बाइबलको अभिव्यक्ति
“आध्यात्मिक वरदान” प्रयोग गर्नुहोस्
हामी सबैलाई भाइबहिनीहरूसित समय बिताउन निकै मन पर्छ। तर एकअर्काबाट प्रोत्साहन पाउन सँगै समय बिताउनु मात्र पर्याप्त छैन। बाइबलमा एकअर्काको विश्वास बलियो बनाउन सक्ने हाम्रो क्षमतालाई “आध्यात्मिक वरदान” भनिएको छ। (रोमी १:११, १२) त्यसोभए हामी आफूसित भएको यो वरदान कसरी प्रयोग गर्न सक्छौँ?
आफ्नो बोलीद्वारा प्रोत्साहन दिनुहोस्। उदाहरणको लागि, हामी सभामा टिप्पणीहरू दिन सक्छौँ तर टिप्पणी दिँदा हामीले आफूमा नभई यहोवा, उहाँको वचन र उहाँका जनहरूतर्फ ध्यान खिच्नुपर्छ। भाइबहिनीहरूसित हुँदा हाम्रो कुराकानी एकअर्काको विश्वास बलियो बनाउने किसिमको हुनुपर्छ।
आफ्नो निर्णय र कामद्वारा प्रोत्साहन दिनुहोस्। उदाहरणको लागि, कसै-कसैले चुनौतीहरूको बाबजुद पूर्ण-समय सेवामा लागिरहने छनौट गरेका छन्। कोही-कोही भने कामको व्यस्तता वा स्वास्थ्य समस्याको बाबजुद मध्यहप्ताको सभामा समेत नियमित रूपमा उपस्थित हुन्छन्।
के तपाईँ आफ्नो बोली र कामद्वारा भाइबहिनीलाई प्रोत्साहन दिनुहुन्छ? अनि अरूले पनि तपाईँको खातिर यस्ता आध्यात्मिक वरदान प्रयोग गर्दा के तपाईँ त्यो याद गर्नुहुन्छ?