प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. २-५
  • बेरोजगारीको महामारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेरोजगारीको महामारी
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बढ्‌दो बेरोजगारी
  • बेरोजगारीको उच्च मूल्य
  • ‘विकृत प्रणालीका कैदीहरू’
  • अनुमान र निराशाहरू
  • बेरोजगारी किन?
    ब्यूँझनुहोस्‌!—१९९६
  • बेरोजगारीबाट स्वतन्त्रता कसरी अनि कहिले?
    ब्यूँझनुहोस्‌!—१९९६
  • यहोवाले तपाईंलाई कुनै रीतिले छोड्‌नुहुनेछैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. २-५

बेरोजगारीको महामारी

इटालीका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

अधिकांश विकसित देशहरूका लागि बेरोजगारीले आपत्‌कालीन स्थिति सृजना गरेको छ। तर यसले विकासोन्मुख देशहरूलाई पनि चिन्तित बनाउँछ। पहिला यसको नामोनिसानै नभएकोजस्तो लाग्ने देशमा समेत अहिले यो व्याप्त छ। यसले करोडौं मानिसहरूलाई असर गरेको छ। तीमध्ये छोराछोरी भएकाहरू धेरै छन्‌। दुइ तिहाइ इटालीवासीहरूका लागि यो “सबैभन्दा ठूलो खतरा” हो। यसले नयाँ सामाजिक समस्याहरू उत्पन्‍न गरेको छ। अधिकांश दुर्व्यसनी जवान मानिसहरूका समस्याको जड केही हदसम्म यो पनि हो। यसले लाखौं मानिसहरूको खुशी लुटेको छ। अनि अरू लाखौंमाथि यो चाँडै व्याप्त हुन लागेको छ. . .

आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) पुष्टि दिन्छ, “सम्भवतः बेरोजगारी हाम्रो समयको विस्तृत र सबैभन्दा डरलाग्दो कटु सत्य हो।” युरोपेली समुदाय आयोग यसरी लेख्छ, “व्यापकता र परिणामहरू थाह पाउन सकिन्छ” तर “यसको समाधान गर्नु भने कठिन छ।” एक विशेषज्ञ भन्छन्‌, “यो युरोपका गल्लीहरूमा बारम्बार आइरहने भूत हो।” अहिले युरोपेली संघमा (इयु) बेरोजगारको संख्या लगभग दुइ करोड छ। अनि अक्टोबर १९९४ मा गरिएको सरकारी गणनाअनुसार इटालीमा मात्र बेरोजगारको संख्या २७,२६,००० थियो। युरोपेली संघको उच्च पदाधिकारी पोथ्रिग फ्लिनको विचारअनुसार, “बेरोजगारीको समस्या समाधान गर्नु हामीले सामना गर्नुपर्ने सबैभन्दा मुख्य सामाजिक र आर्थिक चुनौती हो।” तपाईं बेरोजगार वा जागिरबाट विमुख हुने खतरामा हुनुहुन्छ भने, त्यसले कति त्राहित्राहि बनाउँछ तपाईं बुझ्नुहुन्छ।

तर बेरोजगारी युरोपको मात्र समस्या होइन। यसले सबै अमेरिकी देशहरूलाई सताएको छ। अफ्रिका, एसिया वा ओसेनियाका मुलुकहरूलाई पनि यसले छाडेको छैन। हालका वर्षहरूमा पूर्वी युरोपेली राष्ट्रहरूले यस समस्याको सामना गर्नु परेको छ। हो, यो समस्या सबै ठाउँमा एकै प्रकारको छैन। तर केही अर्थशास्त्रीहरूको भनाइअनुसार, धेरै समयदेखि युरोप र उत्तर अमेरिकामा बेरोजगारीको दर गत दशकहरूको भन्दा निकै उच्च छ।a अनि “अनियमित रोजगारीको वृद्धि र उपलब्ध कामहरू घटिया भएकोले परिस्थिति झन्‌ खराब भएको छ” भनेर अर्थशास्त्री रेनाटो ब्रुनेटा संकेत गर्छन्‌।

बढ्‌दो बेरोजगारी

बेरोजगारीले हर आर्थिक क्षेत्रलाई असर गरेको छ: कृषिमा यन्त्रको बढ्‌दो प्रयोगले मानिसहरू कामबाट विमुख हुन पुगेका छन्‌। त्यसपछि आउँछ उद्योग, जसलाई १९७० को दशकदेखि उर्जा संकटले असर गरेको छ। अनि अहिले वाणिज्य, शिक्षाजस्ता सेवा क्षेत्रलाई यसले असर गरेको छ। यसलाई पहिला बेरोजगारी नभएको क्षेत्र मानिन्थ्यो। बीस वर्षअघि बेरोजगारीको दर २ वा ३ प्रतिशत वृद्धि हुँदा मात्र पनि संत्रास मच्चिन्थ्यो। आज बेरोजगारीको दर ५ वा ६ प्रतिशतभन्दा कम बनाउन सके औद्योगिक राष्ट्रहरू आफू सफल भएको ठान्छन्‌। अनि विकसित राष्ट्रहरूमध्ये धेरैले त योभन्दा अधिक दरलाई सफलता मान्छन्‌।

अन्तरराष्ट्रिय श्रमिक संगठन (आइएलओ) अनुसार बेरोजगार त्यो व्यक्‍तिलाई भनिन्छ, जो काम गर्न तयार भएर पनि काम पाउँदैन र सक्रियसाथ काम खोजिरहेको हुन्छ। तर त्यस्ता व्यक्‍तिबारे के भन्‍न सकिन्छ, जसको स्थायी पूर्ण-समय नोकरी छैन वा हप्तामा केही घण्टा काम गर्ने प्रबन्ध छ? अर्ध-समय जागिरप्रति विभिन्‍न देशमा बेग्लाबेग्लै दृष्टिकोण पाइन्छ। केही राष्ट्रहरूमा बेरोजगारहरूलाई जागिरेकै हैसियतमा गणना गरिन्छ। रोजगार र बेरोजगारीबीच स्पष्ट व्याख्या नभएकोले वास्तवमा को बेरोजगार हो छुट्याउन गाह्रो पर्छ। त्यसैकारण तथ्यांकहरूमा केही अंश मात्र वास्तविकता हुन्छ। एक युरोपेली अध्ययन बताउँछ, “सरकारी गणनाअनुसार [ओइसीडी देशहरूमा] ३ करोड ५० लाख बेरोजगारहरू छन्‌। तर यो संख्याले बेकारीपनको सिंगो रूपलाई प्रदर्शित गर्न सक्दैन।”

बेरोजगारीको उच्च मूल्य

तर बेरोजगारीको संख्याले परिस्थितिको सम्पूर्ण विवरण पेश गर्दैन। युरोपेली समुदाय आयोग बताउँछ, “बेरोजगारीले गरेको आर्थिक र सामाजिक नोक्सानी असाध्यै धेरै छ।” अनि यसको असर “बेकारी भत्ताको खर्चमा मात्र होइन तर राजस्व आम्दानीमा पनि” परेको छ। यो बेकारी भत्ता सरकारका लागि मात्र होइन तर बढ्‌दो कर तिर्नुपर्ने रोजगारहरूका लागि पनि बढ्‌दो भार भइरहेको छ।

बेरोजगारी तथ्यांक र संख्याहरूको कुरा मात्र होइन। यसमा व्यक्‍तिविशेषको परिस्थिति पनि मुछिएको छ। किनभने यो महामारीले हर सामाजिक वर्गका पुरुष, स्त्री तथा जवानहरूलाई आक्रमण गर्छ। यी “आखिरी दिन[का]” सबै समस्याहरूसित मिलेको यो बेरोजगारी अति गह्रौं भार साबित हुनसक्छ। (२ तिमोथी ३:१-५; प्रकाश ६:५, ६) विशेष गरेर “दीर्घकालीन बेरोजगारी[को]” स्थिति भोग्नु- पर्दा यसलाई असर गर्ने अरू तत्त्वहरू छैन भने पनि भर्खरै कामबाट विमुख हुनु परेकाहरूलाई भन्दा धेरैअघि काम गुमाउनेहरूलाई नोकरी पाउन गाह्रो पर्छ। दुःखको कुरा, केहीले फेरि कहिल्यै नोकरी पाउन सक्दैनन्‌।b

आजका बेरोजगारहरूमा भावनात्मक अस्थिरता, निराशा, बढ्‌दो उदासीनता तथा आत्मसम्मानको कमीका साथै मानसिक रोग र मनोवैज्ञानिक समस्याहरू बढ्‌दै गएको मनोविज्ञान विशेषज्ञहरू बताउँछन्‌। छोराछोरी भएको व्यक्‍तिले नोकरी गुमाउनुपर्दा तिनलाई असह्‍य पीडा हुन्छ। तिनीहरूका लागि संसार नै डुबे सरह हुन्छ। सुरक्षाको पर्खालै ढल्छ। वास्तवमा आज, केही विशेषज्ञहरू नोकरी गुम्ने “प्रत्याशित चिन्ता”-बारे बताउँछन्‌। यो चिन्ताले पारिवारिक सम्बन्धमा गहिरो असर पार्नसक्छ। अनि यसको परिणाम अति दुःखलाग्दो हुनसक्छ। यो कुरालाई बेरोजगार व्यक्‍तिहरूले हालै गरेको आत्महत्या दरले संकेत गर्नसक्छ। यसबाहेक, जवान मानिसहरूको हिंसा तथा तिनीहरू समाजबाट टाढिनुको सम्भाव्य कारणहरूले गर्दा नै पहिलो पटक जागिर पाउन गाह्रो हुन्छ।

‘विकृत प्रणालीका कैदीहरू’

ब्यूँझनुहोस्‌!-ले जागिर गुमाएका धेरै मानिसहरूसित अन्तरवार्ता लियो। पचास वर्षीय आरमान्दोले भने, “३० वर्षदेखि गर्दै आएको कामको प्रयत्नहरू विफल भएको देख्छु। अब फेरि त्यो प्रयास सुरुदेखि थाल्नु परेको छ।” त्यसैले आफूलाई “विकृत प्रणालीको कैदीजस्तो” भएको अनुभव गर्छु। फ्रान्केस्कोलाई ‘आफूमाथि संसार नै पल्टेको जस्तो लाग्यो।’ स्टेफानोले चाहिं “वर्तमान जीवनपद्धतिमा निराशै निराश छाएको अनुभव गरे।”

अर्कोतर्फ, लुसानो इटालीको अटोमोवाइल उद्योगको प्राविधिक प्रबन्धमा लगभग ३० वर्षदेखि कार्यरत थिए। त्यो कामबाट निकालिएपछि तिनले “धेरै वर्ष काम गरेको दौडान आफूले गरेको प्रयास, देखाएको इमानदार आचरण तथा विश्‍वसनीयता मूल्यहीन भएको देखेर रीस र भ्रान्ति अनुभव गरे।”

अनुमान र निराशाहरू

केही अर्थशास्त्रीहरूले एकदमै भिन्‍न परिस्थितिको कल्पना गरेका थिए। अर्थशास्त्री जोन मेनार्ड किन्सले अर्को ५० वर्षभित्र “सबैका लागि काम” हुनेछ भनी सन्‌ १९३० मा आशावादी अनुमान लगाए। अनि दशकौंदेखि पूर्ण रोजगार उपलब्ध गराउने लक्ष्य राखिएको छ। सन्‌ १९४५ मा संयुक्‍त राष्ट्र संघको बडापत्रले पूर्ण रोजगार चाँडै उपलब्ध गराउने लक्ष्य प्रस्तुत गऱ्‍यो। हालसम्म उन्‍नतिको अर्थ सबैका लागि जागिर तथा कम समयसम्म काम गर्नु हो भनी विश्‍वास गरिन्थ्यो। तर त्यस्तो भएको छैन। आइएलओले बताउँछ, गत दशकको गम्भीर आर्थिक ह्रासले “३० औं दशकको महामन्दीदेखि सुरु भएको विश्‍वव्यापी बेरोजगारी संकटलाई झन्‌ खराब बनाएको छ।” दक्षिण अफ्रिकामा ३० लाख अश्‍वेत अफ्रिकीलगायत कम्तीमा पनि ३०.६ लाख मानिसहरू कामबाट विमुख भए। जापानमा समेत गत वर्ष २० लाखभन्दा धेरै मानिसहरू कामबाट विमुख भएदेखि यो संकट देखा परिरहेको छ।

किन बेरोजगारीले यस्तो व्यापक महामारीको रूप लिएको? यसका लागि के कस्ता समाधानहरूको प्रस्ताव राखिएको छ?

[फुटनोटहरू]

a बेरोजगारी दर कुल बेरोजगार श्रमिकहरूको प्रतिशत हो।

b एक वर्षभन्दा अघि कामबाट विमुख भएकाहरू “दीर्घकालीन बेरोजगार” हुन्‌। युरोपेली संघका बेरोजगारहरूमध्ये आधा यस वर्गमा पर्छ।

[पृष्ठ २ र ३-मा भएका नक्साहरू]

क्यानाडा ९.६ प्रतिशत

सं.रा.अ. ५.७ प्रतिशत

कोलम्बिया ९ प्रतिशत

आयरल्याण्ड १५.९ प्रतिशत

स्पेन २३.९ प्रतिशत

फिनल्याण्ड १८.९ प्रतिशत

अल्बेनिया ३२.५ प्रतिशत

दक्षिण अफ्रिका ४३ प्रतिशत

जापान ३.२ प्रतिशत

फिलिपिन्स ९.८ प्रतिशत

अस्ट्रेलिया ८.९ प्रतिशत

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने