प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ६/८ पृ. ३-४
  • मौसमबारे कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मौसमबारे कुराकानी
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • मौसमलाई के भइरहेको छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • मौसम पूर्वानुमानको कला र विज्ञान
    ब्यूँझनुहोस्‌!—२००१
  • के बाइबलले चरम मौसमका पीडितहरूलाई मदत गर्न सक्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ६/८ पृ. ३-४

मौसमबारे कुराकानी

तपाईं जुनसुकै ठाउँको वा जोसुकै भए पनि मौसमले तपाईंको जीवनलाई असर गर्छ। गर्मी तथा घमाइलो दिनमा तपाईं पातलो लुगा लगाउनुहुन्छ। जाडो छ भने टोपी, कोट लगाउनुहुन्छ। पानी पऱ्‍यो भने नि? छाता ओड्‌नुहुन्छ।

कहिलेकाहीं हामी मौसम देखेर रमाउँछौं त कहिले दिक्क हुन्छौं। कहिलेकाहीं यसले आँधी, भुँवरी, खडेरी, सिरेटो वा मनसुनको रूपमा हत्याराको रूप धारण गर्छ। मन परोस्‌ या नपरोस्‌, रिसाओस्‌ या खुसाओस्‌, मौसमले जन्मेदेखि नमरुञ्जेल हाम्रो जीवनलाई असर गरिरहेको हुन्छ।

एक जनाले एकचोटि यस्तो व्यंग्य हानेका थिए: “मौसमबारे सबैले कुरा गर्छन्‌ तर कसैले केही गर्दैनन्‌।” निस्सन्देह, पहिलेदेखि नै मानिसहरूलाई मौसम फेरबदल गर्नु हाम्रो हातको कुरा होइन जस्तो लाग्थ्यो। तथापि, अचेल थुप्रै वैज्ञानिकहरूले त्यो कुरा पत्याउन छोडेका छन्‌। तिनीहरू भन्छन्‌, वायुमण्डलमा फ्याँकिएका कार्बन डाइअक्साइड तथा अन्य ग्याँसहरूले हावापानीमा दीर्घकालीन असर पारेर मौसममै हेरफेर गरिरहेका छन्‌।

विशेषज्ञहरूअनुसार यस्तो परिवर्तन हुनुको कारण के हो? सायद सबैभन्दा सटीक जवाफ मौसम परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको (आइ पी सि सि) होला जसले ८० वटा मुलुकबाट २,५०० भन्दा बढी मौसमविद्‌, अर्थविद्‌ तथा खतरा जाँचबुझ विशेषज्ञहरूको राय लिएको थियो। आइ पी सि सि-को १९९५ को प्रतिवेदनअनुसार पृथ्वीको हावापानी झन्‌ झन्‌ तातो हुँदै गइरहेको छ। आउँदो दशकसम्म पनि अवस्था यस्तै रहने हो भने पृथ्वीको तापक्रम ३.५ डिग्री सेल्सियससम्म बढ्‌नसक्ने सम्भावना छ।

एक दुई डिग्री तापक्रम बढेकोमा कुनै चिन्ता गर्नु पर्दैन जस्तो लाग्ला तर पृथ्वीको हावापानीमा यो सानो परिवर्तन पनि भयावह हुनसक्छ। आउँदो दशकको अवस्थाबारे थुप्रैले यस्तो कल्पना गरेका छन्‌।

मौसममा क्षेत्रीय अतिशय। कुनै कुनै इलाकाहरूमा लामो समयसम्म खडेरी पर्नसक्छ भने अरू ठाउँमा अत्यधिक वर्षा हुनसक्छ। आँधीबेह्री तथा बाढीले झन्‌ भयावह रूप लिनसक्छ अनि हुरीबतासले बढी क्षति पुऱ्‍याउनसक्छ। हाल बाढी तथा अनिकालले लाखौंको ज्यान लिइरहेका छन्‌ तर बढ्‌दो विश्‍व तापक्रमले अझ थुप्रैको ज्यान लिनसक्छ।

स्वास्थ्यप्रति बढ्‌दो खतरा। तापक्रमसित सम्बन्धित बिमारी तथा मृत्यु दर अकासिनसक्छ। विश्‍व स्वास्थ्य संघअनुसार औलो तथा डेंगजस्ता उष्णप्रदेशीय रोगहरू सार्ने कीराहरूबाट अझ धेरै क्षेत्र प्रभावित हुनसक्छ। यसका अलावा क्षेत्रीय वर्षा तथा हिमपातमा भएको फेरबदलले स्वच्छ पानीको कमी हुन्छ अनि त्यसले गर्दा पानी, भोजनद्वारा सर्ने रोग तथा परजीवीहरूको बिगबिगी हुनसक्छ।

प्राकृतिक बासस्थान खतरामा। न्यानो तापक्रम तथा वर्षामा हुने हेरफेरले गर्दा वायु तथा पानीलाई छान्‍ने जंगल अनि सिमसार खतरामा पर्नसक्छ। सानोतिनो कारणले पनि घरीघरी जंगल आगलागी हुने र त्यो पनि भयानक हुनसक्छ।

बढ्‌दो समुद्री सतह। समुद्र उर्लन नदिन निकै पैसा खर्च गरेर परियोजनाहरू तय नगर्ने हो भने होचो समुद्रीतटका मानिसहरू अन्यत्र बसाइँ सर्नुपर्ने छ। कुनै कुनै टापुहरू त चुर्लुम्मै डुब्नेछन्‌।

के त्यस्ता चिन्ताहरू मनासिब छन्‌? के पृथ्वीको तापक्रम बढ्‌दैछ? त्यसो हो भने, के त्यो मानिसहरूको दोष हो त? यो खतरनाक विषय भएको हुँदा विशेषज्ञहरूले एकदमै जोडदार तर्कवितर्क गर्नु कुनै अचम्मको कुरा होइन। यसपछिका दुइटा लेखले यससित सम्बन्धित केही विषयहरू र हाम्रो ग्रहको भविष्यबारे चिन्ता गर्नु खाँचो छ या छैन भनी केलाउनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने