प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ३/८ पृ. १६-१९
  • हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • फेसनले के देखाउँछ?
  • यो लुगा लगाउने स्टाइलहरूलाई के भएको?
  • किन आफू र आफ्नो पहिचानसित यस्तो मोह?
  • के मेरो पहिरन उपयुक्‍त छ?
  • ‘सरलता साथ’ लुगा लगाउनुहोस्‌
  • के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • स्वच्छताले यहोवाको महिमा गर्छ
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ३/८ पृ. १६-१९

हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?

“खै के लाउने!” के यो कुरा तपाईंलाई कता कता सुनेजस्तो लाग्छ? निस्सन्देह, आजका पोसाक घरहरू तपाईंलाई मदत गर्न र भन्‍ने हो भने, आएका नयाँ नयाँ डिजाइनका पोसाकहरू देखाएर तपाईंलाई झन्‌ अलमल्लमा पार्न तत्पर छन्‌।

अझ त्यसमाथि आजकालको फेसन चट्ट मिलेको लुगा नभई मनपरी लगाउने भएकोले के लगाउने भनी निर्णय गर्न झनै गाह्रो पर्नसक्छ। यस ९० को दशकमा चलिरहेको उल्टो स्टाइलहरूबारे एक फेसन सम्पादकले यसो लेखे: “आजकाल निराश, पाको देखिनुका साथै खुइलिएको र थोत्रो लुगा लगाउनु समयको माग मात्र नभई कुनै अनौठो कुरा होइन भनी थाह पाउँदा ढुक्क लाग्नसक्छ।”

हो, अचेलका प्रभावशाली विज्ञापन, टिभीका लोकप्रिय नायक नायिकाहरू, साथीहरू, आफ्नो प्रचारप्रसार आफै गर्ने तथा आफूलाई लोकप्रिय बनाउने धुनमा जवानहरूले आफ्नो पहिरनमा विशेष जोड दिन्छन्‌। फेसन चलेको लुगा लगाउन तिनीहरूमध्ये कोही कोही त चोर्नसमेत पछि पर्दैनन्‌।

सन्‌ १९९० को दशकका थुप्रै लोकप्रिय स्टाइलहरू पहिलादेखि चली आएको भन्दा बेग्लै गर्न खोज्छन्‌, जस्तै १९६० को दशकका हिप्पी। दाह्री पाल्ने, गुजुल्टो परेको लामो कपाल अनि मैलो र खुज्मुज्जिएको लुगाले परम्परागत मूल्य मान्यतालाई तिरस्कार गरेको बुझाउँथ्यो। तर परम्परागतभन्दा बेग्लै प्रकारको पहिरन लगाउँदा पनि तिनीहरूले नयाँ प्रकारको दबाब सामना गर्नुपऱ्‍यो। त्यो हो, साथीहरूको दबाब।

साधारणतया, आजभोलि पहिरन आफ्नो परिचय दिने प्रभावशाली माध्यम भएको छ। लुगाहरू र अझ विशेषगरि टिसर्टहरू अप्रत्यक्षरूपमा लोकप्रिय खेल तथा खेलाडीहरूको विज्ञापन गर्ने विज्ञापनपाटी भएका छन्‌ साथै हाँसो, निराशा, रिस, नैतिक वा अनैतिक तथा व्यवसायिक वस्तुहरूको विज्ञापन गरिन्छ। वा तिनीहरू स्तब्ध गर्ने खालका हुन्छन्‌। हालैको न्यूजवीक पत्रिकाको शीर्षसमाचारलाई विचार गर्नुहोस्‌: “किशोरहरूले फेसनद्वारा क्रूरता देखाउन खोज्छन्‌।” त्यस लेखमा आफ्नो टिर्सटबारे बताइरहेका २१ वर्षीयलाई उद्धृत गरिएको छ: “मैले लगाएको टिसर्ट हेरेर मानिसहरूले मेरो मुडबारे थाह पाऊन्‌ भन्‍ने चाहन्छु। मलाई कसैले पनि कचकच गरेको मन पर्दैन। म एक्लै रमाउन चाहन्छु।”

टिसर्टको अगाडि तथा पछाडि लेखिएका कुराहरू मान्छेपिच्छे फरक फरक हुनसक्छन्‌। तैपनि एउटा समूहले जसो जसो गर्छ, त्यसै गर्ने वा आज व्याप्त विद्रोही मनोभाव, जस्तै, मवाद, जस्तो गरे पनि हुन्छ वा हिंसा आजको फेसनमा स्पष्ट देखिन्छ। एक जना डिजाइनरले आफ्ना ग्राहकहरूको मागअनुसार लुगामा बन्दुकका प्वालहरू बनाइ दिन्छन्‌। तिनी भन्छन्‌: “तिनीहरूले हाते बन्दुकको प्वाल, राइफलको प्वाल वा मेशिन गनको प्वाल, कुन गर्ने हो छान्‍नसक्छन्‌। यो एक प्रकारको फेसन हो।”

फेसनले के देखाउँछ?

अस्ट्रेलियाको सिड्‌नीस्थित पावरहाउस संग्रहालयमा फेसनका संग्रहपाल जेन डे टेलिगा भन्छिन्‌: “साधारणतया तपाईंको पहिरनले तपाईं कुन जातको हुनुहुन्छ भनी समाजलाई बताउँछ।” तिनी अझ यसो भन्छिन्‌: “तपाईं आफूलाई कुन जातको भनी चिनाउन चाहनुहुन्छ त्यहीअनुसार लुगा लगाउनुहुन्छ।” सिड्‌नी विश्‍वविद्यालयका मनोवैज्ञानिक प्राध्यापक डा. डायना केनीका अनुसार मानिसहरूको वर्गीकरण गर्न पहिरन पनि धर्म, सम्पत्ति, जागिर, जात, शिक्षा तथा घरको ठेगाना जत्तिकै महत्त्वपूर्ण छ। जेट पत्रिकाअनुसार संयुक्‍त राज्य अमेरिकामा प्रायः गोरा केटाकेटीहरू मात्र पढ्‌ने स्कूलका “गोरा केटीहरूले कालाहरूले जस्तै कपाल मसिनो मसिनो गरी बाट्‌दा, ह्वार्लाङ्‌ङ परेको लुगा लगाउँदा र अन्य ‘हिप-हप’ फेसन गर्दा” जातीय तनाउ भयो “किनभने त्यस्तो प्रकारको फेसन विशेषतः कालाहरूले मात्र गर्छन्‌।”

केही जनजातिहरूमा आफ्नो जातप्रतिको वफादारी संगीतको क्षेत्रमा पनि स्पष्ट देखिन्छ। जस्तै मेक्लिन पत्रिका भन्छ: “प्रायजसो अवस्थामा लुगा लगाउने स्टाइल आ-आफ्नो जातको संगीतअनुसार हुन्छ। रेगे प्रेमीहरूले चहकिलो रंग लगाउनुका साथै जमैकाको टोपी लाउँछन्‌ भने ग्रन्ज रक रुचाउनेहरूले चाहिं हिउँमा लगाउने बाक्लो लामो मोजा र चारखाने ऊनी कमिज लगाउँछन्‌।” तर लुगा लगाउने स्टाइल फ्याङल्याङ्‌ङ, खुइलिएको, झुत्रेझाम्रे देखिने जस्तो भए तापनि निकै पैसा लाग्नसक्छ।

यो लुगा लगाउने स्टाइलहरूलाई के भएको?

स्तम्भकार उडी होस्चवेन्डर भन्छन्‌, “तपाईंले सोचेभन्दा सबै कुरा उल्टो हुनसक्छ। कुनै समय चिटिक्क सुकिलो पहिरन लगाउने केटाहरूको फेसन झन्‌ झनै फ्याङल्याङ्‌ङ भएर गएका छन्‌। . . . एकदमै फ्याङल्याङ्‌ङ मनपरी देखिनुपर्छ।” कहिलेकाहीं लुगा लगाउने यो ढंगले आफूबाहेक अरू कुनै कुरामा वास्ता नभएको मनोवृत्ति झल्काउँछ। वा यसले आत्मसम्मानको कमी वा अरूको निम्ति आदर नभएको देखाउनसक्छ।

विद्यार्थीहरूले शिक्षकहरूबारे के सोच्छन्‌ भन्‍नेबारे पर्सेप्चुयल एण्ड मोटर स्किल्स्‌ पत्रिकाले भन्छ, “जीन्स लाउने शिक्षक रमाइलो खालको हुन्छ भन्ठाने तापनि तिनको विचारलाई त्यति कदर गरिंदैन र केही थाह नभएको शिक्षकको रूपमा लिइन्छ।” सोही पत्रिकाले “जीन्स लगाउने शिक्षिका ठट्टा गर्ने, कुरा गर्न सजिलो, पर्याप्त ज्ञान नभएकी, त्यति आदर योग्य नभएकी, शिक्षिकजस्तो नदेखिने र साधारणतया सबैले मन पराउने व्यक्‍तिको रूपमा लिइन्छ” भनी टिप्पणी गऱ्‍यो।

तर, व्यापारी दुनियाँमा अर्कै प्रकारको फेसन गरिन्छ। त्यो हो: अरूको ध्यान खिच्ने पहिरन लगाउने। हालका वर्षहरूमा थुप्रै महिलाहरू उच्च ओहदामा पुग्न चाहन्छन्‌। एक प्रकाशन गृहका प्रबन्धक मारीले भनिन्‌, “म अरूको ध्यान खिच्ने लुगा लगाउँछु।” तिनी अझ यसो भन्छिन्‌: “मलाई सबैले हेरोस्‌ भन्‍ने चाहन्छु। म आफूलाई अत्यन्तै आकर्षक ढंगमा प्रस्तुत गर्न चाहन्छु।” मारीले इमानदारपूर्वक आफ्नै कुरा मात्र सोच्ने गरेको बताइन्‌।

लोकप्रिय फेसनहरू निश्‍चय पनि चर्चहरूमा पनि पाइन्छ। नयाँ नयाँ फेसनअनुसार लुगा लगाउन सौखिनहरूले आफ्नो लुगाको प्रदर्शनी चर्चमा नगरेका पनि होइनन्‌। तैपनि, अचेल जामा लगाएका पादरीहरूले माथि मञ्चबाट तल हेर्दा मानिसहरू जीन्स, स्पर्टस शुज वा अन्य फेसनदार लुगा लगाएको देख्छन्‌।

किन आफू र आफ्नो पहिचानसित यस्तो मोह?

विशेषगरि युवा वर्गहरूमाझ फेसनदार पहिरन अहंवादको चिह्न हो भनी मनोवैज्ञानिकहरू भन्छन्‌। तिनीहरू अरूले आफूलाई हेरोस्‌ भन्‍ने चाहन्छन्‌। “अरूको ध्यानको वस्तु हुन चाहनु वयस्कहरूको एउटा पुरानो रोग हो।” अनि तिनीहरूले यसो भनिरहेका हुन्छन्‌: “लाग्छ, म जसरी आफूसित मोहित छु, त्यसरी नै तपाईं पनि मसित मोहित हुनुहुन्छ।”—अमेरिकन जर्नल अफ अर्थोसाइक्यार्टि।

परमेश्‍वरलाई बेवास्ता गरेर मानिसहरूलाई माथि उचाल्ने दर्शनहरूले यस ब्रह्‍माण्डमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै व्यक्‍तिविशेष हो भन्‍ने विचारलाई (प्रायः व्यवसायिक समर्थन पनि पाएका हुन्छन्‌) जोड दिन्छन्‌। समस्या के भयो भने अहिले संसारमा “सबैभन्दा महत्त्वपूर्ण” व्यक्‍तिहरू झन्डै छ अरब पुगिसक्यो। मसीहीजगत्‌का लाखौं मानिसहरू “तुरुन्तातुरुन्तै असल जीवन” हासिल गर्न पैसाको पछि दौडिरहेका छन्‌। (२ तिमोथी ३:१-५ तुलना गर्नुहोस्‌।) अझ यसमाथि पारिवारिक एकता अनि साँचो प्रेमको कमीले गर्दा थुप्रै युवाहरू आफ्नो पहिचान र सुरक्षाको निम्ति जे पनि गर्न तयार हुनु छक्कलाग्दो कुरा होइन।

तथापि, आफ्नो पहिरन र परमेश्‍वरसितको सम्बन्धबारे चिन्तित व्यक्‍तिहरूले स्वाभाविकतः यस्तो प्रश्‍न गर्छन्‌: मैले कुन हदसम्म चलिरहेको फेसनलाई पछ्याउनु बेस हुन्छ? मेरो पहिरन उपयुक्‍त छ भनेर मैले कसरी थाह पाउनसक्छु? मेरो पहिरनले भ्रमात्मक वा गलत संकेतहरू दिइरहेका छन्‌ कि?

के मेरो पहिरन उपयुक्‍त छ?

हामी कस्तो लुगा लगाउँछौ, त्यो निस्सन्देह व्यक्‍तिगत छनौटको कुरा हो। हाम्रो आय स्रोत फरक फरक भएझैं हाम्रो लुगा लगाउने स्टाइल पनि मान्छेपिच्छे फरक हुन्छ। अनि चलनहरू पनि ठाउँ, देश तथा मौसमअनुसार फरक फरक हुन्छन्‌। तर तपाईंको अवस्था जस्तै भए तापनि यस सिद्धान्तलाई मनमा राख्नुहोस्‌: “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” (उपदेशक ३:१) अर्को शब्दमा भन्‍ने हो भने, समयअनुसार लुगा लगाउनुहोस्‌। अनि दोस्रो कुराचाहिं, “परमेश्‍वरसित नम्र [“भद्र,” NW] भएर हिंड़नू।”—मीका ६:८.

तर त्यसो भन्‍नुको अर्थ आफ्नो लुगामा मात्र बढ्‌ता ध्यान दिनु होइन तर “साधा पहिरन” हुनुपर्छ जसले “सरल[ता]” झल्काउँछ। (१ तिमोथी २:९, १०) सरल अर्थमा भन्‍ने हो भने संयमी हुनुपर्छ र जागिर खाने महिलाहरू (अंग्रेजी) नामक पत्रिकाले यस गुणको सम्बन्ध राम्रो छनौट तथा सुन्दरतासित गाँसेको छ। भनौं भने, तपाईं कोठामा छिर्दा सबैभन्दा पहिला सबैको ध्यान तपाईंको पहिरनमा कहिल्यै नजाओस्‌। जागिर खाने महिलाहरू भन्छ: “मानिसहरूले तपाईंको पहिरनको आधारमा होइन तर व्यक्‍तित्वको आधारमा व्यवहार गरोस्‌।”

पर्सेप्चुयल एण्ड मोटर स्किल्स्‌ पत्रिका भन्छ: “पहिरनले मानिसहरूमा कस्तो प्रभाव पार्छ भन्‍नेबारे अध्ययन गरिरहेका साहित्यहरूको एक समूहले कुनै मानिस कस्तो होला भनी सर्वप्रथम लुगाकै आधारमा अनुमान लगाउँछ भनी संकेत गर्छ।” बितेको समयमा आफ्नो पहिरनद्वारा मानिसहरूको ध्यान आकर्षण गर्ने चालीस वर्ष नाघिसकेकी महिला अहिले यसो भन्छिन्‌: “यसले गर्दा मलाई धेरै समस्या भयो किनभने त्यस्तो पहिरनले मेरो पेसा र व्यक्‍तिगत जीवनमा भिन्‍नता नै छुट्याउन सकेन। अनि व्यापारको सन्दर्भमा भेट भएका पुरुषहरू सधैं मलाई बेलुकीको खानाको निम्ति बाहिर लग्न चाहन्थे।” विभिन्‍न स्टाइलहरूबारे टिप्पणी गर्दै एक लेखा परीक्षक महिला भन्छिन्‌: “फ्याङल्याङ्‌ङ परेको लुगा लगाउने वा लोग्ने मान्छेहरूले जस्तै लुगा लगाउनेहरूसित पुरुषहरूले गर्ने व्यवहार मैले देखेकी छु। यस्तो लुगा लगाउने महिलाहरूले पुरुषहरूको सानो कमजोरी देख्नेबित्तिकै त्यसमा आक्रमण गरिहाल्छन्‌ र यस्ता महिलाहरूलाई पुरुषहरूले पनि अत्यन्तै हैरान गर्छन्‌।”

जवान केटी जेफीले आफ्नो कपाल नयाँ नयाँ फेसनअनुसार काट्‌ने गर्दा मानिसहरूले गलत संकेतहरू पाइरहेको महसुस गरिन्‌। तिनी भन्छिन्‌, “मलाई आफू अलि ‘भिन्‍न’ देखिन्छु जस्तो मात्र लागेको थियो। तर मानिसहरूले मलाई यस्तो सोध्न थाले, ‘के तिमी साँच्चै यहोवाको साक्षी हौ?’ अनि त्यो साह्रै लाजमर्दो कुरा थियो।” अतः जेफीले आफैले आफैलाई केही गम्भीर प्रश्‍नहरू सोध्नुपऱ्‍यो। हाम्रो मुखले मात्र “हृदयमा भरिएका कुरा” बोल्ने नभई हाम्रो कोरीबाटी तथा पहिरनले पनि बोल्छ भन्‍ने कुरा के सत्य होइन र? (मत्ती १२:३४) तपाईंको पहिरनले सृष्टिकर्ताप्रति ध्यानाकर्षण गर्छ वा आफैप्रति?

‘सरलता साथ’ लुगा लगाउनुहोस्‌

तपाईंले लगाउनुहुने लुगाले तपाईंमाथि कस्तो प्रभाव पार्छ, त्यो पनि विचार गर्नुहोस्‌। अरूको ध्यान खिच्ने भड्‌किलो पहिरनले तपाईंको अंहतालाई बढाउला, जथाभावी पहिरन लगाउँदा तपाईंले आफ्नो नकारात्मक पक्षहरू देखाइरहनुभएको हुनसक्छ र तपाईंको मन पर्ने चलचित्र वा खेलाडी वा अरू कुनै नायकहरूको चित्र भएको टिसर्ट लगाउँदा तपाईं नायक नायिकाको उपासना अर्थात्‌ मूर्तिपूजातर्फ ढल्किरहनु भएको छ भनी देखाउनसक्छ। हो, तपाईंको पहिरनले अरूलाई तपाईंको चिनारी दिन्छ।

तपाईं अरूको ध्यान खिच्न वा उत्ताउलो किसिमले लुगा लगाउनुहुन्छ भने, त्यसले के देखाइरहेको हुन्छ? तपाईंले हटाउन खोजिरहनुभएको खराब बानीलाई झनै प्रस्ट पारिरहेको छ कि? यसबाहेक, तपाईंले कस्तो प्रकारको व्यक्‍तिको ध्यान खोजिरहनुभएको छ? रोमी १२:३ मा लिपिबद्ध सल्लाहले हामीलाई अंहमता, व्यर्थता तथा नकारात्मक मनोवृत्ति हटाउन मदत गर्छ। त्यहाँ प्रेरित पावलले हामीलाई यस्तो सल्लाह दिन्छ, “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ, तर परमेश्‍वरले हरेकलाई बाँड़िदिनुभएको विश्‍वासको नापबमोजिम सुबुद्धिले सम्झ।” “सुबुद्धि” हुनुको अर्थ समझदार हुनु हो।

यो विशेषगरि जिम्मेवार वहन गर्नेहरूका निम्ति महत्त्वपूर्ण छ। तिनीहरू अरूमाथि प्रभावशाली नमुना हुनसक्छन्‌। स्वाभाविकतः मसीही मण्डलीमा सुअवसरहरू पाउन अघि बढिरहेकाहरूका साथै तिनीहरूका मसीही पत्नीहरूले पनि आफ्ना पहिरन तथा कोरीबाटीमा भद्रता र आदरपूर्ण मनोवृत्ति झल्काउनुपर्छ। येशूको दृष्टान्तमा विवाहको भोजको पोसाक नलगाएको मानिसजस्तो हामी कहिल्यै पनि हुन चाहँदैनौं। “तिनले त्यसलाई भने, ‘ए साथी, तिमी चाहिं कसरी विवाहको भोजको पोशाक नलाईकन यहाँ भित्र आयौ?’ ” विवाहको भोजको पोसाक नलगाउनुमा यस मानिससित कुनै जायज कारण नभएकोले “राजाले नोकरहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिर अँध्यारोमा फालिदेओ, त्यहाँ रूवाबासी र दाह्रा किटाई हुनेछ।’ ”—मत्ती २२:११-१३.

अतः आमाबाबुले भद्र किसिमको पहिरन लगाएर आफ्नो छोराछोरीमाथि असल नमुना बसाल्नु पनि महत्त्वपूर्ण छ। यसैकारण, कहिलेकाहीं तिनीहरू आफ्नो छोराछोरीसित दृढ हुनु आवश्‍यक हुनसक्छ। तर हाम्रा जवानहरू तथा हाम्रो आफ्नै उच्चस्तरीय पहिरनको निम्ति प्रशंसा पाउँदा हामी कत्ति प्रोत्साहित हुन्छौं!

हो, यहोवाका सेवकहरू व्यर्थका, महँगा फेसन तथा आफू देखेर दंग पर्ने मोहबाट मुक्‍त भएका छन्‌। तिनीहरूसित डोऱ्‍याइको निम्ति यस संसारको आत्मा होइन तर ईश्‍वरीय सिद्धान्तहरू छन्‌। (१ कोरिन्थी २:१२) तपाईं यी सिद्धान्तहरूलाई पछ्याउनुहुन्छ भने पहिरन छनौट गर्न गाह्रो हुनेछैन। यसबाहेक, फोटो हाल्ने राम्रो फ्रेमले जस्तै तपाईंको पहिरनले पनि नता तपाईंको व्यक्‍तित्वलाई धमिल्याउँछ न बेइज्जत नै गर्छ। अनि तपाईं जति बढी परमेश्‍वरजस्तो हुने प्रयास गर्नुहुन्छ तपाईंले त्यति नै लुगाभन्दा एकदमै सुन्दर आध्यात्मिक सौन्दर्य प्रदर्शित गरिरहनुभएको हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने