प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ३७
  • मान्टा रेको फिल्टर प्रणाली

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मान्टा रेको फिल्टर प्रणाली
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको मिर्गौला—जीवन धान्‍ने चाल्नी
    ब्यूँझनुहोस्‌!—१९९७
  • कफीले तपाईंको कोलेस्ट्रोलको मात्रा बढाइरहेको त छैन?
    ब्यूँझनुहोस्‌!—२०००
  • स्वच्छ पानी
    ब्यूँझनुहोस्‌!—२०२३
सृष्टि या संयोग
ijwwd लेख ३७
मान्टा रे मुख उघारेर पौडिरहेको छ।

Todd Aki/Moment Open via Getty Images

सृष्टि या संयोग?

मान्टा रेको फिल्टर प्रणाली

मान्टा रे नाम गरेको माछाको आहारा समुद्रमा पाइने स-साना जीवहरू हुन्‌। पौडिँदै गर्दा त्यसको मुखभित्र पानीको बहाबसँगै ती जीवहरू पनि पस्छन्‌। त्यसको मुखभित्र भएको फिल्टरले ती जीवहरू र पानीलाई छुट्ट्याउँछ। कसरी? मान्टा रे पौडँदै गर्दा पानी त्यसको गिल्स भएर बाहिर निस्कन्छ। तर ती स-साना जीवहरू भने फिल्टरबाट बाहिर निस्कन सक्दैनन्‌। विज्ञानका पत्रकार एड योङका अनुसार मान्टा रेको यस्तो क्षमता “एकदमै अचम्मलाग्दो र अपत्यारिलो छ।”

विचार गर्नुहोस्‌: मान्टा रेको फिल्टर प्रणालीमा पाँच वटा धनु आकारको काइयो हुन्छ, जसको दुवैतिर दाँतीहरू हुन्छन्‌। ती दाँतीहरू कुनै-कुनै अगाडितिर फर्केका हुन्छन्‌ भने कुनैचाहिँ पछाडितिर फर्केका हुन्छन्‌। ती दाँतीहरूले पानीलाई छुट्ट्याउँछ। केही पानी दाँतीको माथिबाट बहन्छ भने केहीचाहिँ दाँतीको बीच-बीचबाट बहेर बाहिर निस्कन्छ। यस्तो प्रक्रियाले गर्दा पानीका भुमरीहरू पैदा हुन्छन्‌।

स-साना जीवहरू र अन्य खानेकुरा दाँतीहरूमा ठोक्किन्छन्‌ र तीव्र गतिमा बहिरहेको पानीसँगै माछाको घाँटीमा पुग्छन्‌ र त्यसले त्यो निल्छ। दाँतीको बीच-बीचबाट सजिलै बाहिर निस्किन सक्ने स-साना जीवहरू भुमरीहरूमा ठोक्किएर पानीको बहाबसँगै भित्र पस्छन्‌। मान्टा रेमा यस्तो फिल्टर प्रणाली नभएको भए त्यसको आहारा दाँतीको बीच-बीचबाट छिरेर फेरि बाहिर नै निस्किने थियो।

साथै मान्टा रेको यस्तो फिल्टर प्रणालीले गर्दा त्यो जति नै छिटो पौडिए तापनि वा पानीसँगै जति नै धेरै खानेकुरा मुखभित्र पसे तापनि खानेकुरा त्यसको फिल्टरमा अड्‌किएर बस्दैन र त्यो फिल्टर आफसेआफ सफा हुन्छ।

अनुसन्धानकर्ताहरूले मान्टा रेको फिल्टर प्रणालीको नक्कल गरेर फोहोर पानी सफा गर्ने र हानिकारक माइक्रोप्लास्टिक कणहरू छान्‍न सक्ने फिल्टर बनाउन प्रयास गर्दै छन्‌।

तपाईँलाई कस्तो लाग्छ? के मान्टा रेको फिल्टर प्रणाली क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने