प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. २-३
  • मार्च ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. २-३

मार्च ४-१०

भजन १६-१७

गीत १११ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “यहोवा . . . मेरो भलाइको स्रोत”

(१० मि.)

यहोवाको सेवा गर्ने मानिसहरूसित मित्रता गाँस्दा हामी रमाउन सक्छौँ (भज १६:२, ३; w१८.१२ पृ. २६ अनु. ११)

यहोवाको निगाह पाउँदा हामी सन्तुष्ट हुन सक्छौँ (भज १६:५, ६; w१४ २/१५ पृ. २९ अनु. ४)

यहोवाले हामीलाई आध्यात्मिक तवरमा रक्षा गर्नुहुँदा हामी सुरक्षित महसुस गर्छौँ (भज १६:८, ९; w०८ २/१ पृ. ९ अनु. २-३)

सभाभवनमा दुई जना बहिनी अङ्‌गालो हालिरहेका छन्‌। अरू भने खुसी हुँदै तिनीहरूको वरिपरि जम्मा भएका छन्‌।

दाउदको जस्तै हाम्रो जीवन पनि अर्थपूर्ण छ किनभने हाम्रो जीवन भलाइको स्रोत यहोवा परमेश्‍वरको उपासनामा केन्द्रित छ।

आफैलाई सोध्नुहोस्‌: ‘सत्यमा आइसकेपछिको मेरो जीवन कसरी पहिलेको भन्दा अझ राम्रो भएको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १७:८—“आफ्नो आँखाको नानी” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (w९७ ८/१ पृ. १५ अनु. ५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १७:१-१५ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थको निम्तोपर्ची दिनुहोस्‌। (th बुँदा ११)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थको निम्तोपर्ची दिनुहोस्‌। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌। (th बुँदा ९)

६. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थको निम्तोपर्ची दिनुहोस्‌। (th बुँदा २)

७. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १४ परिचय र बुँदा १-३ (th बुँदा ६)

ख्रिष्टियन जीवन

गीत २०

८. हामी स्मरणार्थको लागि कसरी तयारी गर्न सक्छौँ?

(१५ मि.) छलफल।

सभाभवनमा अखमिरा रोटी अनि रातो दाखमद्य राखिएको छ।

येसुको आज्ञाअनुसारै हामी मार्च २४ आइतबारको दिन उहाँको मृत्युको सम्झना गर्नेछौँ अनि यहोवा र येसु दुवैले देखाउनुभएको सर्वोत्तम प्रेमबारे मनन गर्नेछौँ। (लुका २२:१९; युह ३:१६; १५:१३) यो विशेष दिनको लागि हामी कसरी तयारी गर्न सक्छौँ?

  • मानिसहरूलाई विशेष भाषणमा अनि स्मरणार्थमा आउन निम्तो दिने अभियानमा पूरापूर भाग लिनुहोस्‌। तपाईँले निम्तो दिन चाहनुभएका व्यक्‍तिहरूको सूची बनाउनुहोस्‌। यदि तिनीहरूमध्ये कोही-कोही तपाईँको इलाकामा बस्दैनन्‌ भने तिनीहरूको इलाकामा कार्यक्रम हुने स्थान र समयबारे जानकारी लिन jw.org प्रयोग गर्नुहोस्‌।

  • मार्च र अप्रिल महिनामा साक्षीकार्यमा अझ बढी भाग लिने योजना बनाउनुहोस्‌। के तपाईँ १५ वा ३० घण्टे सहायक अग्रगामी सेवा गर्ने लक्ष्य राख्न सक्नुहुन्छ?

  • येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम हप्तामा के-कस्ता महत्त्वपूर्ण घटनाहरू घटे भनेर मार्च १८ देखि पढ्‌न थाल्नुहोस्‌। पृष्ठ ६-७ मा भएको “२०२४ स्मरणार्थ बाइबल पढाइको तालिका”-बाट हरेक दिन कति पढ्‌ने भनेर तपाईँ निर्णय गर्न सक्नुहुन्छ।

  • स्मरणार्थको दिनमा हुने बिहानको उपासनाको विशेष कार्यक्रम jw.org बाट हेर्नुहोस्‌।

  • स्मरणार्थमा उपस्थित भएका नयाँ व्यक्‍तिहरू र निष्क्रिय व्यक्‍तिहरूलाई न्यानो स्वागत गर्नुहोस्‌। सभापछि तिनीहरूको प्रश्‍नको जवाफ दिनुहोस्‌। कार्यक्रममा आएकाहरूको चासो सेलाउन नदिन फेरि भेट्‌न जाने प्रबन्ध मिलाउनुहोस्‌।

  • स्मरणार्थअघि र पछि फिरौतीबारे मनन गर्नुहोस्‌।

येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

स्मरणार्थको निम्तो दिने अभियानमा हामी यो भिडियो कसरी प्रयोग गर्न सक्छौँ?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ६ अनु. १८-२४, पृ. ४८ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ७३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने