प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • नयाँ र पुनः देखा परिरहेका रोगहरू
  • धूम्रपान प्रवर्धन गर्ने मोटर दौडहरू
  • सगरमाथामा सफाइ-अभियान
  • पर्याप्त बियर—अपर्याप्त भोजन
  • आँखामा धूवाँ
  • मस्तिष्कको व्यायाम
  • एड्‌सले अफ्रिकामा गरेको विनाश
  • अत्यधिक मात्रामा माछा मार्नाले रित्तिंदै गएको समुद्र
  • रेलको टोइलेट पेपरमा समाचार
  • सुत्ने राम्रा बानीहरू
  • हिजडाहरूको सम्प्रदाय
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १/८ पृ. २८-२९

विश्‍वदर्शन

नयाँ र पुनः देखा परिरहेका रोगहरू

लाखौं मानिसहरूको जीवनलाई खतरा प्रदान गर्ने नयाँ लगायत अन्य रोगहरू प्रस्फुटन भएको चेताउनी विश्‍व स्वास्थ्य संघले दिन्छ। सबैभन्दा नाटकीय उदाहरण त एड्‌स हो। यो दश वर्षअघिसम्म थाहै नभएको जीवाणुद्वारा हुने रोग हो। अर्को नयाँ रोग, फोक्सो नाश गर्ने हान्टा जीवाणुले हुने रोग हो। यो भर्खरै दक्षिणपश्‍चिमी संयुक्‍त राज्य अमेरिकामा पत्ता लागेको थियो। पूर्णतया नयाँ प्रकारको औलो एसियामा देखा पर्न थालेको छ। रक्‍तस्राव हुने दुई प्रकारका ज्वरोहरू दक्षिण अमेरिकामा देखा परेका छन्‌। यी दुवै प्राणघातक हुन्छन्‌। सन्‌ १९९३ मा ल्याटिन अमेरिकामा हैजा, केन्यामा पहेंलो ज्वरो, कोस्टा रिकामा डेङ्‌ग ज्वरो र रुसमा भ्यागुते रोगजस्ता सुपरिचित संक्रामक रोगहरू फैलिएको उदाहरण छ। नयाँ वा पुनः देखा परिरहेका रोगहरू चिन्‍न र त्यस विरूद्ध संघर्ष गर्न विश्‍वव्यापी नेटवर्क केन्द्रहरूलाई लागि विश्‍व स्वास्थ्य संघले आह्वान गरिरहेको छ। (g94 12/22)

धूम्रपान प्रवर्धन गर्ने मोटर दौडहरू

परम्परागत चलनअनुसार युरोपेली देशहरूले लोकप्रिय फर्म्युला वान ग्रयाण्ड प्री मोटर दौडहरू आयोजना गर्ने गरेका छन्‌। तर आयोजकहरू जापान र चीनजस्ता देशहरूमा त्यस्ता प्रतियोगिताहरू गर्न रूचाउँछन्‌। किन? सुर्ती विज्ञापनसम्बन्धी युरोपको कडा नियमहरूले गर्दा। यस्ता दौडहरूका प्रमुख प्रायोजकहरू सुर्ती कारखानाहरू हुन्‌। त्यसकारण दौडमा भाग लिने मोटरहरूले मुख्यतः सुर्तीका विज्ञापनहरू प्रदर्शन गर्छन्‌। जापानको आसाही इभ्निङ्‌ग न्यूजअनुसार “दुइटा टोलीहरूको निम्ति आर्थिक खर्चहरू गरेर” एउटा सुर्ती कारखानाले “वर्षेनी अरबौं येन खर्च” गर्छ। युरोपमा त्यस्ता दौडहरू गर्दा मोटरहरूमा विज्ञापनहरू मेटाउन अथवा ढाक्नु परेको छ। धूम्रपान विज्ञापन निषेधित गरेकोले हालै फ्रेन्च ग्य्राण्ड प्री झन्डै रद्द गर्नु परेको थियो। साठी प्रतिशतभन्दा बढी वयस्कहरू धूम्रपान गर्ने एसियाली मुलुकहरूमा मोटर दौड हुँदा चुरोटको विज्ञापन गर्ने राम्रो ठाउँ मानिएको छ। (g94 12/22)

सगरमाथामा सफाइ-अभियान

युनेस्को सोर्सेस्‌ नामक पत्रिकाअनुसार सगरमाथा संसारको सबैभन्दा अग्लो शीखर हुनुको साथसाथै विश्‍वको “सबैभन्दा अग्लो फोहोर फ्याल्ने ठाउँ” भनेर पनि चिनिन्छ। गत ४० वर्षमा २० टन अक्सिजनका शीशीहरू, पाल, स्लिपिङ्‌ग ब्याग तथा खानेकुराका खोलहरू फ्याँकेर पर्वतारोहीहरूले सगरमाथालाई फोहोर बनाएका छन्‌। टोइलेट पेपरका टुक्राटुक्रीहरू जताततै छरिएको तल्लो भीरदेखि सगरमाथा आधार शिविरको मार्ग अहिले “टोइलेट पेपर मार्ग भनेर चिनिन्छ।” हिमालको माथितिर फोहोरको थुप्रो भयङ्‌कर छ। युनेस्को सोर्सेस्‌ लेख्छन्‌, “मानव हस्तक्षेपदेखि टाढाको निर्मल उजाडभूमि भन्‍ने सगरमाथाको मानसिक दृश्‍यलाई त्यस्ता चित्रहरूले स्तब्ध पार्छ।” हिमालको यस दृश्‍यघातक चित्र हटाउन यो वर्ष नेपाल सरकारले “सफाइ-अभियान[का]” थुप्रै योजनाहरूलाई स्वीकृति दिएका छन्‌। (g94 12/22)

पर्याप्त बियर—अपर्याप्त भोजन

एल युनिभर्सल नामक भेनेज्वेली समाचार पत्रिकाअनुसार भेनेज्वेलाका छ वर्षीय र त्योभन्दा मुनिका ७,२६,००० केटाकेटीहरू कुपोषणले गर्दा हुनुपर्ने उचाइभन्दा होचा छन्‌। यो संख्या त्यस उमेर समूहको झण्डै २३.८ प्रतिशत हो अर्थात्‌ ४ केटाकेटीमध्ये १। केटाकेटीहरूलाई खुवाउन पोषिलो भोजन अपर्याप्त भएको त्यो देशमा बियर भने पर्याप्त भएको देखिन्छ। एल युनिभर्सलको रिपोर्टअनुसार ल्याटिन-अमेरिकी देशहरूमध्ये सबैभन्दा बढी बियर पिउने देश भेनेज्वेला हो। सन्‌ १९९१ मा भेनेज्वेलाका निवासीहरूले प्रति व्यक्‍ति औसतन्‌ ७५ लिटर बियर पिए। (994 12/22)

आँखामा धूवाँ

चुरोटबाट निस्कने रसायनहरूले गर्दा मोतीबिन्दु हुन्छ भन्‍ने निर्विवाद प्रमाण छ भनी अष्ट्रेलियाका नेशनल भिजन रिसर्च इन्स्टीच्यूटका निर्देशक, प्राध्यापक रोबर्ट ओगेस्टेन दाबी गर्छन्‌। धूम्रपान नगर्नेहरूभन्दा गर्नेहरूमा मोतीबिन्दु हुने सम्भावना दुई वा तीन गुणा बढी हुन्छ भनी एउटा अध्ययनले प्रदर्शित गर्छ। धूम्रपानको धूवाँलाई सर्वप्रथम शरीरले सोस्छ तर पछि ती आँखासम्म पुग्छन्‌। आँखाको लेन्सबाट अत्यधिक नून र पानी फ्याल्ने “पम्प[लाई]” त्यो धूवाँले बिगार्छ। त्यसपछि आँखा सुन्‍निन्छ र कोषहरू फुट्‌छ जसले गर्दा मोतीबिन्दु हुन्छ। प्राध्यापक ओगेस्टेन यसप्रकार वर्णन गर्छन्‌, “म पूर्णतया विश्‍वस्त छु। लेन्सका पम्पहरूलाई काम गर्नबाट रोक्ने चूरोटको धूवाँमा हुने एउटा पदार्थ हो भन्‍नुमा कुनै शंका छैन।” (g94 12/22)

मस्तिष्कको व्यायाम

एउटा जर्मन स्वास्थ्य बिमा प्रकाशन, डाक मागस्टेन यस्तो रिपोर्ट गर्छ, “कमजोर स्मरणशक्‍ति प्रायजसो भाग्यको कुरा नभई अपुग प्रशिक्षणको फल हो।” निष्क्रियताले मांशपेशीहरू ह्रास भएझैं अपर्याप्त व्यायामले मस्तिष्क खिया पर्छ र कम जानकारी सञ्चय गर्न सक्छ। के यो समस्या विशेषगरि वृद्धहरूको हो? अवश्‍य होइन! पत्रिकाले यस्तो टिप्पणी गर्छ, “सोच्ने कार्य हाम्रो लागि सजिलो अथवा थप कुरा भएको छ।” त्यसले गर्दा पूर्णतया व्यस्त नभएमा जवानहरूको स्मरणशक्‍ति पनि खिया पर्न सक्ने खतरा छ। कुन कुराले मदत पुऱ्‍याउन सक्छ? मन र स्मरणशक्‍तिलाई सक्रिय पार्न संख्याहरू र वर्णमालाका अक्षरहरू भएको बौद्धिक खेलहरू खेलेर मस्तिष्कको व्यायाम गर्ने सुझाव पत्रिकाले दिन्छ। साथै “कोठेपदहरू मदतकारी हुन सक्छन्‌।” (g95 01/08)

एड्‌सले अफ्रिकामा गरेको विनाश

विश्‍व स्वास्थ्य संगठनको अनुमानअनुसार विश्‍वभरि थाहा भएका १ करोड ५० लाख एड्‌स रोगीहरूमध्ये झण्डै एक करोड रोगीहरू अफ्रिकामा छन्‌। यो विश्‍वको सबैभन्दा नराम्रोसित प्रभावित महादेश भएको छ। एड्‌सको महामारी विरूद्ध लड्‌न अहिले उठाइएका कदमहरूलाई प्राध्यापक नेथन क्लुमेक “उर्लेको नदीलाई रोक्ने बालुवाका आलीहरू” भन्छन्‌। अफ्रिकामा त्यो जीवाणुले पुऱ्‍याउन सक्ने विनाशलाई अफ्रिकाका राज्य प्रमुखहरूले पूर्णतया बुझेका छैनन्‌ भनी प्यारिस दैनिकी ले मोन्डमा प्रकाशित अन्तर्वार्तामा प्राध्यापक क्लुमेकले भने। त्यो महादेशको १० प्रतिशत व्यक्‍ति एड्‌सबाट संक्रमित हुनेछन्‌ भनी प्राध्यापक क्लुमेकले १९८७ मा अनुमान लगाउँदा सबैले यो अतिशयोक्‍ति भने। तर अहिले गरिएको अनुमानअनुसार अफ्रिकाको जनसंख्याको २० देखि ४० प्रतिशत त्यस घातक जीवाणुले संक्रमित हुनेछन्‌। (g95 01/08)

अत्यधिक मात्रामा माछा मार्नाले रित्तिंदै गएको समुद्र

यस्तो भनाइ छ, “‘समुद्रमा प्रशस्त माछाहरू छन्‌।’ तर यो गलत हो” भनी दी इकोनोमिस्ट टिप्पणी गर्छ। “समुद्रमा प्रशस्त माछाहरू छन्‌ तर यसलाई नाजायज ढंगमा रित्याइएको छ।” सन्‌ १९८९ मा सबैभन्दा बढी माछाहरू समातिएदेखि समुद्रमा मत्स्य संख्या घटेको छ। कारण सरल छ: “भुर्राहरू उत्पादन गर्न समुद्रमा थोरै मात्र माछाहरू छन्‌। मत्स्य उत्पादन गर्न चाहिने माध्यम प्रयोग गरेर जलाहारीहरूले जीवन धान्‍न आर्थिक आर्जन गरिरहेका छन्‌।” राष्ट्र संघको खाद्य तथा कृषि संगठनअनुसार संसारका १७ प्रमुख मत्स्यालयहरूमध्ये १३ वटा गम्भीर समस्यामा परेका छन्‌—त्यसमध्ये ४ मत्स्यालयहरू व्यापारिक दृष्टिकोणले रित्तो भएको छ। ध्वनि तथा भू-उपग्रह सञ्चारजस्ता परिष्कृत प्रविधिले दुर्गम क्षेत्रहरूमा समेत माछा भेट्टाउन र सबैभन्दा बढी माछा मार्न सकिने समयमा जान सम्भव तुल्याइदिएको छ। लगभग ११० मिटर लम्बाइ र ४९ मिटर चौडाइ भएका जालीहरूद्वारा अत्यधिक मात्रामा माछा समात्न सक्छन्‌। दी इकोनोमिस्टको भनाइअनुसार अनावश्‍यक ह्रासका लागि सरकारहरू जिम्मेवार छन्‌ किनभने संसारका ९० प्रतिशत माछाहरू केही देशका किनाराहरूभन्दा ३७० नटिकल किलोमिटर टाढा छन्‌। ती पानीहरूमा राष्ट्रहरूले सार्वभौमिकताको दाबी पनि गर्छन्‌। अरू देशका माछा मार्ने जहाजहरूलाई सरकारहरू प्रवेश गर्न दिंदैनन्‌ तर आफ्ना राष्ट्रिय जहाज तथा उपकरणहरू बढाउँछन्‌ र जनकोषबाट त्यसको क्षतिपूर्ति समेत गर्छन्‌। (g95 01/08)

रेलको टोइलेट पेपरमा समाचार

अत्याधुनिक उपकरण पत्ता नलागेसम्म संकटकालीन अवस्थामा कुनै पनि इटालेली रेलका कन्डक्टरले अधिकृतहरूलाई सूचित गर्ने एक मात्र तरिका निम्नानुसार हुनेछ: एउटा नोट लेख्नुहोस्‌, त्यसलाई टोइलेट पेपरभित्र राख्नुहोस्‌ र वेगसित कुदिरहेको रेलबाट त्यसपछिको स्टेशनमा हुऱ्‍याउनुहोस्‌ ताकि त्यो भेट्टिनेछ र अधिकृतहरू सूचित हुनेछन्‌। यो “रेलहरू जत्तिकै पुरानो” यो तरिका रेलका औपचारिक नियमावलीले दिएको हो। इटालेली स्टेट रेलवेका अधिकृत यसो भन्छन्‌, यो अझै पनि “निपुण र प्रमाणित तरिका” हो। तर उनी मानी लिन्छन्‌, “रेलहरूमा सञ्चार कायम गर्नु एउटा गम्भीर समस्या हो।” यात्रुको बिमारी, शंकास्पद मालसामान, आक्रामक कार्य अथवा चोरीजस्ता परिस्थितिहरू सामना गर्दा “स्टेट रेलवेका कार्यकर्त्ताहरू लाचार हुन्छन्‌” भनी इटालेली समाचार पत्रिका कोरिरे डाला सारा भन्छन्‌। किनभने तिनीहरूले हस्तक्षेप गर्न अनुमति पाएका हुँदैनन्‌। सञ्चार समस्या समाधन गर्न इटालेली स्टेट रेलवेले स्थानान्तरण गर्न मिल्ने टेलिफोनहरू बन्द-सर्किटभित्र जडान गर्ने विचार गरेको छ। (g94 9/8)

सुत्ने राम्रा बानीहरू

एक्सामी नामक ब्राजिलियन पत्रिका यसो भन्छ, “धेरैको निम्ति अनिद्र फलदायी देखिएला तर शरीरलाई चाहिने आवश्‍यक निद्रा इन्कार गर्नु अन्ततः अफलदायी हुन्छ।” स्नायु चिकित्सक रामाऊ यसरी बताउँछन्‌: “एक व्यक्‍तिलाई चाहिने निद्रा शरीरले बिर्सनेछैन। त्यसको विपरीत, शरीरले त्यो सधैं सम्झनेछ र त्यसको फलतः स्मरण शक्‍तिमा ह्रास, एकाग्र हुन समस्या तथा सोच्ने दक्षतामा सुस्ती हुन सक्छ।” अनावश्‍यक चिन्ताबाट जोगिन डा. रामाऊ यो सुझाव दिन्छन्‌: “कामसित सम्बन्धित समस्याहरू समाधान गर्ने वा त्यसबारे सोच्ने कुराहरू कार्यस्थलमै छोड्‌नुहोस्‌।” आराम गर्न र राम्ररी सुत्न नियमित व्यायाम, मधुरो संगीत, कम प्रकाश र राम्रा विचारहरू राख्न एक्सामी सुझाव दिन्छ। (g95 01/08)

हिजडाहरूको सम्प्रदाय

बम्बैको इन्डियन एक्स्प्रेसअनुसार भारतमा दश लाखभन्दा बढी हिजडाहरू छन्‌। यीमध्ये २ प्रतिशत मात्र त्यस्तै अवस्थामा जन्मिएका हुन्छन्‌। बाँकिको अण्ड झिकिएको थियो। एक्स्प्रेसअनुसार अनुहार राम्रा भएका केटाहरूलाई प्रलोभित अथवा अपहरण गरिन्छ अनि भारतमा केटाहरूलाई नपुंसक बनाइने ठाउँमा लगिन्छ। त्यहाँ केटाहरूलाई “राजकुमारझैं व्यवहार” गरिने उत्सवमा बुझाइन्छ र तिनीहरूको अण्ड झिकेपछि त्यो उत्सव अन्त हुन्छ। त्यसपश्‍चात्‌ नव नपुंसकलाई ऊभन्दा पाको नपुंसकले ग्रहण गर्छ र “आमा-छोरीको” सम्बन्ध कायम हुन्छ। यी नपुंसकहरूलाई केटीको नाउँ दिइन्छ र त्यसपछि स्त्रीले जस्तै व्यवहार गर्छन्‌ अनि त्यस्तै वस्त्र लगाउने गर्छन्‌। प्रायजसो नपुंसकहरू मूल देवताको सम्प्रदायमा संगठित गरिन्छ। भारतभरि त्यस्ता थुप्रै मन्दिरहरू छन्‌ जहाँ वार्षिक उत्सवहरूमा तिनीहरूलाई दैवीय प्राणीहरूको रूपमा आदर र उपासना गरिन्छ। (g95 01/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने