प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 १०/८ पृ. २९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा “शैतानको” घटी
  • रिस र हृदयघात
  • कनट्याक्ट लेन्स लगाएर सुत्न मिल्दैन
  • प्रादर्शनी या स्वास्थ्य?
  • फुटबलको भक्‍त
  • युद्धले आफ्नो अनुहार फेरेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
  • खतरा कसरी कम गर्न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९४
g94 १०/८ पृ. २९

विश्‍वदर्शन

एउटा “शैतानको” घटी

एक टोकियो निवासी दम्पतीले आफ्नो नवजात शिशुको नाउँ अकुमे राखे, यसको अर्थ हो, “शैतान।” बाबु भन्छन्‌, “यो नाउँ यति प्राभावशाली छ, तपाईंले कहिले पनि त्यसलाई बिर्सनुहुन्‍ना।” “मेरो छोरो जवान भएपछि यो नाउँले गर्दा धेरै मानिसहरू भेट्‌ने अवसर पाउनेछ।” स्थानीय अधिकृतहरूले सुरुमा त्यो नाउँ दर्ता गर्न मन्जुरी गरे तापनि, यसले उपहास अनि भेदभाव निम्त्याउन सक्ने भएकोले पछि त्यसलाई अस्वीकार्य र आमाबाबुको अधिकारको दुरुपयोग भनी हटाइदिए। महिनौंसम्म अदालतमा बहस गरेपछि आमाबाबुले हार माने र कुनै बाधाविघ्नबिना जीवन बिताउन सकोस्‌ र बच्चाले आधिकारिक नाउँ पाओस्‌ भनेर आफ्नो छोराको अर्कै नाउँ दर्ता गर्न राजी भए। तथापि, घरमा यसले केही फरक पारेन, “हामी उसलाई अकुमे भनेर नै बोलाउछौं,” बाबु भन्छन्‌, अनि यही नाउँ सुनेर बालकले प्रातिक्रिया देखाउँछ। (g94 9/22)

रिस र हृदयघात

द न्यु योर्क टाइम्सको रिपोर्टअनुसार “हृदय रोग भएका मानिसहरू रिसाँउदा हृदयघात हुने खतरा दुई गुणा बढी हुन्छ र यो खतरा दुई घण्टासम्म रहन्छ।” पूर्व अध्ययनहरूले रिसको सम्बन्ध हृदय गतिमा वृद्धि हुनु, उच्च रक्‍तचाप र रक्‍तबाहिनी थुनिनुसँग छ भनी देखाएको भए तापनि, यो नयाँ अध्ययनले पहिलो पटक वैज्ञानिक प्रामाणसहित रिसले तुरून्तै हृदयघात हुन्छ भनी देखाएको छ। भावनात्मक द्वन्दहरूको सामना गर्नुपर्दा शान्त भएर बस्ने कोसिस गर्ने हो भने खतरा कम गर्न सकिन्छ भनी यस अध्ययनका मुख्य प्रावर्तक डा. मुरे मिटलम्यान भन्छन्‌। उक्‍त लेखअनुसार “हृदयघातबाट बच्न एस्प्रिन लिनेहरू रिसको विष्फोटक प्राभावबाट केही हदसम्म मात्र बच्न सक्छन्‌ भनेर पनि अनुसन्धानकर्त्ताहरू बताउँछन्‌।” सम्भवत: एस्प्रिनले प्लेट्‌लेट्‌सलाई रक्‍तबाहिनीमा जम्न वा थुन्‍ना नदिने भएकोले त्यसो भएको हुनसक्छ। यसैकारण रिसले प्लेट्‌लेट्‌सलाई प्राभाव पार्नसक्छ भनी डा. मिटलम्यान भन्छन्‌। (g94 9/22)

कनट्याक्ट लेन्स लगाएर सुत्न मिल्दैन

हालैको अध्ययनअनुसार सुत्दा नियमित रूपमा कनट्याक्ट लेन्स लगाउने मानिसहरूको आँखामा सङ्‌क्रामण हुने सम्भावना कनट्याक्ट लेन्स नलगाउनेहरूमा भन्दा आठ गुणा बढी हुन्छ। इन्टरनेशनल हेराल्ड ट्रिब्युनको रिपोर्टअनुसार जत्तिसुकै होसियारीपूर्वक लेन्स सफा गरे पनि रातभरि लेन्स लाउँदा हुने अत्यधिक खतराबाट बच्न सकिंदैन भनेर अनुसन्धानकर्त्ताहरूले पत्ता लगाएका छन्‌। जस्तो सुकै होस्‌ रातभरि लेन्स लगाउँदा आँखाको बाहिरी आवरण कर्निया कीटाणुद्वारा सङ्‌क्रमित हुन्छ। सुत्नअगाडि कनट्याक्ट लेन्स निकाल्दा कर्निया सुन्‍निने सम्भावना ७४ प्रातिशत कम हुन्छ। (g94 9/22)

प्रादर्शनी या स्वास्थ्य?

“साधारणतया, पेशेवर खेलहरू स्वास्थ्यको उन्‍नातिको लागि विरलै खेलिन्छ। त्यस्ता खेलहरू खेलाडीहरूको खेल प्रादर्शन उन्‍नाति गर्न खेलिन्छ,” द भेजाले हाडजोर्नी विशेषज्ञ डा. भिक्टर मातसुडोलाई उद्धरण गर्दै उक्‍त कुरा उल्लेख गरे। “आफ्नो स्वास्थ्य सुधार गर्नको लागि खेलाडी बन्‍नु जरूरी छैन।” यद्यपि, डा. मातसुडो यसो भन्छन्‌, “ज्यादै अचाक्ली व्यायाम गर्नाले साधारण मानिसभन्दा छिटो मृत्यु हुने सम्भावना हुन्छ।” उहाँ अझ भन्‍नुहुन्छ: “धेरै मानिसहरूको सोचाइमा अझै पनि ठीकसँग व्यायाम गर्ने हो भने त्यो कठिन, पसिना आउने र कष्टप्राद हुनुपर्छ।” तर यो साँचो होइन। सही व्यायाम हलुका हुनुपर्छ, कुनै पीडा, असुविधा अथवा मांशपेशी बाउँडिने हुनु हुँदैन। . . . व्यायाम नगर्ने तर राम्रो सुस्वास्थ्य चाहने कुनै पनि व्यक्‍तिलाई सबैभन्दा पहिले हिंड्‌ने सुझाव दिइन्छ।” व्यायाम नगर्ने मानिसमा भन्दा हप्तामा दुई वा तीन पटक आधा घण्टा हिंड्‌ने मानिसमा १५ प्रातिशतले मृत्यु हुन सक्ने सम्भावना कम हुन्छ। डा. मातसुडोले समतल जमीनमा र सास फेर्ने र अरूसगँ कुरा गर्न सजिलो हुने रफ्तारमा हिंड्‌ने सुझाव दिन्छन्‌। (g94 9/22)

फुटबलको भक्‍त

बेलाइतका केही फुटबल सोखिनहरूले अचाक्ली भक्‍ति देखाएका छन्‌: तिनीहरूले आफ्नो मृत्युपश्‍चात्‌ आफ्नो लाशको खरानी तिनीहरूलाई मनपर्ने फुटबल टोलीको खेल मैदानमा छर्किदिने आग्रह गरेका छन्‌। एउटा लोकप्रिय टोलीले हरेक वर्ष २५ वटासम्म यस्ता आग्रहहरू पाउने गर्छ। यो चलन यति विस्तृत भएको छ, इङ्‌गलिश फुटबल एसोसिएसनले त्यस्ता मानव अवशेषलाई कसरी थुपार्ने भनी फुटबल क्लबहरूलाई एउटा चेतावनी दिनुपरेको छ। द मेडिकल पोस्टअनुसार उक्‍त एसोसिएसनले दिएको सुझावमा निम्न कुरा पनि समाविष्ट छ: “खरानीको रासले घाँस मर्न सक्ने भएकोले सबै खरानी छर्कनु आवश्‍यक छैन। अलिकता मात्र छर्के पुग्छ। . . . चारैतिर हल्कासँग समान रूपले छर्कन कुचो लाउनु पर्छ।” (g94 10/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने