प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अप्रिल पृ. ३-४
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 अप्रिल पृ. ३-४

परिचालक निकायको पत्र

परिचालक निकायको पत्र

प्यारा सहकर्मीहरू,

यस ऐतिहासिक वर्षको सुरुमा तपाईंहरूलाई पत्र लेख्न पाउँदा हामी अति खुसी छौं! किनभने सन्‌ २०१४ को अन्ततिर हाम्रा प्यारा राजा येशू ख्रीष्टले आफ्ना शत्रुहरूको बीचमा शासन गर्न थाल्नुभएको १०० वर्ष पूरा हुनेछ।— भज. ११०:​१, २.

यस सेवा वर्षको सुरुमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको वार्षिक सभा आयोजना गरियो। उक्‍त सभामा नयाँ संसार बाइबल अनुवाद समितिले अङ्‌ग्रेजी भाषामा नयाँ संशोधित बाइबल विमोचन गऱ्‍यो। यो बाइबल अनुवाद अहिलेसम्मकै सबैभन्दा राम्रो अनुवाद हो। यहोवाले नयाँ संसार अनुवाद उपलब्ध गराउन आफ्नो पवित्र शक्‍तिले अभिषेक गर्नुभएका छोराहरू प्रयोग गर्नुभयो। (रोमी ८:​१५, १६) यही कुराले मात्र पनि यो नयाँ बाइबललाई विशेष बनाउँछ नि, होइन र?

परिचालक निकायको लेखन समितिले वर्षौंदेखि बाइबल अनुवाद गर्ने कामलाई सधैं पहिलो स्थान दिंदै आएको छ। आज नयाँ संसार अनुवाद पूरै वा आंशिक गरी १२१ भाषामा उपलब्ध छ। तपाईंहरूले आफ्नै भाषामा बाइबल पाउनुभएको छ। यसको लागि यहोवालाई मनैदेखि कृतज्ञता देखाउन हामी तपाईंहरूलाई प्रोत्साहन दिन्छौं। दिनदिनै बाइबल पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। यसरी तपाईं यसका लेखक यहोवा परमेश्‍वरसित अझै नजिक हुनुहुनेछ।— याकू. ४:⁠८.

हाम्रा मायालु भाइबहिनीले परीक्षाहरू भोगिरहेको कुरा सुन्दा मनै गह्रौं हुन्छ। हो, त्यस्तो बेला आफ्ना सँगी भाइबहिनीसित रमाइलो गर्न गाह्रो हुन्छ। उदाहरणको लागि एसि⁠या­को एउटा परिवारलाई विचार गर्नुहोस्‌। परिवारमा एक्कासि आमाको पूरै शरीर पक्षाघात हुँदा त्यस परिवारमाथि ठूलो बज्रपात आइपऱ्‍यो। डाक्टरहरूले पनि केही गर्न सकेनन्‌। अहिले तिनका श्रीमान्‌ले चौबीसै घण्टा तिनको स्याहार-सुसार गर्दै छन्‌। अनि तिनीहरूका एक छोरा र दुई छोरीले तिनीहरूलाई सक्दो सहयोग गरेर ख्रीष्टियनको रूपमा राम्रो उदाहरण बसाल्दै छन्‌। यस परिवारले जस्तै तपाईंहरूले पनि विभिन्‍न परीक्षाको सामना गर्दै हुनुहुन्छ। यसरी विश्‍वा⁠स­को जाँचमा सफल हुँदा तपाईंहरू पक्कै खुसी हुनुहुन्छ। (याकू. १:​२-⁠४) हामी अरू भेडा र अभिषिक्‍त ख्रीष्टियनहरू मिलेर हार नमानी परीक्षाहरू सहिरह्‍यौं भने आनन्दित हुनेछौं भनेर यहोवा हामीलाई आश्‍वासन दिनुहुन्छ। किनभने यसरी सहँदा हामीले अनन्त जीवनको आशिष्‌ पाउनेछौं!​— ⁠याकू. १:⁠१२.

स्मरणार्थ उत्सव परमेश्‍वरका सेवकहरूको लागि वर्षकै सबैभन्दा महत्त्वपूर्ण दिन हो। गत वर्ष यस उत्सवमा उपस्थित हुनेहरूको सङ्‌ख्या १,९२,४१,२५२ थियो। यति धेरै मानिसले यहोवा र येशू ख्रीष्टको सम्मान गरेको हेर्न पाउनु हाम्रो लागि कति प्रोत्साहनदायी कुरा! त्यस उत्सवको बेला यहोवाको प्रशंसा गर्नेहरूको आवाज चारैतिर गुन्जियो। किनभने मार्च र अप्रिलमा सहायक अग्रगामी सेवा गर्नेहरू लाखौं थिए। कस्तो मनै छुने कुरा! क्षेत्रीय निरीक्षकको भ्रमणमा सहायक अग्रगामी सेवा गर्नेहरू अग्रगामी सभामा पूरै बस्न पाउँछन्‌। भ्रमण मार्च वा अप्रिलमा पर्दैन भने पनि यो कुरा लागू हुन्छ। यो थाह पाउँदा तपाईं पक्कै खुसी हुनुभयो होला। परिपक्व ख्रीष्टियनले प्रचारकार्यमा र मण्डलीको गतिविधिमा जोसिलो भएर लागिरहनुको महत्त्व बुझेको हुन्छ। हामी यहोवाको सेवामा व्यस्त रह्‍यौं भने दियाबलले हाम्रो विश्‍वास कमजोर पार्न र हामीलाई यहोवाको मार्गबाट तर्काउन जति नै प्रयास गरे पनि हामी स्थिर र अटल रहन सक्नेछौं। — १ कोरि. १५:५८.

गत सेवा वर्षमा २,७७,३४४ जनाले बप्तिस्मा गरेको देख्न पाउनु कति स्फूर्तिदायी! अहिले तिनीहरू विश्‍वभरिका भाइबहिनीसित काँधमा काँध मिलाएर जीवनको बाटोमा हिंडिरहेका छन्‌। (मत्ती ७:​१३, १४) यी नयाँ व्यक्‍तिहरूलाई “विश्‍वासमा अटल हुँदै” जान हाम्रो मदतको खाँचो पर्छ। (कल. २:⁠७) अन्तसम्म सहन एकअर्कालाई प्रोत्साहन दिइरहौं। (मत्ती २४:१३) ‘जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा गरौं, जो कमजोर छन्‌, तिनीहरूलाई मदत गरौं अनि सबैसित धीरजी होऔं।’ (१ थिस्स. ५:१४) हामी प्रत्येकले यसो भनेर “निरन्तर प्रार्थना” गरिरहौं: “तपाईंको राज्य आओस्‌।”​—⁠१ थिस्स. ५:१७; मत्ती ६:⁠१०.

यहोवालाई प्रेम गर्ने तपाईं हरेकलाई हामी धेरै माया गर्छौं भनेर ढुक्क हुनुहोस्‌।

तपाईंका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने