प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ११/८ पृ. ८-९
  • अनन्त शान्ति कसले ल्याउनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनन्त शान्ति कसले ल्याउनेछ?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वशान्ति नजिकै छ
  • परमेश्‍वरले सुन्‍नुहुने प्रार्थनाहरू
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पृथ्वीमा शान्ति कसरी छाउनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ११/८ पृ. ८-९

अनन्त शान्ति कसले ल्याउनेछ?

शान्तिको लागि विश्‍वका विभिन्‍न धर्मका नेताहरूले गरेका प्रार्थनाको जवाफ परमेश्‍वरले किन नदिनुभएको? बाइबलले यस प्रश्‍नको चाखलाग्दो जवाफ दिन्छ। परमेश्‍वरलाई शान्तिप्रति कुनै चासो नै नभएको होइन। यस विषयमा प्रार्थना गर्ने पादरीहरूलाई भन्दा पनि अझ बढी चासो त उहाँलाई छ। वास्तवमा, विश्‍वशान्ति ल्याउन परमेश्‍वरले खास प्रबन्धहरू मिलाइसक्नुभएको छ। यो लक्ष्य हासिल गर्न उहाँले निर्णायक कदमहरू चालिसक्नुभएको छ। उहाँले आफ्ना योजनाहरू मानिसजातिलाई प्रस्ट बताइसक्नुभएको छ। तथापि, दुःखको कुरा, संसारका प्रायजसो धर्महरूले परमेश्‍वरले भन्‍नुभएका कुराहरू बेवास्ता गर्छन्‌।

परमेश्‍वरले निकै समय अगाडि एउटा “सन्तान” अर्थात्‌ एक जना शासकबारे प्रतिज्ञा गर्नुभयो। बाइबलले उहाँको चिनारीबारे अझ थप जानकारीहरू क्रमशः दिंदै आएको छ। (उत्पत्ति ३:१५; २२:१८; ४९:१०) मसीहसम्बन्धी अद्‌भुत भविष्यवाणी गर्ने अगमवक्‍ताका रूपमा परिचित यशैयाले, भविष्यवाणी गरिएको उक्‍त नेता पृथ्वीको लागि “शान्तिका राजकुमार” हुनुहुनेछ र उहाँको शासनअन्तर्गत ‘शान्तिको अन्त कहिल्यै हुनेछैन’ भनी लेखे। (यशैया ९:६, ७) स्वर्गमा बस्नुहुने शासकको हैसियतमा, उहाँले दुष्टताको विनाश गर्न र पृथ्वीलाई अन्याय, बिरामी, गरिबी वा मृत्युरहित प्रमोदवनमा परिणत गर्न हस्तक्षेप गर्नुहुनेछ। शान्ति र अनन्त जीवन रहिरहनेछ। (भजन ७२:३, ७, १६; यशैया ३३:२४; ३५:५, ६; दानियल २:४४; प्रकाश २१:४) यो कहिले हुनेछ?

विश्‍वशान्ति नजिकै छ

येशूले आफ्ना चेलाहरूलाई यस दुष्ट रीतिरिवाजको अन्त र नयाँ मानव समाजको सुरु हुनुअघि विश्‍व नै थर्काउने खालका थुप्रै घटनाहरू एउटै समयमा एकैसाथ हुनेछन्‌ भनी बताउनुभयो। (मत्ती २४:३, ७-१३) यीमध्ये थुप्रै घटनाहरू, उदाहरणका लागि युद्ध, अनिकाल, भुइँचालो पहिला-पहिला पनि बेला-बेलामा हुन्थे। तथापि, हाम्रो समयमा जस्तो विश्‍वव्यापी रूपमा सबै घटनाहरूले मानिसजातिलाई एकैसाथ कहिले पनि सताएका थिएनन्‌। अनि पृथ्वीमा अत्यधिक जनसंख्या भएको कारण यस्ता विपत्तिहरूको प्रभाव पहिले-पहिलेका भन्दा झन्‌ विनाशकारी भएका छन्‌।

बाइबलले भविष्यवाणी गरेको अर्को घटना मानिसजातिले गरिरहेको वातावरण विनाश हो। (प्रकाश ११:१८) साथै, भविष्यवाणी गरिएको अन्त आउनुअघि विश्‍वव्यापी तवरमा चेतावनी दिने अर्थात्‌ ‘राज्यको सुसमाचार प्रचार’ गर्ने काम पूरा गरेको हुनुपर्छ। आज यहोवाका साक्षीहरूले विश्‍वव्यापी तवरमा यो काम गरिरहेका छन्‌।—मत्ती २४:१४.

यी भविष्यवाणीहरू पूरा हुनु भनेको विश्‍वासी मानिसजातिको लागि सुसमाचार हो। पूर्ण रूपमा शान्ति छाउने भविष्यवाणी गरिएको नयाँ संसार नजिकै छ! यसले घृणा र आतंकवादको पूर्ण तथा अन्तिम विनाशको ग्यारेण्टी दिन्छ। बाइबल यसो भन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.

परमेश्‍वरले सुन्‍नुहुने प्रार्थनाहरू

परमेश्‍वरलाई प्रार्थना गर्नु भनेको कुनै पनि हालतमा व्यर्थको काम वा खोक्रो रीति होइन। बाइबलमा यहोवालाई “प्रार्थना सुन्‍नुहुने” भनिएको छ। (भजन ६५:२) त्यसकारण, उहाँ हर बखत पृथ्वीका निष्कपट मानिसहरूले गरेका असंख्य प्रार्थनाहरू सुनिरहनुहुन्छ। तथापि, प्रार्थनाको सुनुवाइ हुनको लागि पूरा गर्नुपर्ने आवश्‍यकताहरू पनि छन्‌ कि? परमेश्‍वरबारे बाइबल सत्य सिक्ने इमानदार हृदय भएका व्यक्‍तिहरू सिकेको कुराअनुसार चलेर “आत्मा र सत्यतामा” उहाँको उपासना गर्ने ‘साँचो उपासकहरू’ हुनुपर्छ भनी बाइबल बताउँछ। (यूहन्‍ना ४:२३) उहाँका इच्छाहरूको कदर नगर्ने व्यक्‍तिको प्रार्थना सुनुवाइ हुँदैन: “[परमेश्‍वरको] व्यवस्था नमान्‍ने मानिसको प्रार्थना पनि घिनलाग्दा हुन्छन्‌।”—हितोपदेश २८:९.

दुःखको कुरा, आजका अधिकांश धर्महरूले शान्ति ल्याउने परमेश्‍वरको उद्देश्‍यबारे न त सिकाउँछन्‌ न प्रार्थना नै गर्छन्‌। बरु, “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन” भनेर परमेश्‍वरको वचनले स्पष्टसँग बताउँदा बताउँदै पनि तिनीहरू यस्ता समस्याहरूको समाधानको लागि मानव सरकारहरूलाई गुहार्छन्‌।—यर्मिया १०:२३.

“पछिल्ला दिनमा” अर्थात्‌ हाम्रो समयमा शान्तिका प्रेमीहरू “परमप्रभुको भवन बसालिएको” लाक्षणिक पर्वतमा अर्थात्‌ साँचो उपासनातर्फ ओइरिएर आउनेछन्‌ भनी भविष्यवाणी गरिएको थियो। यिनीहरूले आफ्नो जीवनमा आमूल परिवर्तन गर्ने थिए: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:२-४.

के आज यी वचनअनुरूप जीवन बिताउने कोसिस गरिरहेका उपासकहरूको कुनै समूह छ? वा सबै नै धर्महरूले शान्तिबारे कुराचाहिं गर्ने तर युद्ध उक्साउने गर्छन्‌? अर्को पटक यहोवाका साक्षीहरूसित भेट्‌नुहुँदा, तिनीहरूसँग शान्तिबारे छलफल गर्न र कुन धर्मले मानिसहरूलाई सबैसित शान्तिमा बस्न सिकाइरहेको छ भनी बुझ्न निमन्त्रणा दिन्छौं। (g02 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने