प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ६/८ पृ. ३
  • युद्धका समर्थक वा शान्तिका प्रवर्धक?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्धका समर्थक वा शान्तिका प्रवर्धक?
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • हिंसाले भरिएको शताब्दी
    ब्यूँझनुहोस्‌!—२००२
  • असल सरकारको खोजी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • विश्‍वशान्ति सपना मात्र होइन!
    ब्यूँझनुहोस्‌!—२००२
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ६/८ पृ. ३

युद्धका समर्थक वा शान्तिका प्रवर्धक?

स्वीडेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मानव हितको लागि विभिन्‍न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्‍याउने कुनै व्यक्‍ति वा संगठनलाई हरेक वर्ष नोबेल पुरस्कारले सम्मानित गरिन्छ। यो प्रचलन कहिलेदेखि सुरु भयो अनि विश्‍वशान्तिको खोजीसित यो कसरी सम्बन्धित छ?

तिनले लडाइँको लागि हातहतियार बेचेर थुप्रै धन कमाएका भए तापनि तिनको नाउँ मानिसजातिको भलाइसित जोडिएको छ। तिनी को थिए? तिनी स्वीडेनका उद्यमी तथा भौतिकशास्त्री अल्फ्रेड बर्नार्ड नोबेल थिए। नोबेलले मानव हितको लागि गरेको योगदानको लागि प्रशंसा गरिने भएपनि तिनलाई “मृत्युका व्यापारी” पनि भनिन्छ। किन? किनभने नोबेलले डाइनामाइटको आविष्कार गरे र आफ्नो जीवनकालभरि नै विस्फोटक पदार्थहरूको उत्पादन तथा बिक्री गरेर असाध्यै धनी भए।

तथापि, १८९६ मा नोबेलको मृत्युपछि पत्ता लागेका कुरा पत्याउनै गाह्रो छ। तिनको स्वेच्छा पत्रमा ९० लाख अमेरिकी डलर अलग्गै छुट्याउन र त्यसबाट प्राप्त हुने ब्याजबाट भौतिक, रसायन, चिकित्सा, साहित्य तथा शान्तिको क्षेत्रमा उल्लेखनीय ढंगमा योगदान पुऱ्‍याउने व्यक्‍तिहरूलाई पुरस्कार दिने शर्त राखिएको थियो।

सुरुमा सबै जना छक्कै परे। त्यस्ता विष्फोटक पदार्थहरू बनाउने मानिस किन दयालु अनि शान्तिपूर्ण लक्ष्य प्राप्त गर्ने मानिसहरूलाई पुरस्कार दिन उत्सुक भए होलान्‌? कसै-कसैको विचारमा आफूले जिन्दगीभर गरेको कामले पुऱ्‍याएको क्षति देखेर तिनलाई आत्म-ग्लानि भएको हुनुपर्छ। तथापि, अरूले चाहिं नोबेलले सुरुदेखि नै शान्तिको लागि कार्य गरिरहेका थिए भन्‍ने सोचाइ राखे। वास्तवमा हतियारहरू जतिजति सांघातिक हुन्छन्‌, युद्धको सम्भावना कम हुनेछ भन्‍ने तिनको सोचाइ थियो जस्तो देखिन्छ। भनिन्छ, तिनले एक जना लेखिकालाई भनेका थिए, “सायद मेरो कारखानाले तपाईंको सरकार र कानूनी निकायले भन्दा चाँडै युद्धहरूको अन्त गर्नेछ। जब दुई राष्ट्रका सैनिक शिविरहरूलाई एकअर्काले क्षणभरमै ध्वस्त गर्नेछ, त्यस दिन सम्पूर्ण सभ्य राष्ट्रहरू त्यस्तो त्रासबाट भयभीत भएर पछि हट्‌नेछन्‌ र सबै सैनिक संगठनहरू विघटन हुनेछन्‌।”

के नोबेलको पूर्वानुमान सत्य साबित भयो? नोबेलको मृत्युपछि बितेको शताब्दीबाट कस्तो पाठ सिकियो? (g02 5/8)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म आम विनाश गर्नसक्ने एउटा यस्तो डरलाग्दो तत्त्व वा मेसिन विकास गर्न चाहन्छु, जसले युद्धलाई सदाको लागि नामेट पार्नेछ”—अल्फ्रेड बर्नार्ड नोबेल

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Page 2: Missile: U.S. Navy photo; building rubble: UN PHOTO 158178/J. Isaac; page 3: Nobel: © Nobelstiftelsen

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने