प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 मार्च पृ. ३०
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • जलप्रलयदेखि मिश्रबाट छुटकारासम्म
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पूरै परिवार मिश्र सर्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिश्रमा खराब राजाले राज्य गर्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 मार्च पृ. ३०
मिश्र गइरहेका मिद्यानी यात्रीहरूसित युसुफ हिँड्‌दै छन्‌।

के तपाईँलाई थाह थियो?

इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए भनेर बाइबलको विवरणबाहेक अरू कस्तो प्रमाण छ?

मिद्यानी व्यापारीहरूले युसुफलाई मिश्र लगेपछि कुलपिता याकुब र तिनका परिवार कनानबाट मिश्रमा बसाइँ सरे भनेर बाइबलमा बताइएको छ। तिनीहरू नाइल नदीको मुहाननजिकै मिश्रको गोसेन भन्‍ने ठाउँमा बसोबास गरे। (उत्प. ४७:१, ६) त्यहाँ इस्राएलीहरूको “शाखासन्तान बढ्‌दै गयो” र “तिनीहरू ज्यादै शक्‍तिशाली भए।” त्यसैले मिश्रीहरू इस्राएलीहरूदेखि डराए र तिनीहरूलाई आफ्ना दास बनाए।—प्रस्थ. १:७-१४.

आधुनिक समयका केही आलोचकहरूले माथि उल्लेख गरिएको बाइबल विवरण मिथ्या मात्र हो भनेर ठट्टामा उडाउँछन्‌। तर सेमका सन्तानहरूa पुरातन मिश्रमा दास थिए भन्‍ने बलियो प्रमाण पाइन्छ।

उदाहरणको लागि, पुरातत्त्वविद्‌हरूले मिश्रको उत्तरी भूभागमा उत्खनन गर्दा पुरातन बस्तीहरू फेला पारेका छन्‌। त्यहाँ सेमका सन्तानहरूको २० वा त्योभन्दा धेरै बस्ती भएको प्रमाण पाइन्छ भनेर डा. जोन बिम्सन बताउँछन्‌। मिश्रका पुरातात्विक कुराहरूको अध्ययन गर्ने जेम्स के. हफमायर यसो भन्छन्‌: “ईसापूर्व १८०० देखि १५४० तिरको अवधिमा पश्‍चिमी एसियामा बसोबास गर्ने सेमका सन्तानहरू मिश्रमा बसाइँ सर्न चाहन्थे।” तिनी अझ यसो भन्छन्‌: “यो समयावधि पुरातन ‘कुलपिताहरूको समयावधि’-सित मिल्छ, जुन उत्पत्तिको किताबमा बताइएको समयावधि र अवस्थासित मिल्दोजुल्दो छ।”

इस्राएलीहरू मिश्रमा दासत्वमा परेका थिए भन्‍ने कुराको अर्को प्रमाण मिश्रको दक्षिणी भूभागमा पाइन्छ। ईसापूर्व २००० देखि १६०० तिरको एउटा पपाइरसमा मिश्रको दक्षिणी भागमा घरेलु काम गर्ने दासहरूको नाम उल्लेख गरिएको छ। त्यसमा उल्लेख गरिएका ४० वटाभन्दा धेरै नाम सेमका सन्तानहरूका थिए। यी दासहरू खाना पकाउने, कपडा बुन्‍ने र मजदुरी गर्ने जस्ता काम गर्थे। माथि उल्लिखित हफमायर यसो भन्छन्‌: “थिबदमा [अर्थात्‌ मिश्रको दक्षिणी भूभागमा] मात्रै सेमका ४० जनाभन्दा धेरै सन्तान दासको रूपमा काम गर्थे भने पूरै मिश्रभरि, अझ विशेषगरि नाइल नदीको मुहाननजिकै झन्‌ धेरै हुनुपर्थ्यो।”

पपाइरसमा उल्लेख गरिएका केही दासको नाम “बाइबलमा पाइने नामहरूजस्तै” छन्‌ भनी पुरातत्त्वविद्‌ डेभिड रोल बताउँछन्‌। उदाहरणका लागि, त्यो पपाइरसमा पाइने नामहरू इस्साकार, असेर अनि सिफ्राहसित मिल्दाजुल्दा छन्‌। (प्रस्थ. १:३, ४, १५) निष्कर्षमा डेभिड रोल यसो भन्छन्‌: “यसले इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए भन्‍ने ठोस प्रमाण दिन्छ।”

डा. बिम्सन भन्छन्‌: “इस्राएलीहरू दासत्वमा परेको अनि त्यहाँबाट निस्केर आएको बाइबल विवरणलाई इतिहासले प्रमाणित गर्छ।”

a सेम नुहका तीन छोरामध्ये एक थिए। सेमका सन्तानमा सम्भवतः एलामी, अस्सेरियाली, सुरु-सुरुतिरका कल्दियाली, हिब्रू, सिरियाली अनि विभिन्‍न अरबी जाति पर्थे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने