प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ८/८ पृ. २५-२७
  • मेरो कुकुरले मेरोलागि सुनिदिन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो कुकुरले मेरोलागि सुनिदिन्छ!
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ट्‌विन्कीको भूमिका
  • सिपालु हुन तालिम दिएको
  • सुखी साथी
  • अधिवेशनहरूमा ट्‌विन्कीको मदत बहुमूल्य छ
  • जनावरहरू परमेश्‍वरका वरदान
    ब्यूँझनुहोस्‌!—२००४
  • कुकुरको सुँघ्ने क्षमता
    सृष्टि या संयोग
  • मेरो ‘मनोरथ’ पूरा भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ८/८ पृ. २५-२७

मेरो कुकुरले मेरोलागि सुनिदिन्छ!

बेलाइतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

“मेरो यो फुच्चे कुकुर नहुँदो हो त म के गर्थें होला!” तिनी बसेको कुर्सीमुनि चुपचापसित बसेको सेतो र खैरो मिसिएको टाटेपाटे ज्याक रसल टर्रियर जातको सानो ठिमाहालाई मायालु पाराले हेर्दै डोरथीले भनिन्‌। “मैले ट्‌विन्कीलाई पालेको केही महिना मात्र हुँदैछ। तर यति चाँडै उसले मेरो जीवनमा नयाँ मोड ल्याएको छ!”

नजिकबाट नियालेर हेर्दा ट्‌विन्कीले ठूलठूला अक्षरहरूमा “बहिराहरूको लागि सुन्‍ने कुकुर” भनेर लेखेको पहेंलो कसिएको पट्टा लगाएको मैले देखें। ‘कस्तो अचम्मको कुकुर!’ भनेर सोचेको मलाई अझै याद छ। ‘यसले के काम गर्नसक्छ होला?’

बेलाइत लन्डनमा “परमेश्‍वरले चाहनुहुने जीवनशैली” विषयक यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय सम्मेलनमा ४४,००० जना मानिसहरूबीच भएको यो भेट अप्रत्याशित थियो। लाउडस्पिकरको छेउमा बसेर डोरथीले कार्यक्रम सुन्‍नसक्थिन्‌। यसकारण किन तिनलाई सुन्‍ने कुकुर चाहियो? मध्यान्तरमा डोरथीसित कुरा गर्दा तिनले मलाई आफ्नो कथा सुनाइन्‌।

ट्‌विन्कीको भूमिका

तीन वर्षको उमेरमा बाथको ज्वरोले गर्दा डोरथी पूर्णतया बहिरी भइन्‌। तिनको श्रीमान्‌ बितेको २३ वर्ष भइसक्यो र त्यसबेलादेखि तिनी एक्लै बस्दैछिन्‌। तर डोरथीले भनेअनुसार तिनको उमेर बित्दै गएकोले तिनलाई संगति मात्र चाहिएको थिएन। तिनले भनिन्‌, “मेरो उमेरका बहिराहरू साह्रै असुरक्षित महसुस गर्छन्‌। म ७४ वर्षकी हुँ र म रेखदेख गर्ने सुविधा भएको अपार्टमेन्टमा बस्छु। तर मेरो रेखदेख गर्ने व्यक्‍ति आउँदा म ढोकाको घण्टी कहिल्यै सुन्‍नसक्दिनँ। म बिसञ्चो छु होला भन्ठानेर मैले थाह नपाई ऊ भित्र पस्दा म धेरै पटक तर्सि सकें। तर अहिले ट्‌विन्कीले घण्टी सुन्छ र आएर मेरो खुट्टामा ठकठक गरेर मलाई मूल ढोकामा लैजान्छ। त्यस्तै गरी ओभनको घण्टी बजेपछि ट्‌विन्की मकहाँ दौडेर आउँछ र म उसको पछि पछि जान्छु। धुवैधुवाँ भएको वा आगलागी भएको खण्डमा मेरो ध्यान खिंचेर हुनै लागेको खतराको संकेत दिन भुईंमा लड्‌न ट्‌विन्कीलाई तालिम दिइएको छ। मेरो मदत गरेपिच्छे म उसलाई इनामस्वरूप मीठो खानेकुरा दिन्छु।”

सिपालु हुन तालिम दिएको

उत्सुक हुँदै मैले सोधें, “तपाईंले यो कुकुर कहाँबाट पाउनुभयो र उसलाई कसले तालिम दियो?” यसले गर्दा डोरथीले बहिराहरूका लागि सुन्‍ने कुकुरको प्रबन्ध गर्ने जनकल्याण संस्थाबारे मलाई केही बताउने मौका पाइन्‌। यो संस्थाको उद्देश्‍य बेलाइतमा बहिराहरूले स्वतन्त्रता पाएर आफ्नो जीवनको गुणस्तर बढाऊन्‌ भन्‍ने थियो। यस संस्थाले बेलाइतमा १९८२ देखि बहिराहरूको लागि सयौं कुकुरहरूको प्रबन्ध गरिदिएको छ। सम्पूर्ण तालिम दिएपछि कुकुरलाई नयाँ मालिककहाँ पाल्न पठाइन्छ वा सित्तैमा दिइन्छ।

छानिएका कुकुरहरू अक्सर बाटो बिराएकाहरू हुन्छन्‌ र ती देशभरका त्यस्ता कुकुरहरूको रेखदेख गर्ने केन्द्रबाट लिइन्छ भने कुनै कुनैचाहिं कुकुर उत्पादकहरूले चन्दास्वरूप दिएका हुन्छन्‌। एउटा कुकुरलाई तालिम दिन १२ महिना लाग्छ। यसको खर्च प्रायोजक अर्थात्‌ कुनै कम्पनी वा मानिसहरूले मिलेर दिएको चन्दाहरू बटुलेर बेहोर्ने गरिन्छ। ट्‌विन्कीको खर्च मानिसहरूलाई दुब्लो पातलो बन्‍न मदत गर्ने क्लबले उठाएको हो भनेर डोरथीले मलाई बताइन्‌।

सात हप्तादेखि तीन वर्षसम्मको प्रत्येक सम्भाव्य सुन्‍ने कुकुर छानेपछि ती कुकुरहरूलाई केही खास आवाजहरूको प्रतिक्रिया कसरी देखाउने भनेर तालिम दिइन्छ। तथापि, कुकुरको उमेर र सीपलाई ध्यानमा राख्दै सुरुमा दुईदेखि आठ महिनासम्मको लागि कुकुरलाई घुलमिल गर्न सिकाउने व्यक्‍ति अर्थात्‌ स्वयंसेवकलाई दिइन्छ। घुलमिल गराउनुमा घरभित्रै दिसापिसाप नगर्ने तालिम दिनु समावेश छ। तर यसको मुख्य उद्देश्‍य पशुलाई सार्वजनिक ठाउँ तथा यातायातसित परिचित गराउनु अनि केटाकेटी र स-साना बच्चाहरू लगायत सबै उमेरका मानिसहरूसित उठ्‌बस्‌ गर्नसक्ने विभिन्‍न प्रकारका तालिम दिनु हो। अन्तमा त्यसलाई पठाइने कुनै पनि घरको मानिससित राम्रो व्यवहार गरोस्‌ भन्‍ने हेतुले कुकुरलाई तालिम दिइन्छ।

साथै, अरू संगठनहरूले विशेष मदतको खाँचो पर्नेहरूका लागि कुकुरहरू प्रयोग गर्छन्‌ भनेर मैले बुझें। यी कुकुरहरूलाई आज्ञापालन गर्न सिकाउनुका साथै विशेष दृश्‍यहरू देखाइन्छ र गन्धहरू सुँघाइन्छ। ह्विलचेरमा जीवन बिताइरहेकी आइमाईको रेखदेख गर्दैगरेको तालिमप्राप्त कुकुरलाई त्यस आमाईको लागि टेलिफोन उठाउन तथा चिठीपत्र ल्याउन र चिठीमा टिकट टाँस्न सिकाइएको छ! अर्को कुकुरले १२० वटा आज्ञा मान्छ र विशाल बजार गएर त्यहाँको आलमारीबाट क्यान र प्याकेटहरू किनेर ल्याउँछ। अशक्‍त मालिकले लेजर डट चलाएर आफूले रोजेको सामग्रीहरू चिनाउँछ र तिनको कुकुरले ती सामग्रीहरू तिनीकहाँ लग्छ।

सुखी साथी

मैले सोधें, “के सबैले ट्‌विन्कीको मूल्यांकन गर्छन्‌?” डोरथीले भनिन्‌, “एक जना पसलेले मेरो कुकुरलाई पसलभित्र पस्नै दिएन। मेरो विचारमा उसले केही खानाहरू बाहिरै सजाएर राखेको हुँदा त्यसो गरेको होला। तर मलाई ट्‌विन्की किन चाहिएको हो, त्यो उसलाई थाह पनि त छैन। त्यसैले यो व्यवहार कुनै अनौठो व्यवहार होइन।”

घरमा सुन्‍ने कुकुर किन चाहिन्छ, अब भने मैले बुझें। तर मेरो मनमा अझै एउटा प्रश्‍न थियो। डोरथीले सँगी मसीहीहरूसित खुसीसाथ संगति गर्दा तिनलाई ट्‌विन्की किन चाहिएको होला? डोरथीले भनिन्‌, “म ओठको इसारा बुझ्नसक्छु र मेरो हियरिङ एडले मलाई कुराकानी गर्न मदत गर्छ। मानिसहरूले ट्‌विन्कीले लगाएको पहेंलो जाकेट देख्नेबित्तिकै म बहिरी छु भनेर बुझिहाल्छन्‌। यसरी मानिसहरू सीधै मसित स्पष्टसँग बोल्छन्‌। तसर्थ, मैले मेरो अशक्‍तताबारे अरूलाई बताइरहनु पर्दैन जसले गर्दा मलाई सजिलो हुन्छ।”

सम्मेलन फेरि सुरु हुन बाँकी नै थियो र अपराह्नको कार्यक्रम सुरु हुनुअगावै ट्‌विन्कीलाई डुलाउन लानु थियो। जानुअघि मैले उसलाई सुमसुम्याएँ। ट्‌विन्कीले आफ्नो तेजिला आँखा उघारेर डोरथीलाई पुलुक्क हेऱ्‍यो अनि आफ्नो पुच्छर हल्लायो। कस्तो आज्ञाकारी, उपयोगी फुच्चे साथी र तिनीहरूको सम्बन्ध एकदमै घनिष्ठ थियो!

[पृष्ठ २६-मा भएको चित्र]

अधिवेशनहरूमा ट्‌विन्कीको मदत बहुमूल्य छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने