प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ३/८ पृ. ७-९
  • एकमात्र सत्य परमेश्‍वरलाई चिन्‍नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकमात्र सत्य परमेश्‍वरलाई चिन्‍नु
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरलाई चिनाउने नाउँ
  • जेहोभा कि याहवे?
  • के यसले कुनै फरक पार्छ?
  • सत्य परमेश्‍वरका गुणहरू
  • सत्य परमेश्‍वर प्रकट गरिन्छ
  • यहोवा को हुनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वर–उहाँ को हुनुहुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ३/८ पृ. ७-९

एकमात्र सत्य परमेश्‍वरलाई चिन्‍नु

मानिसजाति अस्तित्वमा आएदेखि तिनीहरूले धेरै देवताहरूको उपासना गर्दै आएका छन्‌। संसारभरि उपासना गरिने देवताहरू यत्ति धेरै छन्‌ कि तिनीहरूको ठीक गन्ती गर्नैसकिंदैन—लाखौं छन्‌।

परमेश्‍वर हुनुहुन्छ भनेर पक्का भएपछि हामी यो प्रश्‍न सोध्छौं, अहिले अनि पहिलेका समयमा संसारभरि उपासना गरिने देवताहरूमध्ये कुन चाहिं सत्य परमेश्‍वर हो? सत्य परमेश्‍वर भनेर चिन्‍न सकिने एकजना मात्र हुनुहुन्छ भनेर बाइबलमा यूहन्‍ना १७:३ मा राम्ररी वर्णन गरिएको छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”

परमेश्‍वरलाई चिनाउने नाउँ

व्यक्‍तित्व भएका कुनै पनि देवतालाई अन्य देवताहरूबाट छुट्टयाउन व्यक्‍तिगत नाउँ हुनु उचित हो। तिनका उपासकहरूले राखिदिएका नाउँभन्दा देवता आफैले राखेको नाउँ उपयुक्‍त हुन्छ।

तथापि, यस सन्दर्भमा एउटा बुझ्नै नसकिने तथ्य निस्कन्छ। प्रचलित धर्महरूले आफ्ना देवताहरूलाई व्यक्‍तिगत नाउँ दिएका छन्‌ भने यहूदीहरू र मसीहीजगत्‌का चर्चहरूले तिनीहरूले उपासना गर्ने देवतालाई व्यक्‍तिगत नाउँले चिन्‍न सकेका छैनन्‌। बरु, तिनीहरूका देवताहरूलाई प्रभु, परमेश्‍वर, सर्वशक्‍तिमान्‌ र पिता जस्ता पदहरू चलाउँछन्‌।

थियोलोजि पुस्तकमा लेखक डेभिड क्लाइन्स यसो भन्छन्‌: “सा.यु. पाँचौं र दोस्रो शताब्दीको बीचतिर परमेश्‍वरको नाउँलाई चलनचल्तीबाट हटाउने दुःखदायी कुरा भयो। वास्तवमा, यहूदीहरूले परमेश्‍वरको व्यक्‍तिगत नाउँ याहवे चलाउन छोडेर परमेश्‍वर, प्रभु, त्यो नाउँ, पवित्र जन, उहाँको उपस्थिति र त्यो ठाउँ जस्ता पदावली चलाएर याहवेलाई चिनाउन थाले। बाइबलका पदमा याहवे लेखेको भए तापनि पाठकहरूले त्यसलाई एडोनाइ भनेर उच्चारण गर्थे। मन्दिरको विनाशपश्‍चात्‌ धार्मिक पर्वहरूमा नाउँ चलाउन बन्द गरेपछि, नाउँ उच्चारण गर्नसमेत बिर्से।” तथापि कट्टर यहूदीहरूले खासमा कहिलेदेखि परमेश्‍वरको नाउँ उच्चारण गर्न छाडे र त्यसको सट्टा परमेश्‍वर अनि सार्वभौम प्रभुको नाउँ हिब्रूमा लेख्न थाले, त्यसबारे कसैले पनि पक्कासित भन्‍न सक्दैन।

त्यसो भए, “एकमात्र सत्य परमेश्‍वरलाई” चिन्‍ने सबैभन्दा पहिलो आवश्‍यकता उहाँको नाउँ जान्‍नु हो। उहाँको नाउँ पत्ता लगाउन धेरै गाह्रो छैन कारण सर्वशक्‍तिमान्‌ परमेश्‍वर, सृष्टिकर्ताको नाउँ भजनसंग्रह ८३:१८ मा स्पष्ट अनि सरल ढंगमा लेखिएको छ: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ जेहोभा हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—किंग जेम्स भर्सन।

जेहोभा कि याहवे?

किंग जेम्स भर्सन र अन्य बाइबल अनुवादहरूमा जेहोभा नाउँ प्रयोग गरिए तापनि कसै कसैले जेहोभाको सट्टा याहवे नै चलाउन मन पराउँछन्‌। कुन नाउँचाहिं ठीक हो त?

पुरातन समयको बाइबलका हस्तलेखहरू हिब्रू भाषामा लेखिएको थियो। हिब्रू शास्त्रमा ईश्‍वरीय नाउँ लगभग ७,००० पटक प्रयोग गरिएको छ अनि YHWH अथवा JHVH व्यञ्जन वर्णहरूले लेखिएका छन्‌। यी चार व्यञ्जन वर्णहरूलाई साधारणतया टेट्राग्रामाटन वा टेट्राग्राम भनिन्छ। यी “चार अक्षरहरू” अर्थ बुझाउने शब्द दुइटा युनानी शब्दबाट लिइएको हो। अब यसको सही उच्चारण गर्नुबारे समस्या उठ्‌छ कारण प्रारम्भिक हिब्रू लेखोटमा पाठकहरूलाई निर्देशन दिने स्वर वर्ण नभएर व्यञ्जन वर्णहरू हुन्थ्यो। यसकारण यो टेट्राग्रामाटनको उच्चारण याहवे हुन्छ वा जेहोभा, यी चार व्यञ्जन वर्णहरूमा पाठकहरूले प्रयोग गर्ने स्वर वर्णहरूमा भर पर्छ। आज धेरै हिब्रू विद्वान्‌हरूले याहवेलाई नै ठीक उच्चारण मान्छन्‌।

तथापि, धेरैजसोले जेहोभालाई नै सही उच्चारण मान्छ। कुन तरिकामा? अंग्रेजीमा जेहोभालाई नै सही उच्चारणको रूपमा स्वीकारिएको शताब्दीयौं भइसक्यो। यो उच्चारणलाई गलत भन्‍नेहरूले जेरिमायाह अनि जिजसको उच्चारण पनि गलत हो भन्‍नुपर्छ। जेरिमायाहलाई मूल हिब्रू उच्चारणहरू यिर्मेयाह वा यिर्मेयाहु अनि जिजसलाई येशुआ (हिब्रू) वा आइसोस्‌ (युनानी) गर्नुपर्ने हुन्छ। तसर्थ, यहोवाका साक्षीहरूलगायत धेरै बाइबल विद्यार्थीहरू अंग्रेजी भाषामा र अरू भाषाहरूमा पनि मिल्दोजुल्दो जेहोभा प्रयोग गर्नु नै ठीक ठान्छन्‌।

के यसले कुनै फरक पार्छ?

सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई व्यक्‍तिगत नाउँले नपुकारे पनि केही फरक पर्दैन भनेर कसै-कसैले तर्क गर्छन्‌। तिनीहरू परमेश्‍वरलाई पिता वा केवल परमेश्‍वर भनेर बोलाउनुमा नै सन्तुष्ट छन्‌। तथापि, यी दुवै पदहरू व्यक्‍तिगत र चिनाउने नाउँहरू नभएर उपाधि मात्र हुन्‌। बाइबलकालीन समयमा परमेश्‍वरको (‘इलोहिम’, हिब्रू) निम्ति प्रयोग गरिने शब्द, पलिश्‍तीहरूका झूटा देवता दागोनजस्ता अन्य कुनै पनि देवतालाई चिनाउनको निम्ति पनि प्रयोग गरिन्थ्यो। (न्यायकर्त्ता १६:२३, २४) यसकारण कुनै हिब्रूले पलिश्‍तीलाई आफूले उपासना गर्ने परमेश्‍वरको नाउँ उच्चारण नगरी “परमेश्‍वरको” उपासना गर्छु भन्दा उसले उपासना गर्ने सत्य परमेश्‍वरलाई पलिश्‍तीले चिन्‍न सक्दैनथ्यो।

सन्‌ १८७४ को दी इम्पेरियल बाइबल-डिक्सनरी-मा दिएको यो टिप्पणी चाखलाग्दो छ: “व्यक्‍तित्व भएको परमेश्‍वरलाई चिनाउन [यहोवा] नै व्यक्‍तिवाचक नाउँ हो। तर अर्कोतिर इलोहिम जातिवाचक नाम भएकोले सर्वश्रेष्ठलाई मात्र यसले संकेत गर्छ भन्‍ने छैन। . . . हिब्रूले झूटा देवताहरूलाई नभएर सत्य परमेश्‍वरलाई चिनाउन एकमात्र इलोहिम भन्‍न सक्छ तर तिनले कहिल्यै पनि एकमात्र जेहोभा भन्दैनन्‌ कारण जेहोभा सत्य परमेश्‍वरको मात्र नाउँ हो। तिनले बारम्बार मेरो परमेश्‍वर भन्छन्‌ . . . ; तर मेरो जेहोभा कहिल्यै भन्दैनन्‌ कारण मेरो परमेश्‍वर भन्‍नको मतलब जेहोभालाई संकेत गर्नु हो। तिनले इस्राएलको परमेश्‍वर भन्छन्‌ तर इस्राएलको जेहोभा कहिल्यै भन्दैनन्‌ किनभने जेहोभा एउटै मात्र हुनुहुन्छ। तिनी जीवित परमेश्‍वरबारे बताउँछन्‌ तर जीवित जेहोभाबारे कहिल्यै बताउँदैनन्‌ किनभने तिनले जेहोभालाई बाहेक अरू कसैलाई पनि जीवित भन्‍न सक्दैनन्‌।”

सत्य परमेश्‍वरका गुणहरू

कसैको नाउँ थाह पाउँदैमा तिनलाई राम्ररी चिन्छु भन्‍नु मिल्दैन। हामीमध्ये धेरैजसोले प्रख्यात राजनीतिज्ञहरूको नाउँ जान्दछौं। भिन्दै देशमा बस्ने प्रतिष्ठित पुरुष अनि स्त्रीहरूका नाउँ पनि हामीलाई राम्ररी थाह छ। तर तिनीहरूको नाउँ जानेर वा राम्ररी उच्चारण गर्न जानेर मात्र यी मानिसहरूलाई व्यक्‍तिगत रूपमा चिन्छु वा तिनीहरू कस्ता किसिमका मानिसहरू हुन्‌, त्यसबारे पनि जान्दछु भन्‍नु मिल्दैन। त्यस्तै गरी, एकमात्र सत्य परमेश्‍वरलाई चिन्‍न, उहाँका गुणहरू जान्‍न र ती गुणहरूको प्रशंसा गर्नु आवश्‍यक छ।

कुनै पनि मानवले सत्य परमेश्‍वरलाई देख्न नसके तापनि उहाँले हाम्रो निम्ति बाइबलमा आफ्नो व्यक्‍तित्वबारे धेरै विवरणहरू बताउनु भएको छ। (प्रस्थान ३३:२०; यूहन्‍ना १:१८) कुनै-कुनै हिब्रू भविष्यवक्‍ताहरूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वरको स्वर्गीय न्यायालयको प्रेरित दर्शनहरू दिइएको थियो। तिनीहरूको व्याख्याले ठूलो प्रतिष्ठा, विस्मयकारी महिमा र शक्‍ति मात्र चित्रित नगरेर निर्मलता, सुव्यवस्था, सौन्दर्य अनि रमाइलोपन चित्रित गर्छ।—प्रस्थान २४:९-११; यशैया ६:१; इजकिएल १:२६-२८; दानियल ७:९; प्रकाश ४:१-३.

यहोवा परमेश्‍वरले आफ्ना आकर्षक र मोहक गुणहरू मोशालाई बताउनु भएको थियो। ती गुणहरू प्रस्थान ३४:६, ७ मा यसरी रेकर्ड गरिएका छन्‌: ”परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने।” परमेश्‍वरका यी गुणहरू जान्दा हामी उहाँको नजिक हुन्छौं र उहाँलाई व्यक्‍तिगत तवरमा अझ बढी जान्‍न इच्छुक बनाउँछ भनेर के तपाईं सहमत हुनुहुन्‍न र?

उहाँको उज्ज्वल महिमामा यहोवा परमेश्‍वरलाई कुनै पनि मानिसले देख्न नसके तापनि येशू ख्रीष्टले यस पृथ्वीमा हुनुहुँदा आफ्नो स्वर्गमा हुनुहुने पिता, यहोवा परमेश्‍वरको गुण झल्काउनु भएको थियो भनेर रेकर्ड गरिएको छ। एक चोटि येशूले यसो भन्‍नुभयो: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्‍तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।”—यूहन्‍ना ५:१९.

यसकारण, येशूले देखाउनुभएको दया, अनुकम्पा, कोमलता, स्नेह अनि धार्मिकताप्रति प्रेम र दुष्टताप्रति घृणाजस्ता गुणहरू यस पृथ्वीमा आउनुभन्दा अघि स्वर्गीय न्यायालयमा आफ्नो पिता, यहोवा परमेश्‍वरसँग हुनुहुँदा, यहोवामा देख्नुभएका गुणहरू यही नै हो भनेर हामी अनुमान लगाउन सक्छौं। यसरी जब हामी यहोवाको नाउँको अर्थ पूर्णरूपमा बुझ्छौं तब त्यस पवित्र नाउँलाई प्रेम गर्ने र पवित्र पार्ने, त्यसको स्तुती गर्ने र उच्च पार्ने अनि त्यसमा भरोसा गर्ने हामीसँग यथेष्ट कारण हुन्छ।

एकमात्र सत्य परमेश्‍वरलाई यसरी चिन्‍नु सधैंभरि चलिरहने प्रक्रिया हो भनेर पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद-को यूहन्‍ना १७:३ मा स्पष्टसँग बताइएको छ। यहाँ “चिन्‍नु” क्रियापदको कालले धेरै मदत गर्छ कारण सामान्य वर्तमान कालको सट्टा अपूर्ण वर्तमान कालको प्रयोग गरिएको छ। तसर्थ, हामी पढ्‌छौं: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” हो, एकमात्र सत्य परमेश्‍वर, यहोवा र उहाँको पुत्र, येशू ख्रीष्टको ज्ञान लिइरहनु एउटा यस्तो प्रक्रिया हो जुन सधैंभरि चलिरहन्छ।

सत्य परमेश्‍वर प्रकट गरिन्छ

यसरी सत्य परमेश्‍वर र धेरै झूटा देवताहरू बीच सुस्पष्ट भिन्‍नता छ। उहाँ पृथ्वी र त्यसमा भएका मानिसजातिलगायत सारा ब्रह्‍माण्डको सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ। उहाँको अनुपम व्यक्‍तिगत नाउँ यहोवा अथवा याहवे हो। उहाँ रहस्यमय त्रिमूर्ति वा त्रिएकको भाग हुनुहुन्‍न। उहाँ प्रेमको परमेश्‍वर हुनुहुन्छ र आफ्नो मानव सृष्टिको भलाइ चाहनुहुन्छ। तर उहाँ न्यायको परमेश्‍वर पनि हुनुहुन्छ अनि पृथ्वीलाई बिगार्ने र युद्ध अनि हिंसा फैलाउनेहरूलाई सधैंभरि रहन दिनुहुनेछैन।

यहोवाले पृथ्वीबाट दुष्टता र दुःख हटाउने मात्र नभई यसलाई नम्र मानिसहरू खुसीसाथ सधैंभरि जीवित रहन सक्ने प्रमोदवन पनि बनाउने उहाँको अठोट प्रकट गर्नुभएको छ। (भजन ३७:१०, ११, २९, ३४) सर्वशक्‍तिमान्‌ परमेश्‍वरले आफ्नो पुत्र, येशूलाई परमेश्‍वरको राज्यको स्वर्गीय राजाको हैसियतमा स्थापित गर्नुभएको छ र चाँडै नै येशूले धार्मिकताको त्यस नयाँ संसारमा हाम्रो पृथ्वीलाई प्रमोदवन बनाउनु हुनेछ।—दानियल २:४४; मत्ती ६:९, १०.

के परमेश्‍वर हुनुहुन्छ? भन्‍ने प्रश्‍नको उत्तर दिन र सत्य परमेश्‍वरलाई चिन्‍न तपाईंलाई अब सजिलो भयो भन्‍ने आशा छ।

[पृष्ठ ९-मा भएको चित्र]

येशू ख्रीष्टले यहोवालाई एकमात्र सत्य परमेश्‍वरको रूपमा चिनाउनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने