प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 १०/८ पृ. ३०
  • पाठकहरूको प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९५
  • पाठकहरूको प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—१९९४
g94 १०/८ पृ. ३०

पाठकहरूको प्रतिक्रिया

स्तनको अर्बुद रोग “स्तनको अर्बुद रोग—प्रात्येक स्त्रीको डर” विषयक क्रमिक लेखहरू प्राकाशन गरिदिनु भएको लागि तपाईंहरूलाई धेरै धेरै धन्यवाद छ। (अप्रिल ८, १९९४) समय समयमा म आफैलाई जाँच्ने गर्थें र मेरा ग्रन्थीहरू अलि कडा भएछन्‌ क्यारे भन्ठान्थें। तथापि, त्यस लेख पढिसकेपछि म अस्पताल गएँ र थाहा पाएँ, मलाई अर्बुद रोग लागेको रहेछ। शल्यचिकित्साको प्राबन्ध पनि गरियो। अतः तपाईंहरूलाई सहृदय धन्यवाद चढाउँछु।

टि. वाइ., जापान

मेरो शल्यचिकित्सा भएदेखि अर्बुद रोगबारे कुनै पनि लेख म पढ्‌न सक्दिन थिएँ। यो पत्रिका पाउँदा म त्यति खुशी थिइनँ। तैपनि अक्सर अवेक!का सम्पूर्ण अङ्‌क सुरुदेखि अन्तसम्मै पढ्‌ने गरेकोले त्यस रात पनि मैले अलिकता पढ्‌ने र डर लागेमा पढ्‌न रोक्ने निधो गरें। भनौं भने मैले पढ्‌न रोक्नै सकि। यो अति राम्ररी, पूर्ण जानकारीयुक्‍त र मायालु ढङ्‌गमा लेखिएको थियो।

जि. के., संयुक्‍त राज्य

जीवन खतरामा पार्ने रोगव्याधिको सामना गर्नु पर्दा हुने डरलाई यहोवाले बुझ्नु हुन्छ भनी थाहा पाउन मलाई यस लेखले मदत गऱ्‍यो। यसरी मानिसहरूले सोच्दा तिनीहरू कमजोर छन्‌ वा अल्पविश्‍वासी रहेछन्‌ भन्ठान्थें। यस लेखले मलाई यहोवा अनुकम्पापूर्ण हुनुहुन्छ भनेर बुझ्न मदत गरेको छ।

के. जि., संयुक्‍त राज्य

कुनै पत्रिकाले कहिल्यै कसैसित कुरा गरेको छ भने, त्यस अङ्‌कले पक्कै पनि मसित कुरा गरेको छ। मेरो पति र म मेरो स्तनको अर्बुद रोगको शल्यक्रिया गर्न चाहिने औषधीका कागतपत्र चारैतिर छरेर सोफामा बसिरहेका थियौं। चेकहरू लेख्दै गर्दा हुलाकीले अवेक! पत्रिकाको यस अङ्‌क ल्याइपुऱ्‍यायो। सोही दिन बडो उत्सुकताका साथ त्यस लेख पढें। ती लेखहरूबाट साहस बटुल्ने सम्पूर्ण स्त्रीहरूका तर्फबाट म पनि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु।

इ. जे., संयुक्‍त राज्य

निरक्षरता केही चाखलाग्दा लेखहरू पढिसकेर धेरै पटक तपाईंहरूलाई धन्यवादपूर्ण पत्र लेख्न खोजेकी थिएँ। तर “निरक्षरताका साङ्‌लो चुँडाल्ने” (फेब्रुअरी २२, १९९४) यस क्रमिक लेखहरूले मलाई त्यसो गर्न उस्कायो। अर्को हप्ता मैले लेखपढ्‌ गर्न नजान्‍नो महिलासित बाइबल अध्ययन थाल्न लागेकी छु। पहिले त अध्ययन कसरी गर्ने होला भनी म अन्योलमा परेकी थिएँ, तर अहिले थाहा पाएँ। यी लेखहरूको लागि धेरै धेरै धन्यवाद। चाहिएकै बेला यी आइपुगे!

एम. ए. चि., इटाली

शहरहरू म १६ वर्षकी हुँ र शहरहरूबारे क्रमिक लेखहरू पढ्‌न पाउँदा म ज्यादै पुलकित भएँ। भूगोलको कक्षामा आफूलाई मनपर्ने विषयमा छोटो भाषण दिन लगाइएको थियो। “प्राशस्त मानिसहरूले भरिएको त्यो शहर” (जनवरी २२, १९९४) नामक लेखमा आधारित भाषण मैले तयार पारें। कक्षामा ठूलो स्वरले त्यस भाषणलाई पढेर सुनाएपछि सबैले त्यसको प्राशंसा गरे। भूगोलको विषयमा मेरो ज्ञान बढाउन मदत गर्नुभएको लागि तपाईंहरूलाई धन्यवाद।

टि. आर., जर्मनी

“आफ्नोलागि एउटा शहरको निर्माण गरौं” भन्‍नो लेखमा तपाईंहरूले “सन्‌ १९०० मा, १० लाख जनसङ्‌ख्या भएको विश्‍वाको एउटै मात्र शहर लन्डन हो” भन्‍नुभएको थियो। (जनवरी ८, १९९४) तर त्यसपछिको लेखमा भने तपाईंहरूले “सन्‌ १८०० को मध्यसम्ममा त्यसको [इडो, हाल टोकियो] जनसङ्‌ख्या १० लाखभन्दा बढी छ” भन्‍नुभयो। कुन चाहिं सही हो?

एस. टि., जापान

लन्डनसम्बन्धी तथ्याङ्‌क प्राष्टै गलत छ। यो “इलुस्ट्रेटेड एट्‌लस अफ द वर्ल्ड” (रान्ड मक्नाली एण्ड कम्पनी) सन्‌ १९८५ को संस्करणमा आधारित थियो। तथापि, सन्‌ १९९० मा जस्तै केही शहरहरूको जनसङ्‌ख्या १० लाखभन्दा बढी थियो भनेर “द वर्ल्ड अल्मानाक एण्ड बूक अफ फ्याक्ट्‌स १९९३” मा दिइएको तथ्याङ्‌क सही देखिन्छ। अलमलिनु भएकोमा खेद प्राकट गर्छौं।—स.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने