प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १/८ पृ. १३
  • उनले बिर्सनै नसकेको गीत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनले बिर्सनै नसकेको गीत
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा वफादार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हामीले अझ सन्तुष्टि दिने काम भेट्टायौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • यहोवा हाम्रा बल
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १/८ पृ. १३

उनले बिर्सनै नसकेको गीत

“स्कूलमा छँदा मैले यस्तो बोल भएको भजन गाएको थिएँ, ‘आफ्नो महिमित सिंहासनारूढ महान्‌ यहोवा।’ म प्रायजसो सोच्ने गर्थें, ‘यो यहोवा को हो?’ ”

त्यो थियो, ग्वेन गुचको टिप्पणी। तिनी यहोवाका साक्षी हुन्‌ र तिनको जीवनकथा प्रहरीधरहरा-मा प्रकाशित भएको छ। अर्को एक जना पाठकले पनि त्यस्तै अनुभव गरिन्‌।a उनी हुन्‌, अमेरिकाको वाश्‍गिटनस्थित सिआटलकी भेरा। उनी भन्छिन्‌, “उच्च माध्यमिक विद्यालयमा पढ्‌दा मैले पनि त्यस्तै अनुभव गरें।”

एउटा गीत सुनेपछि ग्वेनजस्तै भेरा पनि यो यहोवा, को होला भनी जान्‍न उत्सुक भएकी थिइन्‌। सन्‌ १९४९ मा भेराको भाइले बाइबलमा परमेश्‍वरको व्यक्‍तिगत नाउँ यहोवा हो भनी बताउँदा बल्ल तिनले प्रश्‍नको जवाफ पाइन्‌।

भेरा, यहोवाको साक्षी भएको आधा शताब्दीभन्दा बढी भइसक्यो। तर उच्च माध्यमिक विद्यालयमा सुनेको त्यो भजन कहिल्यै बिर्सिन्‍नन्‌। उनी भन्छिन्‌, “त्यो भजन कहाँबाट लिइएको होला भनेर मैले वर्षौं खोजें।” बल्ल, एउटा गीत पसल मार्फत पत्ता लगाइन्‌। त्यो गीत १८२५ मा फ्रान्ज शुबर्टले गरेको रचना रहेछ। त्यो गीतका बोलहरूले साँच्चै यहोवाको प्रशंसा गर्छ। उदाहरणका लागि, त्यसको बोल यस्तो छ:

“प्रभु, यहोवा महान्‌ हुनुहुन्छ! किनकि स्वर्ग र पृथ्वीले उहाँकै अद्‌भुत शक्‍तिको गुनगान गर्छ . . . जंगलबीच, आँधी तूफान, खोलाको गर्जनमै किन नहोस्‌, सुन्‍न सक्नुहुन्छ . . . वनजंगलको चिरबिरमा सुन्‍नुहुन्छ, मकैको बालामा देख्नुहुन्छ, सुगन्धित फूलहरूको लहरमा, तारै ताराले भरिएको आकाशमा देख्नुहुन्छ . . . उहाँको गर्जनको सोर आँधीबेह्रीमा छ, बिजुलीहरूले संसारलाई चमक दिन्छ। तर त्योभन्दा पनि बढी तपाईंको मुटुले यहोवाको शक्‍तिको प्रशंसा गर्छ . . . अनन्तका प्रभु परमेश्‍वर। महिमा र कृपाको लागि माथि आँखा उठाएर आकाशमा हेर। . . . प्रभु, यहोवा महान्‌ हुनुहुन्छ!”

भेरा भन्छिन्‌: “सन्‌ १८०० तिर परमेश्‍वरको नाउँ थाह हुनुका साथै उहाँको प्रशंसा गर्ने मानिसहरू थिए भनी मानिसहरूलाई बताउन म कहिलेकाहीं यही गीतको बोल देखाउने गर्छु।” सत्य कुरा के हो भने, यहोवालाई विश्‍वास गर्ने मानिसहरूमाझ पहिले पहिलेदेखि नै उहाँको प्रशंसा गीत गाउने चलन थियो। यो चलन सधैंभरि चल्नेछ किनभने स्वर्ग र पृथ्वीका सृष्टिकर्ताको प्रशंसा कहिल्यै अन्त हुनेछैन।

[फुटनोट]

a मार्च १, १९९८ को प्रहरीधरहरा हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएको चित्र]

भेरा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने