प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ११/८ पृ. ७-९
  • युद्धको अन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्धको अन्त
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वशान्तिको व्यवहारिक दृष्टिकोण
  • परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास गर्ने —किन र कसरी?
  • पृथ्वीमा शान्ति कसरी छाउनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरको राज्य शासन
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • ‘कहिल्यै नाश नहुने’ राज्य
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ११/८ पृ. ७-९

युद्धको अन्त

सबै ठाउँका मानिसहरूले युद्धबिनाको संसारको सपना देखेको धेरै भइसक्यो। तर यो सपना अहिलेसम्म पूरा भएको छैन। हामीले यस अघिको लेखमा पढेझैं थुप्रैको विचारमा विश्‍वशान्ति, पृथ्वीका सबै मानिसहरूको प्रतिनिधित्व गर्ने एउटा विश्‍व सरकारले मात्र ल्याउनसक्छ। तथापि, थुप्रै मानिसहरूले यो कुरा पनि बुझेका छन्‌ कि मानव शासकहरूले पृथ्वीका सबै मानिसहरूको प्रतिनिधित्व गर्ने सरकारलाई आफ्नो सार्वभौमिकता कहिल्यै स्वेच्छाले सुम्पने छैनन्‌। के यसको अर्थ विश्‍व सरकार एउटा असम्भव कुरा हो?

कुरा त त्यस्तै देखिएला। तर, पृथ्वीभरि शासन गर्ने सरकारले चाँडै पृथ्वीमा शान्ति ल्याउनेछ भनी बाइबलले देखाउँछ। यो सरकार मानव सम्झौता वा अन्तरराष्ट्रिय सहमतिद्वारा आउने छैन। अगमवक्‍ता दानियल यस्तो लेख्न प्रेरित भए: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन।”—दानियल २:४४.

येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको राज्य पनि यही हो। यस प्रार्थनालाई लाखौं मानिसहरूले प्रभुको प्रार्थना वा हाम्रो पिताको प्रार्थना भनी चिन्छन्‌। सायद, तपाईंलाई पनि बाइबलको मत्ती ६:९, १० मा पाइने त्यो प्रार्थनाबारे थाह होला। त्यसको एउटा भागले परमेश्‍वरलाई यस्तो बिन्ती गर्छ: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” परमेश्‍वरले त्यो प्रार्थनाको जवाफ दिनुहुनेछ। यस पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्न त्यो राज्य चाँडै पृथ्वीमा ‘आउनेछ।’ परमेश्‍वरको इच्छा पनि पृथ्वीलाई शान्तिमय प्रमोदवनमा परिणत गर्ने हो।

विश्‍वशान्तिको व्यवहारिक दृष्टिकोण

मानव सरकारहरू भन्दा परमेश्‍वरको राज्य सफल हुनेछ भनी विश्‍वास गर्ने के कुनै कारण छ? यस राज्यको अधीनमा हुने सबैले स्थायी शान्ति अनुभव गर्नेछन्‌ भनी निर्धक्क हुन परमेश्‍वरको राज्यका आठ पक्षलाई विचार गर्नुहोस्‌।

१. परमेश्‍वरको राज्यको नेता परमेश्‍वरद्वारा नियुक्‍त महिमित येशू ख्रीष्ट अर्थात्‌ “शान्तिका राजकुमार” हुनुहुनेछ। (यशैया ९:६) आफ्ना सेवकहरूले युद्ध गर्न हातहतियारहरू बोक्ने छैनन्‌ भनी येशूले पृथ्वीमा हुनुहुँदा देखाउनुभयो। उहाँले पत्रुसलाई यसो भन्‍नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।”—मत्ती २६:५२.

२. परमेश्‍वरको राज्य साँच्चै विश्‍व सरकार हुनेछ। येशूलाई दिइएको अख्तियारको सन्दर्भमा दानियलले यस्तो भविष्यवाणी गरे: “उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो। उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदा सर्वदैको सर्वाधिकार छ।”—दानियल ७:१४.

३. परमेश्‍वरको राज्यले सबै मानिसहरूको प्रतिनिधित्व गर्नेछ। येशूका सहशासकहरू हुनेछन्‌ जो “हरेक कुल, भाषा, मानिस र जाति[का]” हुन्‌ र तिनीहरूले “पृथ्वीमाथि राज्य गर्छन्‌।”—प्रकाश ५:९, १०.

४. परमेश्‍वरको राज्य अख्तियारको विरोध गर्ने सबै मानव सरकारहरूलाई यसले नाश गर्नेछ। “त्यसले यी सबै [मानव] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.

५. पृथ्वीका मानिसहरू अन्तरराष्ट्रिय नियमको अधीनमा हुनेछन्‌। त्यस समयबारे यशैयाले यसरी भविष्यवाणी गरे: “शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाटनै निस्कनेछन्‌। उहाँले जातिहरूको इन्साफ गर्नुहुनेछ, र उहाँलेनै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नुहुनेछ।”—यशैया २:३, ४.

६. राज्यका प्रजाहरूले शान्तिसित बस्न सिक्नेछन्‌। यशैया अझ यसो भन्छन्‌: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:४.

७. हिंसा रुचाउने व्यक्‍तिहरू नाश गरिनेछ। “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ। दुष्टहरूमाथि उहाँ पासो वर्षाउनुहुन्छ। आगो, गन्धक र प्रचण्ड लूह तिनीहरूको कचौराको भाग हुनेछ।”—भजन ११:५, ६.

८. हतियारहरू नष्ट गरिनेछ। “आओ परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड़ पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:८, ९.

परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास गर्ने —किन र कसरी?

बाइबलले परमेश्‍वरको राज्यबारे अझ धेरै जानकारीहरू दिन्छ। उदाहरणका लागि, यसले पृथ्वीमा शासन गर्दा येशूलाई कसले साथ दिनेछ भनी बताउँछ। यसले अझ तिनीहरूको छनौट कसरी गरिन्छ र तिनीहरूसित कस्तो योग्यता हुनुपर्छ भनेर पनि बताउँछ। परमेश्‍वरको राज्यले पृथ्वीका सबै मानिसहरू सुखी अनि समृद्ध हुन कसरी पृथ्वीका स्रोतहरू चलाउनेछ अनि अक्सर झगडाको बीउ ईर्ष्या र लोभ कसरी हटाउनेछ भनेर पनि बाइबलले बताउँछ।

के ती भविष्यवाणीहरू पत्याउन सकिन्छ? यहोवा आफैले यसो भन्‍नुभएको छ: “मेरो मुखबाट निस्कने मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशैया ५५:११) यो भनाइबाट परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने आश्‍वासन मात्र दिएको होइन। यहोवा सर्वशक्‍तिमान्‌ हुनुभएकोले उहाँसित विश्‍वशान्ति ल्याउने शक्‍ति छ। उहाँले गर्न नसक्ने केही कुरा छैन, त्यसैले शान्ति कायम गर्ने बुद्धि उहाँसित छ। (यशैया ४०:१३, १४) यसबाहेक, यहोवा नै प्रेमको मूर्त रूप हुनुभएकोले विश्‍वशान्ति ल्याउने तीव्र चाहना उहाँलाई जति अरू कसैलाई छैन।—१ यूहन्‍ना ४:८.

निस्सन्देह, परमेश्‍वरका प्रतिज्ञाहरू पत्याउन विश्‍वास चाहिन्छ। विश्‍वास ज्ञानमा आधारित हुन्छ र यो ज्ञान परमेश्‍वरको वचन बाइबल अध्ययन गरेर प्राप्त गर्न सकिन्छ। (फिलिप्पी १:९, १०) परमेश्‍वरको व्यक्‍तित्व र उद्देश्‍यबारे सिकेपछि परमेश्‍वरको राज्य वास्तविक लाग्न थाल्छ। हो, युद्धको अन्त मानव प्रयासद्वारा होइन तर ईश्‍वरीय समर्थन पाएको महिमित विश्‍व सरकार अर्थात्‌ परमेश्‍वरको राज्यद्वारा हुनेछ।

[पृष्ठ ८-मा भएको चित्र]

परमेश्‍वरको राज्य अन्तर्गत मानिसहरूले शान्तिसित बस्न सिक्नेछन्‌ र हातहतियारहरू नष्ट गरिनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने