प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. ३
  • समस्यारहित प्रमोदवन—के सपना मात्र हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्यारहित प्रमोदवन—के सपना मात्र हो?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रमोदवन भनेको के हो?
  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • प्रमोदवन
    ब्यूँझनुहोस्‌!—२०१३
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • प्रमोदवन—तपाईंको लागि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. ३

समस्यारहित प्रमोदवन—के सपना मात्र हो?

“कत्ति शान्ति छ यहाँ!” सं.रा.अ. इदाहो प्रान्तस्थित रेडफिश तालमाथिको सल्लाघारीबाट देखिने दृश्‍यले मनमा साँच्चै निकै शान्ति मिल्छ। “मैले कल्पना गरेको प्रमोदवन जस्तै,” त्यस यात्रु भन्छन्‌।

भूमध्यसागरीय टापु साइप्रसको दक्षिणी तटमा सूर्यको किरण जगमगाइरहेको छ। समुद्रका लहरहरू तटलाई सुस्तरी छुँदै बहिरहेका छन्‌। चट्टानको ढिस्कोमाथि बनेको चमेनाघरबाट यो दृश्‍य हेरिरहेका आगन्तुक यसरी आफ्नो भाव व्यक्‍त गर्छन्‌: “आहा! प्रमोदवन!”

हामीमध्ये धेरैजसो यस्तै दृश्‍यहरू मनमा सँगाल्छौं। तर दिनहुँ सामना गर्नुपर्ने डरलाग्दा वास्तविकताहरूले अक्सर वरपरको प्रमोदवनरूपी वातावरणलाई फिक्का तुल्याउँछ भनेर स्थानीय बासिन्दाहरूलाई राम्ररी थाह छ। जस्तै, रक्की माउन्टेनको फेदमा लागेको डढेलो, माछा तथा अन्ततः मानिसलाई नै असर गर्ने समुद्री प्रदूषण अनि त्यसबाहेक ज्यानै जोखिममा पार्ने अन्तरराष्ट्रिय तथा मुलुकभित्रै हुने साम्प्रदायिक दंगाहरूको त कुरै नगरौं।

प्रमोदवन भनेको के हो?

प्रमोदवन भन्‍नेबित्तिकै तपाईं के सम्झनुहुन्छ? द न्यु शर्टर अक्सफोर्ड इंग्लिश डिक्सनरी-ले प्रमोदवनको पहिलो अर्थ यसरी दिएको छ: “उत्प[त्ति] २, ३ मा वर्णन गरिएको अदनको बगैंचा।” प्रथम पुरुष आदमलाई परमेश्‍वरले राख्नुभएको इलाकाबारे बाइबलको पहिलो पुस्तकमा गरिएको वर्णनलाई यसले संकेत गर्छ। त्यो मूल प्रमोदवनमा “हेर्नमा राम्रो र खानमा असल फल भए[का]” प्रशस्त रूखहरू थिए।—उत्पत्ति २:९.

दोस्रो अर्थमा उक्‍त शब्दकोशले “प्रमोदवन” शब्दलाई “मसीही तथा मुसलमान धर्ममा बताइएको स्वर्गलोक”-सित गाँसेको छ। तर त्यसपछि शब्दकोश थप्छ: “हाल यो मुख्यतः कविता[त्मक] ढंगमा प्रयोग गरिन्छ।” तथापि, माथि उल्लिखित यात्रु र आगन्तुकको विचारमा प्रमोदवन भनेको “सबैभन्दा सुन्दर वा रमणीय स्थल” हो। अनि यो उक्‍त शब्दकोशको तेस्रो अर्थसित मिल्छ।

बेलाइती दरबारका १६ औं शताब्दीतिरका नेता सर थोमस मोरले आफ्नो युटोपिया नामक पुस्तकमा सिद्ध व्यवस्था, सरकार तथा सामाजिक अवस्था भएको एउटा काल्पनिक मुलुकबारे व्याख्या गरे। यो अति अवास्तविक देखिएकोले आज वेब्स्टर्स न्यु कलिजिएट डिक्सनरी-ले “युटोपिया” शब्दको एउटा अर्थ “सामाजिक उत्थानको लागि अव्यवहारिक योजना” भनेर बताएको छ।

पिपल्स टेम्पल पन्थका गुरु जिम जोन्सका अनुयायीहरूका लागि युटोपिया भन्‍नु नै गायानाको जंगल फँडानी गर्नु थियो। तर दुःखको कुरा, सन्‌ १९७८ मा यो आशा गरिएको प्रमोदवन त्यही पन्थका ९०० जनाको चिहान हुन गयो! उफ्‌! कस्तो सिरिङ्‌ङ पार्ने घटना! फलतः प्रमोदवन भन्‍नु नै क्षुब्ध पार्ने तथा बेचैन काम गर्ने अनौठो पन्थ हो जस्तो कहिलेकाहीं मानिसहरूलाई लाग्दो रहेछ।

जहाँ जहाँ अपराध तथा हिंसाको डर, वयस्क तथा केटाकेटी सबै बिरामी हुने खतरा र घृणा तथा धर्मले गर्दा विभाजित समाजहरू छन्‌, त्यहाँको सुन्दर वातावरण अक्सर वास्तविकतालाई लुकाउन ओडाइएको रेशमी कपडाजस्तो मात्र भएको छ। त्यसैकारण, मानिसहरूले प्रमोदवनलाई केवल सपना ठान्‍नु कुनै अचम्म होइन! तर यसको बावजूद केही मानिसहरू प्रमोदवनको खोजीमा लागिरहेकै छन्‌, प्रमोदवन बनाउन खोजीरहेकै छन्‌। के तिनीहरू सफल भएका छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने