प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt पृ. २५३४-२५३५
  • ख१ बाइबलको सन्देश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख१ बाइबलको सन्देश
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ई.पू. ४०२६ पछि
  • ई.पू. १९४३
  • ई.पू. १०७० पछि
  • इ.सं. २९
  • इ.सं. ३३
  • लगभग इ.सं. १९१४
  • भविष्य
  • हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • साँपको सन्तान कसरी पर्दाफास भयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख१ बाइबलको सन्देश

ख१

बाइबलको सन्देश

छापिएको संस्करण

यहोवा परमेश्‍वरसित शासन गर्ने अधिकार छ। उहाँको शासन गर्ने तरिका सबैभन्दा उत्तम छ। पृथ्वी र मानिसजातिको लागि उहाँको उद्देश्‍य पूरा हुनेछ।

अदनको बगैँचामा आदम र हव्वा; सर्प पनि नजिकै

ई.पू. ४०२६ पछि

“सर्प” अर्थात्‌ सैतानले यहोवाको शासन गर्ने अधिकार र उहाँको शासन गर्ने तरिकामाथि प्रश्‍न उठाउँछ। यहोवाले एक जना “सन्तान” आउनेछ, जसले पछि सर्पको शिर कुच्याउनेछ भनेर प्रतिज्ञा गर्नुहुन्छ। (उत्पत्ति ३:१-५, १५) तर त्यो समय नआउन्जेल यहोवाले मानिसजातिलाई सैतानको अधीनमा रहेर आफैले शासन गर्न दिनुहुन्छ।

अब्राहाम परमेश्‍वरको प्रतिज्ञा सुन्छन्‌

ई.पू. १९४३

यहोवाले अब्राहामलाई प्रतिज्ञा गरिएको “सन्तान” तिनकै वंशबाट आउनेछ भन्‍नुहुन्छ।—उत्पत्ति २२:१८.

राजा दाउद

ई.पू. १०७० पछि

यहोवाले दाउदलाई र पछि तिनका छोरा सुलेमानलाई प्रतिज्ञा गरिएको “सन्तान” तिनीहरूको घरानाबाट आउनेछ भनेर विश्‍वस्त पार्नुहुन्छ।—२ समुएल ७:१२, १६; १ राजा ९:३-५; यसैया ९:६, ७.

बप्तिस्माको बेला येसु

इ.सं. २९

यहोवाले येसु नै प्रतिज्ञा गरिएको “सन्तान” हुनुहुन्छ भनेर चिनाउनुहुन्छ, जो दाउदको सिंहासनको उत्तराधिकारी हुनुहुन्छ।—गलाती ३:१६; लुका १:३१-३३; ३:२१, २२.

मृत्युको बेला येसु

इ.सं. ३३

सर्प अर्थात्‌ सैतानले येसुलाई मार्न लगाएर प्रतिज्ञा गरिएका “सन्तान”-लाई केही हदसम्म हानि पुऱ्‍याउँछ। यहोवाले येसुलाई जीवित पार्नुभएर स्वर्गमा जीवन दिनुहुन्छ अनि उहाँको त्रुटिरहित जीवनको मोल स्वीकार गर्नुहुन्छ। यसरी येसुले आदमको सन्तानको लागि पापको क्षमा पाउने आधार तयार पार्नुहुन्छ र अनन्त जीवनको बाटो खोलिदिनुहुन्छ।—उत्पत्ति ३:१५; प्रेषित २:३२-३६; १ कोरिन्थी १५:२१, २२.

प्रकाशको किताबमा प्रतिज्ञा गरिएझैँ सर्प अर्थात्‌ सैतान पृथ्वीमा हुर्ऱ्याइँदै

लगभग इ.सं. १९१४

येसुले सर्प अर्थात्‌ सैतानलाई पृथ्वीमा हुर्ऱ्याइदिनुहुन्छ र थोरै समयको लागि त्यहीँ रहन बाध्य पार्नुहुन्छ।—प्रकाश १२:७-९, १२.

प्रकाशको किताबमा प्रतिज्ञा गरिएझैँ येसु आफ्नो स्वर्गीय सिँहासनबाट पृथ्वीमाथि शासन गर्दै

भविष्य

येसुले सैतानलाई १,००० वर्षसम्म कैद गरेर राख्नुहुन्छ। त्यसपछि उहाँले सैतानको शिर कुच्याउनुहुन्छ अर्थात्‌ त्यसलाई नाश गर्नुहुन्छ। पृथ्वी र मानिसजातिको लागि यहोवाको सुरुको उद्देश्‍य पूरा हुन्छ, उहाँको नाममा लागेको कलङ्‌क मेटिन्छ अनि उहाँको शासन गर्ने तरिका नै सबैभन्दा उत्तम छ भनेर साबित हुन्छ।—प्रकाश २०:१-३, १०; २१:३, ४. 

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने