लाल समुद्र मुनि लुकेका चमत्कारहरू
सौन्दर्य सतही हुन्छ भनेर मानिसहरू भन्छन्। तर वास्तवमा सौन्दर्य सतहमुनि हुन्छ र यो कुरा मानिसहरूमा पनि लागू हुन्छ। लाल समुद्रको सम्बन्धमा पनि यो कुरा सही भएको मैले पाएँ। सौभाग्यशाली गोताखोरले त्यसको गर्भमा अविश्वासनीय सौन्दर्य भेट्टाउन सक्छ। तर उजाड समुद्री किनारालाई हेर्दा त्यसको केही सुइँको पाइँदैन।
अद्भुत कोरल चट्टानको यात्राका लागि विश्वामै नाउँ चलेको सबैभन्दा चाखलाग्दो ठाउँ लाल समुद्र हो। अतः लाल समुद्रको यो ख्याती साँचो हो वा होइन भनी जाँच्न म उत्सुक थिएँ।
आफ्नै आँखाले सतहमुनिको संसार देखेपछि त्यसलाई अझ गहिरिएर हेर्ने इच्छा मभित्र जाग्यो। लाल समुद्रको जीवजन्तुसम्बन्धी विशेषज्ञ, सामुद्रिक जीवशास्त्री एरोन मिरसले मेरा प्राश्नहरूको जवाफ दिए।
लाल समुद्र किन जीवजन्तुहरूले भरिभराउ छ?
“लाल समुद्र हेर्दा ठूलो शिशीको टुटी जस्तै लाग्छ र त्यसले त्यस्तै काम पनि गर्छ। हिन्द महासागरको थुप्रौ माछाहरूलाई यसले आफूभित्र जम्मा गर्छ। यसबाहेक लाल समुद्रमा असामान्य मात्रामा कोरलहरू पनि छन्। कोरल चट्टानमा हेर्नु भयो भने तपाईंले एक वर्ग मिटर भित्र २० भन्दा बढी प्राकारका कोरलहरू भेट्टाउन सक्नुहुन्छ। सुहाउँदो तापक्रम र त्यो पनि वर्षमा केही डिग्री सेल्सियस मात्र उतार चढाव हुने हुँदा कोरलको यस्तो असामान्य वृद्धि भएको हो। यसबाहेक त्यस क्षेत्र वरपर कम पानी पर्ने भएकोले ज्यादै कम फोहर समुद्रमा थुप्रिन्छ। फलतः समुद्र त्यति प्रादूषित हुन पाउँदैन। यद्यपि, मलाई दुःख लाग्छ गत १५ वर्षभित्रमा अवस्था नराम्रो भएको छ।”
यस सामुद्रिक सम्पदालाई सुरक्षित राख्ने सम्बन्धमा के कस्ता समस्याहरूको सामना गर्नु परेको छ?
“जीवजन्तुको प्राकृतिक वासस्थान तुलनात्मक रूपमा त्यति बिग्रेको छैन भने, प्रादूषण ठूलो समस्या हुन सक्छ। लाल समुद्र तीन वटा मुख्य स्रोतहरूबाट सङ्क्रमित हुन्छ: फोस्फेट, मत्स्य पालन र तटवर्ती शहरहरूबाट आएको ढल निकासी। गोताखोरी क्षेत्रहरूको लोकप्रियताले पनि समस्याहरू खडा गर्नसक्छ। लापरवाही गोताखोरहरूले कमजोर कोरल चट्टानलाई हानि पुऱ्याउन सक्छन्।”
तपाईंले लाल समुद्रको कोरल चट्टान अध्ययन गर्नुभएको निकै भइसक्यो। तपाईंले सिक्नु भएका केही कुराहरू के के हुन्?
“माछाहरूको आहार खाने तालिका हुँदो रहेछ भनेर हामीले पत्ता लगायौं। कुनै कुनै माछाले बिहान सात बजेदेखि तीन घण्टासम्म आहार खाँदो रहेछ र बीचमा केही समय आराम गरेर दिउँसो फेरि तीन घण्टासम्म खाँदो रहेछ। कुनै कुनै माछाले राती खाँदो रहेछ। यी तालिकाहरू महत्त्वपूर्ण हुन्छन्। स-साना माछाहरूलाई भक्षक माछाहरूले दिनभरि खेद्दा तिनीहरूलाई आहार खान धौ-धौ पर्दो रहेछ। अनि मानिसजस्तै माछाहरू पनि खानेकुराको सम्बन्धमा नाटीकुटी गर्दा रहेछन्। उदाहरणको लागि ब्लु स्पटेड ग्रुपर नामक माछाहरू लाल समुद्रमा प्राशस्त पाइने फेरी ब्यासलेट खान खुबै रुचाउँछन्। हामीले अक्वारियममा राख्ने माछाहरूको आ-आफ्नै मनपर्ने खानेकुराहरू हुन्छन्। उदाहरणका लागि कसैलाई टुना कसैलाई सार्डिन मनपर्छ।
“माछाहरूले सबै मानिसहरूलाई एउटै देख्दो हो भनी तपाईंलाई लाग्ला तर वास्तवमा त्यस्तो हुँदैन। माछा र अमेरुदण्डयी जीवजन्तुहरूले समेत मानिसहरू चिन्ना सिक्छन्। एकचोटी मेरो एउटा मित्रले ठट्टै-ठट्टामा अक्टोपसलाई हातले हिर्काएछन्। त्यस अक्टोपसलाई त्यसरी हिर्काएको मन परेन। त्यसपछि यो अक्टोपसले कहिल्यै त्यस व्यक्तिको हातबाट आहार खाएन। संयोगवशको कुरा, माछाहरूलाई मृदुल मानिसहरू मन पर्छ र रूखो वा अधीर व्यक्तिहरूदेखि तिनीहरू डराउँदा रहेछन् भनेर हामीले थाहा पायौं।”
नयाँ गोताखोरहरूलाई थरीथरीको अविश्वासनीय सौन्दर्य र रङ्गले प्राभाव पार्दो रहेछ।
“हो, रङ्गीबिरङ्गी माछाहरू निकै आकर्षक हुन्छन्। तर वास्तवमा हामीले सवारी बत्तीहरूको प्रायोग गरे जस्तै माछाहरूले सङ्केत दिन आफ्नो रङ्गहरूको प्रायोग गर्छन् भनेर धेरै मानिसहरूलाई थाहा छैन। उदाहरणको लागि आफ्नो इलाका निगरानी गरिरहेको बेला रेड ग्रुपर नामक माछाको अर्कै रङ्ग हुन्छ भने शिकार गर्दा गाढा रातो हुन्छ। ग्रुपर माछाको शिकार, क्लाउन फिस नामक माछाले ग्रुपर माछाको रङ्ग हेरेर ‘ऊ शिकार गर्ने धुनमा छ वा छैन’ भनेर बताउन सक्छ। यदि शिकार गर्ने धुनमा छैन भने क्लाउन माछाहरूले आफ्नो इलाकामा आउने ग्रुपर माछाहरूलाई निर्भयतासाथ धपाइदिन्छन्।”
निस्सन्देह, परमेश्वारको सृष्टिको असाधारण सौन्दर्य असामान्य ठाउँहरूमा पनि भेट्टाउन सकिन्छ। सुन्दरताको यो सानो नमूनाको यात्राले मेरो जीवन भरपूर भयो। समुद्री छालमुनि संसारको यस सङ्क्षिप्त यात्राले हाम्रो ग्रहले समेट्ने प्राकृतिक सौन्दर्यप्राति मेरो मूल्याङ्कन बढायो।—सौजन्य लेख. (g94 10/8)
[पृष्ठ २४-मा भएको चित्र]
भक्षकहरूदेखि बेफिक्री भएर आरामसाथ घुमिरहेको लायन माछा। यसको काँडायुक्त पखेटा अति विषाक्त भएकोले भक्षकहरू टाढै बस्छन्
[पृष्ठ २४-मा भएको चित्र]
क्लाउन माछा कहिल्यै आफ्नो घरदेखि टाढा हुँदैन। किनकि त्यो ठूलो समुद्री एनिमोनका भुजाहरूमा बस्छ। यसरी टाँसिएर बस्दा क्लाउन माछालाई केही असर पर्दैन किनकि यसले एनिमोनलाई सफा राख्छ
[पृष्ठ २४-मा भएको चित्र]
बटरफ्लाइ माछा रङ्गीबिरङ्गी हुन्छ। तिनीहरूको नरम चेप्टो शरीर दायाँ बायाँ फडफडाउँदा, पुतलीको सम्झना आउँछ
[पृष्ठ २४-मा भएको चित्र]
भड्किला धर्साहरू भएको पिकासो माछाको लिप्सटिक जस्तो देखिने चहकिलो पहेंलो रङ्गले मलाई अमूर्त कलाकारको सम्झना गरायो
[पृष्ठ २४-मा भएको चित्र]
एम्पेरर एन्जेल माछाको रङ्गीबिरङ्गी आवरण हुन्छ र हुर्कंदै जाँदा यसको रङ्ग र बनौट परिवर्तन हुँदै जान्छ