मेरो बुबा “आणविक बम विस्फोटद्वारा जेलमुक्त हुनुभएको थियो”
अगस्त ६, १९४५ का दिन बिहान ८:१५ बजे जापानको हिरोशिमामा आणविक बम विस्फोट भयो। फलतः त्यस शहर तहसनहस हुनुको साथै हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाए। मेरो बुबाले सम्राटको उपासना गर्न र जापानको सैन्यवादलाई समर्थन गर्न इन्कार गर्नुभएको थियो। अतः त्यसबेला उहाँ हिरोशिमाको जेलमा कैद हुनुहुन्थ्यो।
त्यस स्मरणीय बिहान घटेको घटनाबारे मेरो बुबाले बारम्बार बताउनुहुन्थ्यो। उहाँ यसो भन्नुहुन्थ्यो: “मेरो जेलको छानामा अचानक बिजुली चम्क्यो। त्यसपछि पूरै हिमाल एक्कासि खसेजस्तो डरलाग्दो चर्को आवाज मैले सुनें। तुरुन्तै जेलमा पूरै बाक्लो अँध्यारो छायो। कालो ग्याँस देखेर मैले आफ्नो टाउको ओछ्यानमुनि लुकाएँ।
“सात आठ मिनेटपछि आफ्नो टाउको उठाएर हेर्दा ‘ग्याँस’ हराइसकेको रहेछ। चारैतिर फेरि उज्यालो छायो। दराजबाट खसेको सामान र एक डङ्गुर धूलोले गर्दा पूरै कोठा अस्तव्यस्त देखिन्थ्यो। तर जेलको अग्लो पर्खालले गर्दा जेललाई बाहिरबाट आगोले छोएन।
“मैले पछाडिको झ्यालबाट हेरें र म एकदम झस्कें! जेलको कारखाना र काठका घरहरू त जम्मै भत्केर भुइँमा तेर्सिरहेको रहेछ। त्यसपछि मैले अगाडिको सानो झ्यालबाट हेरें। मेरो अगाडिपट्टिको घर त धूलोपीठो भएको रहेछ। बाँच्ने कैदीहरू मदतका लागि कराइरहेका थिए। चारैतिर डर र आतङ्क फैलिएको थियो—मानिसहरू एकदम अलपत्र र त्रसित थिए!”
म केटाकेटी छँदा मेरो बुबाले “आणविक बम विस्फोटद्वारा म जेलमुक्त भएँ” भनेर सुनाउनु हुने कथा मलाई निकै रोमाञ्चकारी लाग्थ्यो। अन्यायपूर्वक जेलमा बन्द गरिदिएकोले उहाँ कुनै दोषी भावनाबिना आफ्नो जीवन कथा सुनाउनुहुन्थ्यो। मेरो बुबामाथि लगाइएको आरोप र जेलमा छँदा उहाँमाथि गरिएको दुर्व्यवहारबारे कुरा गर्नुभन्दाअघि आउनुहोस्, मेरो आमाबुबा कसरी त्यतिबेला जापानमा टोडाईशा भनेर चिनिने वाच टावर सोसाइटीसित सङ्गत गर्नपुग्नु भयो, म त्यो बताउन चाहन्छु।
उद्देश्यको खोजी
मेरो बुबा पुस्तक प्रोमी हुनुहुन्थ्यो र सानै उमेरदेखि उहाँले पढेर आफ्नो जीवन उकास्ने कोशिश गर्नुभएको थियो। निम्न माध्यामिक स्कूलमा पाँच कक्षामा हुनुहुँदा, उहाँ इशिनोमोरीस्थित आफ्नो घरबाट भागेर जापानको उत्तरपूर्वी भागमा जानु भएछ। दुई चोटि जापानका प्राधानमन्त्री हुन सफल भएका प्राधानमन्त्री शिगेनोबू ओकूमाको घरमा काम गर्ने केटा बन्छु भनेर उहाँ टोकियो पस्नु भएको थियो। र त्यतिखेर उहाँसित एकतर्फी टिकट किन्ना पुग्ने जत्ति पैसा थियो। तर काम खोज्न गाउँको झुत्रेझाम्रे ठिटो श्री ओकूमाको निवासस्थानमा पुग्दा उहाँको निवेदन अस्वीकृत भयो। पछि बुबाले दूध बेच्ने ठाउँमा काम र बास दुवै पाउनु भएछ।
किशोर छँदै बुबाले राजनीतिज्ञ तथा विद्वान्हरूका भाषणहरू सुन्ना थाल्नुभयो। यस्तै एउटा भाषणमा बाइबल अत्यन्त महत्त्वपूर्ण पुस्तक हो भनी उल्लेख गरिएको उहाँले सुन्नु भएछ। त्यसकारण उहाँले प्रातिसङ्केत र बाइबलको मानचित्र भएको बाइबल प्राप्त गर्नुभयो। पढ्नु भएको कुराले उहाँ अति प्राभावित हुनुभयो र सम्पूर्ण मानवजातिको भलाइ हुने काम गर्न खोज्नुभयो।
अन्ततः बुबा घर फर्किनु भयो र २४ वर्षको हुनुहुँदा अप्रिल १९३१ का दिन १७ वर्षिया हागीनोसित वैवाहिक सूत्रमा बाँधिनु भयो। विवाहको केही समयपश्चात् एक नातेदारले उहाँलाई टोडाईशाद्वारा प्राकाशित साहित्य पठाउनु भयो। आफूले पढेका कुराबाट प्राभावित हुँदै बुबाले टोकियोस्थित टोडाईशालाई पत्र लेख्नुभयो। जून १९३१ मा सेन्डाईबाट मात्स्यू ईशी नाम गरेकी पूर्ण-समय सेवक उहाँलाई भेट्न इशिनोमोरी आइन्।a बुबाले उनीबाट लिनुभएका किताबहरूको चाङ्गमा द हार्प अफ गड, क्रिएशन र गभर्नमेन्ट पुस्तकहरू समावेश थिए।
जीवनको उद्देश्य भेट्टाउनु
अमर आत्मा, अनन्तसम्म नरकको आगोमा दुष्ट जलिरहनु, त्रिएक सृष्टिकर्त्ताजस्ता विभिन्ना चर्चहरूमा सिकाइने शिक्षाहरू झूटा रहेछन् भनी बुबाले तुरुन्तै थाहा पाउनु भयो। (उपदेशक ९:५, १०; इजकिएल १८:४; यूहन्ना १४:२८) यस संसारको अन्त हुनेछ भनेर पनि उहाँले थाहा पाउनु भयो। (१ यूहन्ना २:१७) उहाँलाई भेट्ने टोडाईशाका नियुक्त प्रातिनिधिलाई आफूले के गर्नुपर्ने हो, त्यो जान्ना अगस्त १९३१ मा उहाँले सम्पर्क गर्नुभएछ। फलस्वरूप, बुबाले बप्तिस्मा लिनुभयो र यहोवाको पूर्ण-समय सेवक हुने निर्णय गर्नुभयो।
लामो छलफलपछि बाइबलबाट सिकिरहेको कुरा सत्य हो भनी आमा पनि विश्वास्त हुनुभयो। यहोवामा आफ्नो जीवन समर्पण गरेपछि अक्टोबर १९३१ मा उहाँले बप्तिस्मा लिनुभयो। मेरो बुबाले आफ्ना सबै सम्पत्ति लिलाम गर्नुहुँदा नातेदारहरूले उहाँ बौलाउनु भयो भन्ठाने।
पूर्ण-समय सेवकको रूपमा जीवन
लिलामबाट प्राप्त सम्पूर्ण रकम बुबाले उहाँकी आमालाई दिनुभयो र नोभेम्बर १९३१ मा मेरी आमालाई लिएर उहाँ टोकियो जानुभयो। अरूसमक्ष राज्यको सुसमाचार प्रास्तुत गर्ने निर्देशनहरू नपाए तापनि त्यहाँ पुग्नु भएको दिनदेखि नै उहाँहरूले प्राचार गर्न थाल्नुभयो।—मत्ती २४:१४.
जीवन धान्नु उहाँहरूलाई सजिलो भएन। विशेषगरि १७ वर्ष मात्र पुगेकी मेरी आमालाई निकै गाह्रो भयो। दिनहुँ घर–घर गएर बिहान ९:०० बजेदेखि साँझ ४:०० सम्म बाइबल साहित्यहरू बाँड्नुबाहेक त्यहाँ सह-साक्षीहरू, सभाहरू र मण्डली केही थिएन।
टोकियोको सट्टा कोबीमा प्राचार गर्न १९३३ मा उहाँहरू खटाइनु भयो। फेब्रुअरी ९, १९३४ का दिन म त्यहीं जन्मिएँ। म जन्मिनु एक महिना अघिसम्म पनि मेरी आमाले सेवकाईमा जोशिलो भएर काम गरिरहनुभएको थियो। त्यसपछि मेरा आमाबुबाहरू बस्नु भएको प्रात्येक ठाउँहरू अर्थात् यामागुची, युबे, क्युरेमा वर्षदिन जति प्राचार गरेर अन्तमा हिरोशिमामा सर्नुभयो।
मेरा आमाबुबा पक्राउमा पर्नुहुन्छ
जापानी सैन्यवाद बढ्दै जाँदा वाच टावर सोसाइटीका प्राकाशनहरूमाथि प्रातिबन्ध लगाइयो र साक्षीहरूलाई गुप्त प्राहरीले कडा निगरानीमा राख्न थाले। अनि जून २१, १९३९ मा जापानभरि छरिएका यहोवाका पूर्ण-समय सेवकहरू पक्राउमा परे। समातिएकाहरूमध्ये मेरो आमाबुबाहरू पनि हुनुहुन्थ्यो। म इशिनोमोरीमा मेरी हजुरआमाको जिम्मामा छोडिएँ। थुनिएको आठ महिनापछि मेरी आमा मुक्त हुनुभयो तर अधिकारीहरूले उहाँको हरेक गतिविधिलाई निगरानीमा राखेका थिए। अन्ततः १९४२, सेन्डाईमा हाम्रो भेट भयो।
त्यसैबीच अन्य साक्षीहरूका साथै बुबालाई हिरोशिमा प्राहरी थानामा गुप्त प्राहरीहरूले केरकार गर्न थालेका थिए। सम्राटको उपासना गर्न अस्वीकार गरेको र जापानी सैन्यवादलाई समर्थन नगरेकोले साक्षीहरू बेस्सरी पिटिए। जाँचबुझकर्त्ताहरूले बुबालाई यहोवाको उपासनाबाट तर्काउन सकेनन्।
थुनामा परेको दुई वर्षभन्दा बढी समय बितेपछि बुबामाथि मुद्दा चलाइयो। मुद्दाको दौडान न्यायाधीशले उहाँलाई सोधे: “मिउरे, महाराजाधिराज सम्राटबारे तिम्रो के धारणा छ?”
“महाराजाधिराज सम्राट पनि आदमकै सन्तान र नश्वार, अशिद्ध मानिस हुनुहुन्छ,” बुबाले जवाफ दिनुभयो। यो सुनेर अदालतका रिपोर्टर यति छक्क परे कि तिनले त्यो वाक्य टिप्नै बिर्से। किनकि त्यस ताका अधिकांश जापानीहरू सम्राटलाई भगवानको रूपमा मान्थे। बुबालाई पाँच वर्षको जेल सजायँ सुनाइयो र आफ्नो विश्वास नत्यागेसम्म जीवनपर्यन्त जेलमा रहनु पर्नेछ भनी न्यायाधीशले भने।
चाँडै डिसेम्बर १९४१ मा जापानले पर्ल हार्वर, हवाइ संयुक्त राज्यमा आक्रमण गऱ्यो। जेलको खाद्यान्ना अपर्याप्त थियो र अपर्याप्त लुगाको कारण जाडो याममा बुबाले अनगिन्ती चिसा रातहरू जाग्राम बिताउनु भयो। सम्पूर्ण आध्यात्मिक सङ्गतिबाट अल्लगिनु भए तापनि झ्यालखानाको पुस्तकालयमा उहाँले बाइबल भेट्टाउनु भयो। र त्यसलाई बारम्बार पढेर उहाँले आफ्नो आधात्मिकता कायम राख्नु भयो।
बम खस्दा
अगस्त ६, १९४५, बिहान सबेरै एक कैदीले बुबासित पुस्तक साट्न खोज्यो। यसो गर्नु प्रातिबन्धित थियो। तर त्यस कैदीले आफ्नो पुस्तक थाहै नपाउने गरी बुबाको कोठातिर घुसाई दिइसकेकोले बुबाले आफ्नो पुस्तक त्यस कैदीको कोठातिर घुसाई दिनुभयो। साबिकबमोजिमको आफ्नो तालिकालाई उहाँले पछ्याउन सक्नु भएको थिएन। र त्यस बिहानी पढिरहनु भएकै बेला बम खसेको थियो। अक्सर त्यसबेला बुबा शौचालय जाने गर्नु हुन्थ्यो। विस्फोटपश्चात् शौचालय पूर्णतया भत्केको बुबाले देख्नु भयो।
त्यसपछि बुबा नजिकैको एवाक्युने जेलमा सारिनु भयो। त्यसको केही समयपश्चात् जापानले मिश्रित सेनासमक्ष आत्म-समर्पण गऱ्यो र उहाँ युद्धपछिको भद्रगोलमा छाडिनुभएको थियो। उहाँ डिसेम्बर १९४५, इशिनोमोरीमा घर फर्किनु भयो। उहाँको स्वास्थ्य ज्यादै नाजुक भइसकेको थियो। अठतीस वर्षको मात्रै भएपनि उहाँ वृद्ध देखिनु हुन्थ्यो। सुरुमा त उहाँ मेरै बुबा हुनुहुन्थ्यो भनेर मैले पत्याउन सकिनँ।
उहाँको विश्वास अझै बलियो थियो
जापान ज्यादै भद्रगोल अवस्थामा थियो र एक मुष्ठ साक्षीहरू कता छरप्राष्ट भए हामीले थाहै पाउन सकेनौं। नता हामीले यहोवाका साक्षीहरूका प्राकाशनहरू नै हात पार्न सक्यौं। यद्यपि, बुबाले मलाई यहोवाको राज्य, नयाँ संसार र आरमागेडोनको निकटताका सच्चाइबारे सोझै बाइबलबाट सिकाउनु भयो।—भजनसंग्रह ३७:९-११, २९; यशैया ९:६, ७; ११:६-९; ६५:१७, २१-२४; दानियल २:४४; मत्ती ६:९, १०.
पछि माध्यामिक स्कूलमा विकाशवादी सिद्धान्तबारे पढ्दा परमेश्वारको अस्तित्वमाथि शङ्का गर्न थालेको देखेर बुबाले परमेश्वारको अस्तित्वबारे मलाई विश्वास दिलाउन खोज्नु भएको थियो। मैले विश्वास गर्न हिच- किचाउँदा अन्तमा उहाँले यसो भन्नु भयो: “युद्धलाई समर्थन गरेर संसारका अधिकांश मानिसहरू रक्तदोषी भएका छन्। तर बाइबलको सच्चाइलाई मैले त्यागिनँ र सैन्यवाद, सम्राटको उपासना वा युद्ध कसैलाई समर्थन पनि गरिनँ। त्यसकारण तिमी हिंड्नु पर्ने जीवनको सही मार्ग के हो होशियारीपूर्वक आफै विचार गर।”
मेरो बुबाले सिकाउनु भएका कुराहरू र जुन कुराको लागि उहाँ बाँच्नु भयो, ती थाहा पाएर त्यसलाई मैले स्कूलमा सिकिरहेका कुराहरूसित तुलना गरेर हेर्दा विकासवादी सिद्धान्त विचार गर्न लायकको होइन भनेर मैले प्राष्टै देखें। कुनै विकासवादीले आफ्नो विश्वासको लागि आफ्नो ज्यान दाऊमा लगाएको थिएन तर मेरो बुबा आफ्नो विश्वासको लागि ज्यान दिन तयार हुनुहुन्थ्यो।
मार्च १९५१ को एक दिने युद्ध रोकिएको पाँच वर्ष बितिसकेपछिको कुरा हो, आशाही समाचारपत्र पढ्दा पढ्दै एक्कासि बुबा यसो भनेर चिच्याउनु भयो: “लौ, तिनीहरू आइपुगे, आइपुगे!” उहाँले मलाई समाचारपत्र देखाउनु भयो। यहोवाका साक्षीहरूका पाँच मिसनरीहरू भर्खरै ओसाका आइपुगेको खबर त्यसमा छापिएको थियो। हर्षले विभोर हुँदै बुबाले समाचारपत्रका मानिसहरूलाई सम्पर्क गर्नुभयो र टोकियोमा यहोवाका साक्षीहरूले शाखा कार्यालय खडा गरिसकेको जानकारी पाउनुभयो। ठेगाना प्राप्त गरेर उहाँ शाखा कार्यालय जानुभयो र यसरी उहाँले यहोवाको सङ्गठनसित पुनःसम्पर्क स्थापना गर्न सक्नु भयो।
अन्तसम्मै विश्वासी
सन् १९५२ मा हाम्रो परिवार सेन्डाईमा सऱ्यो। वाच टावर सोसाइटीका मिशनरीहरू डोनाल्ड तथा माबेल हास्लेट पनि त्यही वर्ष त्यहाँ सरे र वाचटावर अध्ययन सञ्चालन गर्न एउटा घर बाहालमा लिए। पहिलो सभामा चार जना—हास्लेटहरू, मेरो बुबा र मेरो मात्र उपस्थिति थियो। पछि शीनीची तथा मासाको टोहारा, अडालाइन नाको र लिल्येन सामसन पनि मिसनरीहरू भएर सेन्डाईमा हास्लेटहरू कहाँ आए।
यी मिसनरीहरूसितको सङ्गतिले गर्दा हाम्रो परिवारले परमेश्वारको वचन र सङ्गठनको ज्ञानमा प्रागति गर्दै गए। युद्धको दौडान घटेका कुराहरूले गर्दा मेरी आमाको विश्वास ढलपल हुन गएको थियो। तर चाँडै उहाँले पनि हामीसित सभा धाउन र क्षेत्र सेवकाईमा भाग लिन थाल्नु भयो। यहोवा परमेश्वारको सेवा गर्न मैले आफ्नो जीवन समर्पण गरें र अप्रिल १८, १९५३ का दिन बप्तिस्मा लिएँ।
युद्धपछि बुबाले बीमा कम्पनीमा विक्रेताको काम गर्न थाल्नु भएको थियो। झ्यालखानामा बिताएका दिनहरूले गर्दा उहाँको एउटा मृगौला काम नलाग्ने र रक्तचाप बढेको भए तापनि अग्रगामीको हैसियतमा पूर्ण-समय सेवा गर्ने तीव्र इच्छा उहाँभित्र थियो। मैले बप्तिस्मा लिएकै बेला उहाँले आफ्नो इच्छा पूरा गर्नु भयो। तर स्वास्थ्यको कारण उहाँले लामो समयसम्म अग्रगामी गर्न सक्नु भएन। तर सेवकाईप्राति उहाँले देखाउनु भएको जोशको कारण मैले विश्वाविद्यालयको पढाइ छोडिदिएँ र पूर्ण-समय सेवकाईलाई आफ्नो पेशा बनाएँ।
नागोयाका एक भद्र जवान ईसामु स्युगीयुर मेरो अग्रगामी सहयोगीको रूपमा नियुक्त भए। मे १, १९५५ का दिन बेप्पू, क्युशू टापूबाट हामीले आफ्नो पूर्ण-समय सेवा आरम्भ गऱ्यौं। त्यसबेला टापूभरि मुठीभर साक्षीहरू थिए। उनान्चालीस वर्षपछि हाल त्यस टापूमा आध्यात्मिक तवरले फस्टाउँदै गरेका १५ वटा क्षेत्रहरूमा १८,००० साक्षीहरू छन्। अहिले जापानमा लगभग २,००,००० साक्षीहरू छन्।
सन् १९५६ को बसन्त ऋतुमा ईसामु र मैले संयुक्त राज्यस्थित वाच टावर बाइबल स्कूल अफ गिलियडमा भाग लिने निम्तो पायौं। हामी हर्षविभोर भयौं। तथापि, यात्रा गर्न स्वास्थ्य परीक्षण गर्दा मलाई क्षयरोग लागेको डाक्टरहरूले पत्ता लगाए। निरूत्साहित भएर म सेन्डाई फर्कें।
त्यसबेलासम्म बुबाको स्वास्थ्य पनि निकै बिग्रिसकेको थियो र उहाँ ओछ्यानमा पल्टेर घरै बस्नुहुन्थ्यो। टाटामी ओछ्याइएको एउटा कोठा भएको हाम्रो भाँडाको घर १०० वर्ग फुटको थियो। बुबा र म कोल्टो परेर सुत्थ्यौं। बुबाले काम गर्न नसक्नु भएकोले हाम्रो भौतिक आवश्यकताहरू पूरा गर्न आमालाई धौ-धौ परेको थियो।
जनवरी १९५७ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष फ्रेडरिक डबल्यू. फ्रान्ज जापान भ्रमणमा आएका थिए। त्यसैले क्योटोमा विशेष सम्मेलनको आयोजना गरियो। बुबाले मेरी आमालाई त्यहाँ उपस्थित हुन जोड दिन थाल्नु भयो। आमा हामीलाई बिरामी अवस्थामा छोडेर जान चाहनु हुन्नाथियो तर बुबाको कुरा मानेर सम्मेलन धाउनु भयो।
दिन प्राति दिन बुबाको अवस्था झन् झन् नाजुक हुँदै जान थाल्यो। हामी कहिले यता त कहिले उता कोल्टो पर्दै पल्टिरहेका थियौं। जीवन कसरी धान्नो होला भन्नो चिन्ताले मलाई खान थाल्यो र उहाँसमक्ष आफ्नो चिन्ता पोखें। यसको जवाफमा उहाँले यसो भन्नुभयो: “ज्यान खतरामा पारेर हामीले यहोवाको सेवा गरेका छौं। उहाँ सर्वशक्तिमान परमेश्वार हुनुहुन्छ। किन पीर गर्छौ?” अत्यन्त कोमल भएर उहाँले मलाई यसरी सम्झाउनु भयो: “आफूभित्र बलियो विश्वास खेती गर।”
मार्च २४, १९५७ का दिन शान्तिपूर्वक बुबाले अन्तिम सास फेर्नुभयो। अन्त्येष्टिपछि म उहाँले काम गर्नुभएको बीमा कम्पनीमा कामकुरा मिलाउन गएँ। फर्कन लाग्दा शाखा प्राबन्धकले मेरो हातमा कागजको थैली थमाइ दिएर यसो भने: “यो तिम्रो बुबाको हो।”
घर पुगेर हेर्दा त त्यसभित्र निकै रकम भेट्टाएँ। त्यसबारे प्राबन्धकलाई सोध्दा ती रकम बुबालाई थाहै नदिइ प्रात्येक महिना उहाँको तलबबाट काटेर सञ्चय गरिएको थियो भनी तिनले मलाई बुझाए। यसरी बुबाले भन्नुभएका ती शब्दहरू “हामीलाई चाहिएको कुरा यहोवाले पुऱ्याइहाल्नु हुन्छ” पूरा भए। यसले यहोवाको सुरक्षात्मक हेरचाहप्राति मेरो विश्वासलाई अझ सुदृढ बनायो।
अनवरत सेवाका दशकहरू
त्यस रकमले घर मर्मत गर्न सम्भव भयो। वर्षदिन पछि सन् १९५८ मा म र मेरी आमा विशेष अग्रगामी सेवामा नियुक्त भयौं। पछि जापानमा मैले परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गरें र १९६१ मा ब्रू
कलिन, न्यु योर्कस्थित गिलियड स्कूलमा दश-महिने तालिम प्राप्त गर्ने सुअवसर प्राप्त गरें।
जापान फर्केपछि परिभ्रमण निरीक्षकको हैसियतमा फेरि सेवा थालें। अनि १९६३ मा यहोवाका साक्षीहरूको टोकियोस्थित शाखा कार्यालयमा कार्यरत यास्युको हाबासित विवाह गरें। सन् १९६५ मा टोकियोस्थित शाखा कार्यालयमा सेवा गर्ने निम्तो पाउँञ्जेल उनले मलाई परिभ्रमण काममा सघाइन्। त्यसबेलादेखि पहिले टोकियोस्थित शाखा कार्यालयमा, त्यसपछि न्युमाज्यू र अहिले एबिनासम्म हामीले साथसाथै सेवा गर्दै आएका छौं।
सन् १९६५ सम्म सेवा आमाले पूर्ण-समय सेवा गर्नुभयो। त्यस उप्रान्त उहाँले धेरै मानिसहरूलाई बाइबलका सच्चाई ग्रहण गर्न सक्रिय रूपले मदत गर्दै आउनु भएको छ। अहिले ७९ वर्ष पुगिसक्नु भए तापनि तुलनात्मक हिसाबले तन्दुरुस्तै हुनुहुन्छ। उहाँ नजिकै बस्नु हुन्छ र एबिना शाखा कार्यालयबाट नजिकै पर्ने मण्डलीमा उपस्थित हुनुहुन्छ जहाँ हामी पनि उपस्थित हुन्छौं।
हिरोशिमामा भएको आणविक बम विस्फोटनबाट मेरो बुबा सकुशल बाँच्नु भएकोले हामी साँच्चै नै यहोवा परमेश्वारलाई धन्यवाद दिन्छौं। मेरो बुबा आफ्नो विश्वासमा कायम रहनुभयो। आरमागेडोन पार गर्ने उत्कट इच्छा उहाँमा थियो। नयाँ संसारमा उहाँलाई स्वागत गरेपछि आरमागेडोनलाई हामीले कसरी पार गऱ्यौं, उहाँलाई बताउन म इच्छुक छु।—(प्राकाश १६:१४, १६; २१:३, ४)—ट्युस्ट्युमो मिउरेको वृतान्तमा आधारित. (g94 10/8)
[फुटनोट]
a मात्स्यू ईशीको जीवनीका लागि कृपया द वाचटावर मे १, १९८८, पृष्ठ २१-५ हेर्नुहोस्।
[पृष्ठ १२-मा भएको चित्र]
काट्स्युओ तथा हाजिनो मिउरे, छोरो ट्युस्ट्युमोसित
[पृष्ठ १६-मा भएको चित्र]
जापान शाखा कार्यालयमा कार्यरत ट्युस्ट्युमो मिउरे