प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ४/८ पृ. १२
  • प्रेम अन्धो हुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम अन्धो हुँदा
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • सुन्दर पतंग
    ब्यूँझनुहोस्‌!—२००१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • कीराहरू उड्‌नसक्नुको रहस्य
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ४/८ पृ. १२

प्रेम अन्धो हुँदा

स्पेनका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

कल्पना गर्नुहोस्‌, तपाईं दुलहीको खोजीमा हुनुहुन्छ तर तपाईं टाढा त्यति राम्ररी देख्न सक्नुहुन्‍न र सुहाउँदो कन्याकेटीहरू चाहिं अँध्यारोमा मात्र बाहिर निस्किन्छन्‌। सम्राट पुतलीको हालत त्यस्तै छ। तर यस सुन्दर कीराका यस्ता केही गुणहरू छन्‌ जसले गर्दा यो चुनौती त्यति निरुत्साहजनक हुँदैन।

गर्मीका महिनाहरूमा हाम्रा यस सम्भाव्य दुलाहाले मोटोघाटो झुसिल्कीरोको रूपमा आफूले सके जति सबै खाना अटेसमटेस हुने गरी खान्छ। अतः अर्को गर्मीमा आफ्नो प्युपा अवस्थाबाट सुन्दर पुतली बनेर निस्कँदा उसको छोटो जीवनलाई पुग्ने खाना हुन्छ।

खानाको केही समस्या नभएकोले सम्राट पुतलीले जोडी भेट्टाउने काममा आफ्नो पूरा ध्यान लगाउनसक्छ। तथापि, यससित मदतकारी यन्त्रहरू नहुँदो हो त चन्द्रमाको प्रकाशमा जोडी भेट्टाउने काम परालको कुनिउँमा सियो खोज्नु बराबर हुनेथियो।

पुतलीको टाउकोबाट कोमल उनिउँजस्तै दुइटा एन्टेना निस्केका हुन्छन्‌। यी साना एन्टेनाहरू गन्ध पत्ता लगाउने सबैभन्दा जटिल उपकरण हुनसक्छन्‌। यी एन्टेनाहरूले पोथी पुतलीले छोड्‌ने “अत्तर” वा गन्ध तुरुन्तै पत्ता लगाउनसक्छन्‌।

पोथीहरू थोरै भए तापनि तिनीहरूले छोड्‌ने गन्धले तिनीहरू कहाँ छन्‌ भनेर संकेत दिनसक्छ। भाले पुतलीको एन्टेना यति संवेदनशील हुन्छ कि ११ किलोमिटर टाढा भएको पोथीको समेत सुइँको पाउनसक्छ। अतः सबै अवरोधहरू पार गरिन्छ र भालेको पोथीसित भेट हुन्छ। कीराहरूको संसारमा यसरी प्रेम अन्धो भए पनि केही फरक पर्दैन।

परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूमा यस्ता मनमोहक र अद्वितीय रचनाहरू प्रशस्त देखिन्छन्‌! भजनरचयिताले यसरी लेखे: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो।”—भजन १०४:२४.

[पृष्ठ १२-मा भएको चित्रको स्रोत]

© A. R. Pittaway

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने