के तपाईंलाई त्यो गीत कता कता सुन्नु भएजस्तो लाग्यो?
कुन गीत? पुरानो लोकप्रिय गीतको कुरा गर्नुभएको हो? हो, ती गीतहरू सायद यस पृथ्वीको सबैभन्दा पुराना गीतहरू होलान्। ती कुन गीतहरू हुन्? चराचुरुंगीहरूको गीत।
चराहरूको रंग, आकार, उड्ने शैली र गुँड बनाउने तरिका हेरेरै मानिसहरू चरा चिन्छन्। तर के तपाईंले कहिल्यै तिनीहरूको गीतद्वारा चिन्ने कोसिस गर्नुभएको छ?
कुनै कुनै चराको आवाज त सजिलै चिनिन्छ किनभने तिनीहरू सधैं एउटै प्रकारको आवाज निकाल्छन्। उदाहरणका लागि, छट्टू कागलाई लिनुहोस्। काग एकदमै चंखो चरा हो तर त्यसको कानै खाने “काँ काँ” सबैले चिनिहाल्छन्। एक प्रकारको कागको एकदमै तिख्खर सोर हुन्छ। विरक्तलाग्दो आवाजले राति तपाईंलाई दिक्क पार्ने अर्को चरा हो, ह्वीपररवील। यसको आवाज पनि यसको नाउँजस्तै छ र विशेष गरी निद्राले चूर भएर निदाउने बेलामा एकोहोरो आवाज निकाल्न सुरु गरिहाल्छ।
अर्कोतर्फ “सानो जातको गाउने चराले १०० भन्दा बढी गीतहरू गाउनसक्छ भने मकिंगबर्डले १०० देखि २०० वटा गीत गाउनसक्छ। एउटा खैरो रंगको लामपुछ्रेसित २,००० भन्दा बढी गीतहरू गाउनसक्ने क्षमता हुन्छ”!—अडुन, मार्च-अप्रिल १९९९.
आफ्नो इलाका छुट्ट्याउन वा पोथीहरूलाई आकर्षित गर्न अक्सर भालेले गीत गाउँछ। तर कहिलेकाहीं पोथीहरूले पनि साथ दिन्छन्। बाल्टिमोर वा उत्तरी ओरियल्स, उत्तर अमेरिकाको कार्डिनल र रातो छाती भएको सानो चराले पनि त्यस्तै गर्छ।
के तपाईं आफ्नो इलाकाका चराहरू त्यसको आवाजले चिन्नुहुन्छ? थुप्रै देशहरूमा चराचुरुंगीहरूको आवाजको श्रव्यक्यासेट पाइन्छ र त्यो सुनेर तपाईंले चराहरूको आवाज छुट्ट्याउन सक्नुहुन्छ। तपाईंले विभिन्न चराहरूको आवाज निस्कने घडीसमेत किन्न सक्नुहुन्छ। अनि तपाईंले कम्तीमा पनि १२ प्रकारका आवाजहरू ठम्याउन सक्नुहुनेछ!
[पृष्ठ ३१-मा भएको चित्र]
सानो जातको गाउने चरा
[पृष्ठ ३१-मा भएको चित्र]
रातो छाती भएको सानो चरा
[पृष्ठ ३१-मा भएको चित्र]
कार्डिनल