ. ८
एउटी बहिनी बसस्टपमा एउटी महिलालाई ‘कहिल्यै दुःखकष्टको अन्त होला?’ पर्चाबाट अनौपचारिक साक्षी दिँदै

ख्रिष्टियन जीवन

पर्चा प्रयोग गरेर कसरी कुराकानी सुरु गर्ने?

सन्‌ २०१८ को जनवरी महिनादेखि जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को (अहिले जीवन र सेवा अभ्यास पुस्तिका भनिन्छ) पहिलो पृष्ठमा नमुना कुराकानी छापिन थाल्यो। ती नमुनाहरूबाट हामीले मानिसहरूलाई साहित्य दिन मात्र नभई तिनीहरूसित कुराकानी गर्न प्रोत्साहन पाएका छौँ। प्रकाशकहरूले सजिलोसित कुराकानी गर्न सकून्‌ भनेर नमुना कुराकानी भिडियो तयार पारिएको छ। यी भिडियोहरूमा बाइबल मात्र प्रयोग गरेर कसरी कुराकानी गर्ने भनेर देखाइन्छ। के यसको मतलब हामीले घरघरको प्रचारमा साहित्य प्रयोग गर्नु हुँदैन भन्‍ने हो? होइन! हामी पर्चा प्रयोग गरेर प्रभावकारी तरिकामा कुराकानी सुरु गर्न सक्छौँ। तल दिइएको तरिका अपनाएर हामी कुनै पनि पर्चा प्रस्तुत गर्न सक्छौँ:

  1. १. पर्चाको पहिलो पृष्ठमा दिइएको प्रश्‍न सोध्नुहोस्‌ र त्यसको तीनवटा जवाफ देखाउनुहोस्‌।

  2. २. बाइबलले दिने जवाफ दोस्रो पृष्ठको माथिल्लो भागमा भएको शास्त्रपदबाट देखाउनुहोस्‌। घरधनीसित समय छ भने पर्चामा भएका अन्य जानकारीहरू पनि पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

  3. ३. घरधनीलाई पर्चा दिनुहोस्‌ र त्यसको बाँकी भाग फुर्सदमा पढ्‌न प्रोत्साहन दिनुहोस्‌।

  4. ४. अन्तमा, पर्चाको अन्तिम पृष्ठमा भएको “यसबारे सोच्नुहोस्‌” भन्‍ने भागमा दिइएको प्रश्‍न देखाउनुहोस्‌ अनि त्यसबारे छलफल गर्न पुनःभेटको प्रबन्ध मिलाउनुहोस्‌।

‘हाम्रो भविष्य कस्तो होला?’ पर्चामा भएको एक देखि चार सङ्‌ख्याले पर्चाको चार वटा विशेषतालाई बुँदागत रूपमा देखाएको छ

पुनःभेट गर्दा अघिल्लो पटक छोडेको प्रश्‍नको जवाफ दिनुहोस्‌ र फेरि भेट्‌दा छलफल गर्नको लागि अर्को प्रश्‍न छोड्‌नुहोस्‌। हाम्रो वेबसाइटबाट वा पर्चाको अन्तिम पृष्ठमा देखाइएको प्रकाशनबाट कुनै प्रश्‍न छान्‍न सक्नुहुन्छ। उपयुक्‍त समयमा शिक्षण सामग्रीमा भएको परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका वा अध्ययन गर्न चलाइने अन्य सामग्री देखाउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने