प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १०/८ पृ. ३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “अन्तस्करणका कारण कैदी” भएकाहरूलाई ताइवानले आममाफी दिन्छ
  • चकलेट—स्वास्थ्यको लागि लाभप्रद?
  • “नयाँ गाडीको” गन्ध
  • कागत अझै पनि रुचाइन्छ
  • कागतबिनाको कार्यालय, कल्पना गर्नै गाह्रो
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२००१
g०१ १०/८ पृ. ३०

विश्‍वदर्शन

“अन्तस्करणका कारण कैदी” भएकाहरूलाई ताइवानले आममाफी दिन्छ

“सैनिक तालिम अनिवार्य रूपमा लिनुपर्ने कानुनी आदेशको प्रतिरोध गरेको कारण ‘अन्तस्करणका कारण कैदी’ भएका १९ जना लगायत जम्मा २१ जना अपराधीहरूलाई [ताइवानका] राष्ट्रपति चेन शुई बियानले माफी दिएका छन्‌” भनी द चाइना पोस्ट रिपोर्ट गर्छ। “उक्‍त माफी अन्तरराष्ट्रिय मानव अधिकार दिवसको [डिसेम्बर १०, २०००] दिन दिइएको हो र यसले धार्मिक कारणले गर्दा अनिवार्य सैनिक सेवामा भाग लिन अस्वीकार गरेको कारण दोषी ठहराइएका १९ जना यहोवाका साक्षीहरूलाई निर्दोष साबित गर्नेछ।” ती १९ जनामध्ये १४ जनालाई जमानतमा छोडिसकिएको थियो। यो विशेष प्रकारको माफी दस वर्षमा पहिलो चोटि दिइएको थियो। ती साक्षीहरूको मुद्दा हेर्ने कानुनी संगठनका वकिल निजेल लीले यसो भने: “ती साक्षीहरूको शान्ति कायम राख्ने लक्ष्य देखेर मलाई एकदमै माया लाग्यो र तिनीहरूदेखि म साह्रै प्रभावित भएँ। . . . तिनीहरूले छनौट गरेको शान्तिले उच्च मानव नैतिकतालाई झल्काउँछ। तिनीहरूले शान्ति छनौट गरेको कारण हामीले पनि तिनीहरूलाई विशेष आदर गर्नुपर्छ।” (g01 9/8)

चकलेट—स्वास्थ्यको लागि लाभप्रद?

कसैकसैको भनाइअनुसार चकलेट तपाईंको स्वास्थ्यका लागि लाभप्रद छ भनेर जापानको निहोन केइजी शिम्बुन पत्रिकाले उल्लेख गर्छ। किन? किनभने चकलेटमा कोकोआ पोलीफेनोल हुन्छ र यसले आर्टरीयोसक्लेरोसिस र क्यान्सर रोग लाग्न नदिन मदत गर्छ। यसबाहेक, चकलेटले रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलनमा राख्न र शरीरको तनाउ कम गर्न मदत गर्छ भन्‍ने भनाइ छ। इबाराकी क्रिश्‍चियन युनिभर्सिटीका प्राध्यापक हिरोशीगे इटाकुरा यसो भन्छ: “प्रशस्त मात्रामा कोकोआ गेडाहरू अनि चिनी र तेल थोरै मात्र प्रयोग भएका गुणस्तरीय चकलेट झनै प्रभावकारी हुन्छ।” तथापि, उक्‍त प्राध्यापक हाम्रो शरीरलाई चाहिने “हरिया तथा पहेंला सागपात र विभिन्‍न प्रकारका पोलीफेनोल पाइने प्रोटिन” खानुपर्ने आवश्‍यकतामाथि पनि जोड दिन्छन्‌। (g01 9/8)

“नयाँ गाडीको” गन्ध

घरभित्र लगाइने रङ तथा कार्पेटजस्ता वस्तुहरूबाट निस्केका रासायनिक पदार्थहरूले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ। यसलाई जापानमा कहिलेकाहीं “रोगी घरका लक्षण” भनेर पनि वर्णन गरिन्छ। तर नयाँ गाडीका सामग्रीहरूले पनि विषालु रासायनिक पदार्थहरूको अत्यधिक मात्रामा गन्ध छोड्‌छ भनी द डेली युमीयुरी पत्रिका रिपोर्ट गर्छ। ओसाका प्रिफेक्च्युरल इन्स्टिच्युट अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूद्वारा एउटा नयाँ गाडीको परीक्षण गर्दा त्यसमा हानिकारक तत्त्वहरूको घनत्व, हेल्थ एण्ड वेल्फेयर मिनिस्ट्रीले घरहरूका लागि निर्धारण गरेको भन्दा ३४ गुणा बढ्‌ता रहेको पाइयो। उक्‍त सवारी साधन प्रयोग गरेको वर्षदिनपछि पनि यो रासायनिक पदार्थको घनत्व अस्थायी मापदण्डभन्दा माथि नै रहेको पाइयो। नेसनल पब्लिक हेल्थ इन्स्टिच्युटका इवाओ उचियामा यस्तो टिप्पणी गर्छ: “धेरै बेरसम्म गाडीभित्र बस्दा होसियार हुनु बेस हुनेछ।” कसरी? तिनी भन्छन्‌: “बाहिरको हावा आवतजावत गर्न दिइयो भने, गाडीभित्रको दूषित हावा घरबाट भन्दा पनि चाँडो बाहिर निकाल्न सकिन्छ।” (g01 9/8)

कागत अझै पनि रुचाइन्छ

कम्प्युटरले कार्यालयका कामहरू तथा जानकारीहरू विद्युतीय ढंगमा जम्मा गर्न थालेमा कागतको प्रयोगमा ह्रास आउनेछ भनी पच्चीस वर्षभन्दा धेरै अघिदेखि अनुमान गरिंदै आइएको थियो। तैपनि, कागतको माग निरन्तर बढिरहेको छ। भ्यानकुभर सन पत्रिकाअनुसार क्यानेडियालीहरूले कपियर तथा फ्याक्स मेशिनहरूमा प्रयोग हुने कागतहरू १९९२ मा भन्दा १९९९ मा २५ प्रतिशत बढी खपत गरे। त्यो परिमाणअनुसार “केटाकेटीलगायत हरेक क्यानेडियालीले वर्षमा ६६ पाउन्ड (३० किलोग्राम) कागत” प्रयोग गर्छन्‌। कार्यालयका कामदारहरूबीच गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार, जानकारीहरू हेर्न कम्प्युटरको प्रयोग गरिने भए तापनि मानिसहरू त्यो कागतमै हेर्न चाहन्छन्‌। त्यही कुरा घरमा कम्प्युटर हुनेहरूमा पनि लागू हुन्छ भनेर सन बताउँछ। आफूले बनाएका वा कम्प्युटरमा देखिने हरेक कुराहरू छापेर हेर्न चाहने केटाकेटीहरू नै “सबैभन्दा बढी कागत खपत गर्नेहरू” भएका छन्‌। (g01 9/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने