प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ३/८ पृ. ४-६
  • परमेश्‍वरको उद्देश्‍य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको उद्देश्‍य के हो?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको उद्देश्‍य छ
  • समय बेकार भएन
  • परमेश्‍वरको हजार वर्षीय राज्य
  • यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुन्छ भनी भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • पृथ्वीको नयाँ शासक–परमेश्‍वरको राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!
    सबै दु:खकष्ट चाँडै अन्त हुनेछ!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ३/८ पृ. ४-६

परमेश्‍वरको उद्देश्‍य के हो?

सर्वशक्‍तिमान र मायालु परमेश्‍वर हुनुहोला कि नहोला भनेर थुप्रै मानिसहरूले शंका गर्छन्‌। तिनीहरू यस्तो प्रश्‍न गर्छन्‌: परमेश्‍वर हुनुहुन्छ भने उहाँले किन इतिहासभरि यतिका दुःखकष्ट र दुष्टता रहिरहने अनुमति दिनुभएको त? उहाँले आज हाम्रो वरिपरिका दुःखद्‌ स्थिति किन रहिरहन दिनुभएको? उहाँले विभिन्‍न राष्ट्रहरूमा भयावह गतिले बढिरहेको युद्ध, अपराध, अन्याय, गरिबी अनि अन्य आपद्‌विपद्‌हरू अन्त गर्न किन कुनै कदम चाल्नुहुन्‍न?

कसै कसैको भनाइअनुसार, परमेश्‍वरले ब्रह्‍माण्ड सृष्टि गर्नुभयो, पृथ्वीमा मानिसजातिलाई राख्नुभयो अनि तिनीहरूलाई आफ्नो कामकुरा आफै सञ्चालन गर्न दिनुभयो। यो भनाइअनुसार, मानिसहरूले आफूमाथि आफ्नै लोभ र लापरवाहीले गर्दा ल्याएको दुःख वा आपद्‌विपद्‌को लागि परमेश्‍वरलाई दोष दिनु मिल्दैन।

तथापि, कतिले यस्तो धारणा अस्वीकार गर्छन्‌। उदाहरणका लागि, परमेश्‍वरमा विश्‍वास राख्ने भौतिकशास्त्रका प्राध्यापक कानयर्ज हेरिनले यसो भने: “विभिन्‍न ऋतुहरूको चक्र सुरु गर्नुहुने तर अहिले ती चक्रहरू कसरी घुम्छ भनेर मानिसहरू रनभुल्लमा पर्दा चुपचाप बस्नुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ भन्‍ने धारणा मलाई चित्त बुझैको छैन। मलाई चित्त नबुझ्नुको एउटा कारण, ब्रह्‍माण्डका ‘चक्रहरूको’ कुनै पनि नमुना शतप्रतिशत सही छैन भनेर मेरो वैज्ञानिक अनुभवले देखाउनु हो। हाम्रा वैज्ञानिक सिद्धान्तहरूले . . . सधैं काँटछाँट गरिरहन्छ। तर मेरो विचारमा, त्यस्तो काँटछाँट गर्दा गर्दै पनि त्रुटिहरू भई नै रहन्छन्‌। समयको दौडान यसरी काँटछाँट गरिरहन सम्भव हुनसक्नुमा एउटा शक्‍ति छ भनेर विश्‍वास गर्नु मलाई उचित लाग्छ।”

परमेश्‍वरको उद्देश्‍य छ

परमेश्‍वरको सुरुको उद्देश्‍य पृथ्वीमा धार्मिक तथा सिद्ध मानिसहरू बसोबास गरून्‌ भन्‍ने थियो। अगमवक्‍ता यशैयाले यसो लेखे: “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ! जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।”—यशैया ४५:१८.

परमेश्‍वरले सारा मानिसहरू सृष्टि गर्नुको सट्टा एक जोडी मानिसले सन्तान जन्माएर पृथ्वी भरून्‌ भन्‍ने उद्देश्‍य राख्नुभयो। आदम र हव्वाले परमेश्‍वरविरुद्ध विद्रोह गर्दा यो प्रारम्भिक उद्देश्‍य विफल भएन। तर यसले गर्दा मानिसजाति र पृथ्वीप्रतिको उहाँको उद्देश्‍य पूरा गर्न कुनै कुनै कुराहरू काँटछाँट गर्नुपऱ्‍यो।

परमेश्‍वरले सुरुको ६,००० वर्ष मानवजातिलाई उहाँको प्रत्यक्ष निर्देशनबिना आफूखुसी गर्न दिनुभयो। हाम्रो प्रथम आमाबाबुले स्वेच्छाले यसै गर्न रोजेका थिए। (उत्पत्ति ३:१७-१९; व्यवस्था ३२:४, ५) यसरी परमेश्‍वरको निर्देशनबाट अलग हुनाले अनि परमेश्‍वरको सट्टा मानिसजातिले शासन गर्नाले के देखाउने थियो भने, मनिसले आफ्नो पाइला आफै डोऱ्‍याउन सक्दैन अनि सहमानवलाई सफलतापूर्वक शासन गर्न सक्दैन।

निस्सन्देह, यहोवालाई यो कुरा पहिल्यै थाह थियो। उहाँले यो कुरा बाइबल लेखकहरूलाई लेख्न प्रेरित गर्नुभयो। उदाहरणका लागि, अगमवक्‍ता यर्मियाले यसो लेखे: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

मानिसले सहमानवमाथि अधिकार जमाउन खोज्दा शताब्दीयौंपछिसम्म कस्तो दुःखद्‌ परिणाम हुन्छ, बुद्धिमान्‌ मानिस सुलेमानले बताए। “संसारमा यी सबै गरेका मैले मन लाएर हेरें। एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

तथापि, ‘मानिसहरू ऋतु कसरी परिवर्तन हुन्छ भनेर रनभुल्लमा पर्दा’ सर्वशक्‍तिमान्‌ परमेश्‍वर चुपचाप बस्नुहुन्‍न। सर्वशक्‍तिमान परमेश्‍वरले अधिकांश मानिसहरूको जीवनमा प्रत्यक्ष हस्तक्षेप नगरिकन हजारौं वर्षहरू बित्न दिनुको असल कारण छ।

समय बेकार भएन

हाम्रो औसतन १०० वर्षभन्दा कम आयुसँग तुलना गर्दा मानव इतिहासको बितेको ६,००० वर्ष धेरै लामो समयजस्तो लाग्नसक्छ। तर परमेश्‍वरको समय तालिका र समयप्रतिको दृष्टिकोणअनुसार यी हजारौं वर्षहरू छ दिनझैं मात्र हो—एक हप्ताभन्दा पनि कम! प्रेरित पत्रुसले बताए: “हे प्रिय हो, यो एउटा कुरो नबिर्स, कि प्रभुमा एक दिन हजार वर्षझैं र हजार वर्ष एक दिनझैं हुन्छ।”—२ पत्रुस ३:८.

त्यसपछि, पत्रुस परमेश्‍वरले हेलचेक्य्राइँ वा अल्याङटल्याङ गर्नुहुन्‍न भनेर बताउँछन्‌। तिनी भन्छन्‌: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिनीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.

अतः यतिका वर्षहरू बित्न दिनुभएपछि हाम्रो सुन्दर ग्रहमा भइरहेका लापरवाही सृष्टिकर्ताले हटाउनुहुनेछ। त्यतिखेरसम्म उहाँले मानिसलाई आफै शासन गर्न वा युद्ध, हिंसा, गरिबी, रोगबिमार र अन्य दुःखकष्टका कारणहरू निर्मूल गर्ने प्रशस्त समय दिइसक्नुभएको हुनेछ। तब परमेश्‍वरले मानिसजातिलाई सुरुमा भन्‍नुभएको कुरा सत्य साबित हुनेछ अर्थात्‌ सफल जीवनको लागि तिनीहरूले ईश्‍वरीय निर्देशन पालन गर्नैपर्छ।—उत्पत्ति २:१५-१७.

बाइबल भविष्यवाणीहरूको पूर्तिअनुसार अहिले हामी अभक्‍त रीतिरिवाजको “आखिरी दिन[को]” एकदमै अन्तमा बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५, १३; मत्ती २४:३-१४) अब परमेश्‍वरले मानिसजातिलाई लामो समयसम्म उहाँबाट स्वाधीन भएर शासन गर्न दिनुहुने छैन साथै दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुने छैन। (दानियल २:४४) अब चाँडै जगत्‌मा कहिल्यै नभएको महा संकष्ट आउनेछ र आरमागेडोन भनिने “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको ठूलो दिनको लड़ाइँ” हुनेछ। (प्रकाश १६:१४, १६) यो ईश्‍वर-निर्देशित लडाइँमा परमेश्‍वरले सृष्टि गर्नुभएको पृथ्वी नष्ट हुनेछैन तर ‘पृथ्वीका नष्टकारीहरूलाई नष्ट गरिनेछ।’—प्रकाश ११:१८.

परमेश्‍वरको हजार वर्षीय राज्य

आरमागेडोनको अन्तपछि पृथ्वीमा लाखौं मानिसहरू जीवितै हुनेछन्‌। (प्रकाश ७:९-१४) त्यतिखेर हितोपदेश २:२१, २२ को भविष्यवाणी पूरा हुनेछ। त्यहाँ यसो भनिएको छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”

परमेश्‍वरको इच्छाअनुसार आरमागेडोनको धार्मिक युद्धपछि हजार वर्षीय विशेष समय सुरु हुनेछ। (प्रकाश २०:१-३) यो समयमा परमेश्‍वरको पुत्र येशू ख्रीष्टले परमेश्‍वरको स्वर्गीय राज्यको राजाको हैसियतमा हजार वर्ष शासन गर्नुहुनेछ। (मत्ती ६:१०) पृथ्वीमा यो आनन्दमय परमेश्‍वरको राज्य शासनअन्तर्गत लाखौं मानिसहरू मृत्युको निद्राबाट पुनरुत्थान हुनेछन्‌ अनि आरमागेडोनमा बाँचेका लाखौं मानिसहरूसँग भेट्‌नेछन्‌। (प्रेरित २४:१५) तिनीहरू बिस्तारै सिद्ध हुनेछन्‌ अनि ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा आदम र हव्वाका सन्तति अर्थात्‌ सिद्ध भएका पुरुष तथा स्त्रीहरूले पृथ्वी भरिनेछ। तब परमेश्‍वरको उद्देश्‍य गौरवमय अनि सफलतापूर्वक पूरा हुनेछ।

हो, परमेश्‍वरको उद्देश्‍यअनुसार “ ‘उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ औ सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ ” (प्रकाश २१:४, ५) निस्सन्देह, यो उद्देश्‍य निकट भविष्यमा पूरा हुनेछ।—यशैया १४:२४, २७.

[पृष्ठ ५-मा भएको चित्र]

परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा मानिसहरू सदा सर्वदा आनन्दसाथ रहनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने