नोभेम्बर ३-९
श्रेष्ठगीत १-२
गीत १३२ र प्रार्थना | परिचय (१ मि.)
१. एउटा साँचो प्रेमको कथा
(१० मि.)
[श्रेष्ठगीतको परिचय भिडियो देखाउनुहोस्।]
सुलेमानले सुलम्मेनी युवतीको निकै तारिफ गरे र उनलाई थुप्रै बहुमूल्य उपहार दिने वाचा गरे (श्रेष्ठ १:९-११)
गोठालो केटोप्रतिको साँचो प्रेमले गर्दा सुलम्मेनी युवती वफादार रहिरहन सकिन् (श्रेष्ठ २:१६, १७; w१५ १/१५ पृ. ३० अनु. ९-१०)
सुझाव: श्रेष्ठगीत पढ्नुहुँदा कुन भाग कसले बोलेको हो भनेर थाह पाउन नयाँ संसार अनुवाद-मा भएको श्रेष्ठगीत किताबको “विषयवस्तु” हेर्नुहोस्।
२. बहुमूल्य रत्न
(१० मि.)
श्रेष्ठ २:७—सुलम्मेनी युवती अविवाहित ख्रिष्टियनहरूको लागि किन उत्कृष्ट उदाहरण हुन्? (w१५ १/१५ पृ. ३१ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) श्रेष्ठ २:१-१७ (th बुँदा १२)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ १ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ ९ बुँदा ३)
६. चेला बनाउनुहोस्
(५ मि.) lff पाठ १८ परिचय र बुँदा १-३ (th बुँदा ८)
गीत ४६
७. “उदार मानिसले आशिष् पाउँछ”
(१५ मि.) एल्डरद्वारा छलफल।
अरूलाई मदत गर्न आफ्नो समय, शक्ति र स्रोतसाधन खर्च गर्छौँ भने हामीले थुप्रै आशिष् पाउनेछौँ। कसैले हामीबाट मदत पाउँदा तिनी आनन्दित हुन सक्छन्। त्यति मात्रै होइन अरूलाई मदत दिँदा हामी आफै पनि आनन्दित हुन सक्छौँ। (हित २२:९) यहोवाको अनुकरण गरेकोले हामी आनन्दित त हुन सक्छौँ नै त्यसको साथै हामीले यहोवाको अनुमोदन पनि पाउनेछौँ।—हित १९:१७; या १:१७.
उदार भयौँ भने हामी खुसी हुन्छौँ भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
संसारभरिका भाइबहिनीहरूले देखाउनुभएको उदारताले गर्दा भिडियोमा देखाइएका केही भाइबहिनी कसरी आनन्दित हुन सके?
ती भाइबहिनीहरूले पनि उदार भई अरूलाई दिँदा पाइने आनन्द कसरी महसुस गरे?
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ३२-३३