प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ६/८ पृ. ३२
  • “यस संसारको रूप बितेर जाँदैछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यस संसारको रूप बितेर जाँदैछ”
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • यस संसारको दृश्‍य परिवर्तन हुँदैछ
    यहोवाको स्तुतिगान गाऔं
  • “यस संसारको रूप परिवर्तन हुँदैछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • समय बदलिसकेको छ
    हाम्रो राज्य सेवकाई—१९९६
  • के यो संसार रहिरहनेछ?
    के यो संसार रहिरहनेछ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ६/८ पृ. ३२

आउनुहोस्‌, जनभाषण सुन्‍नुहोस्‌

“यस संसारको रूप बितेर जाँदैछ”

यो गोलमालपूर्ण समय हो। विश्‍वलाई नै हल्लाउने घटनाहरू पत्याउनै नसकिने गतिमा एकपछि अर्को गर्दै घटिरहेका छन्‌। तपाईंको वरपर सबै कुरा एकदमै छिट्‌-छिटो परिवर्तन भइरहेको छ जस्तो लागेर के तपाईं विचलित तथा वाल्ल पर्नुभएको छ?

बाइबलमा भएको मानव गतिविधिबारे यो विवरण अकाट्य छ: “यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) यी शब्दहरू लेख्ने प्रेरित पावलले विश्‍व घटनाहरूलाई रंगमञ्चमा परिवर्तन हुने दृश्‍यसित तुलना गर्दैथिए। इतिहासलाई पल्टाएर हेर्ने हो भने, विश्‍व रंगमञ्चमा एकपछि अर्को नयाँ नेता तथा नयाँ-नयाँ विचारधारा प्रवर्धन गर्ने मानिसहरू देखा परे र यो क्रम अझै जारी नै छ। तर हामी बाँचिरहेको समय अर्थात्‌ विशेष गरी निर्णायक वर्ष सन्‌ १९१४ देखि यता यो प्रक्रिया झनै तीव्र भएजस्तो देखिन्छ।

तथापि, विश्‍वमा भइरहेका यी समस्याहरू अर्थात्‌ हालै चर्किरहेका समस्याहरूसमेत मानवजातिको लागि सुसमाचार हो भनेर के तपाईंलाई थाह थियो? हो, यी समस्याहरूले चाँडै संसारको रूप परिवर्तन भएर राम्रो अवस्था सृजना हुनेछ भन्‍ने कुराको प्रमाण दिन्छ। बाइबलले धेरै समयअघि नै हाम्रो समयमा भइरहेका दुःखकष्टहरूबारे भविष्यवाणी गरेको थियो। यी सबै गोलमाल त मानव समाजलाई असर गर्ने आमूल परिवर्तनको सुरुआत मात्र हुन्‌ भनेर पनि यसले बताउँछ। अब हुने आमूल परिवर्तन निकै डरलाग्दो सुनिए तापनि सबै असल हृदय भएका मानिसहरूका लागि यो साँच्चै शुभसमाचार हो। यस संसारको रूप बित्नेछ अनि मानव परिवारले शान्ति तथा समृद्धि महसुस गर्नेछन्‌।

के तपाईं यी परिवर्तनहरूबारे र यसलाई बाइबलले कसरी व्याख्या गर्दो रहेछ भनी अझ बढी बुझ्न चाहनुहुन्छ? यस महिनामा हुन गइरहेको यहोवाका साक्षीहरूका जिल्ला अधिवेशनहरूमा टक्राइने “यस संसारको रूप बितेर जाँदैछ” विषयक जनभाषणहरूमा उपस्थित हुन तपाईंहरूलाई हार्दिक निमन्त्रणा छ। अधिवेशनहरू संसारभरि सयौं स्थानहरूमा सम्पन्‍न हुनेछन्‌। तपाईंलाई नजिक पर्ने अधिवेशनमा उपस्थित हुनको लागि कृपया तपाईंको इलाकामा भएका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा यस पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा पत्राचार गर्नुहोस्‌। (g02 5/22)

[पृष्ठ ३२-मा भएको चित्र]

आणविक बमले हिरोशिमालाई ध्वस्त पाऱ्‍यो, १९४५

[स्रोत]

USAF photo

[पृष्ठ ३२-मा भएको चित्र]

बर्लिन पर्खाल ढल्यो, १९८९

[स्रोत]

AP Photo/Lionel Cironneau

[पृष्ठ ३२-मा भएको चित्र]

न्यु योर्क, विश्‍व व्यापार केन्द्रमा आतंकवादीहरूको आक्रमण, २००१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने