जलगैंडाद्वारा छुटकारा!
चार टन जति वजन भएको जलगैंडा, संसारको सबैभन्दा ठूलो दोस्रो जीवित स्तनपायी हो। यसको शक्तिशाली बङ्गाराको एक टोकाइले नै डुङ्गालाई टुक्रा टुक्रा गर्न सक्छ। त्यसैले जिम्बावेको ह्वाङ्गे राष्ट्रिय निकुञ्जका मानिसहरूको एक समूहले जलगैंडाको एकदम अनौंठो व्यवहार देखेर एकदम छक्क र प्राभावित भए।
ती मानिसहरूले बाँधको नजीकै दुई वटा हरिणलाई नौ वटा जङ्गली कुकुरहरूले जोडले लखेटिरहेको देखे। भाग्ने कुनै बाटो नपाएर ती हरिणहरू पानीमा पसे। कुकुरहरू पनि पानीको किनारमा पौडँदै ती हरिणहरू पानीबाट कहाँ निस्कन्छ भनी अन्दाज गर्दै हेरिरहेका थिए।
आखिरमा, एउटा थकित हरिण कुकुरहरू त्यहाँ पर्खिरहेको छ भन्नो सुइँको नपाएर किनारातर्फ जान थाल्यो। तर त्यो हरिण जमीनको नजीक आइपुग्दा मानिसहरूले नजीकैको जलगैंडा पौडी खेलेर त्यस हरिणतिर गइरहेको देखे। अफ्रिकन वाइल्ड लाइफ नामक पत्रिकाअनुसार, त्यहाँ पुगेर जलगैंडाले “हरिणलाई विपरीत दिशामा पौडी खेल्न हलुकोसँग घचघच्यायो।” हरिणले आज्ञा पालन गर्यो। जलगैंडा तिनीहरूको पछि लाग्दै र अघि बढ्न नमान्दा समय समयमा तिनीहरूलाई घचघच्याउँदै अघि बढ्यो।
हरिण पानीको किनारामा पुगेपछि त्यस जलगैंडाले नरम तर दरिलोसाथ किनारामा धकेलेको मानिसहरूले देखे। लरखरिदैं हरिण आफ्नो खुट्टामा उभियो र केही बेर काम्न थाल्यो। चाँडै, हरिण पानीबाट टाढा जान थाल्यो। दुवै ओझल नहोउञ्जेल जलगैंडा त्यस हरिणको पछि लाग्यो।
अर्को हरिणलाई के भयो त? ती मानिसहरूको रिपोर्टअनुसार ती जङ्गली कुकुरहरू “बचाउ कार्य हेर्न यति व्यस्त थिए कि अर्को हरिण भागेर गएको तिनीहरूले पत्तै पाएनन्।” (g94 10/8)